मनघरी फाउण्डेशनद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
विष्णुप्रसाद देवकोटा
डोल्पा – डोल्पा जिल्लाको सदरमुकाम दुनै बजारमा रहेको बाल मन्दिर आधारभुत विधालय र जिल्ला अस्पताल डोल्पालाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।पर्यटन व्यवसायी जितेन्द्र झाक्रीको सहकार्यमा मनघरी फाउण्डेशनको सहयोगमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
मंगलबार बालमन्दिर आधारभुत विधालयमा एक कार्यक्रम गरि मेडिकल माक्स २५० थान, प्ल्(ढछ मास्क १०० थान, फेससिल २० थान, थर्मल गन २ थान र सेनिटाईजर लगायतका स्वास्थ सामाग्रीहरु मनघरी फाउण्डेशनका डोल्पा प्रतिनिधि लक्ष्मी कान्त उपाध्याले बालमन्दिर आधारभुत विधालयकी प्रधानाध्यापक अम्बिका हमाललाई हस्तान्तरण गरेका हुन ।
कोरोना भाईरस महामारीको डरत्रासका विच केहि दिन पहिले देखि विभिन्न स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सुरु भएको अवस्थामा स्वास्थ्य सामाग्री सहयोगले आफुहरुलाई थप हौसला मिलेको बताउदै संकटको समयमा स्वास्थ्य सामाग्री सहयोग गरेर मनघरी फाउण्डेशनले ठुलो गुन लगाएको प्रधानाध्यापक हमालले बताईन ।
यसै गरि जिल्ला अस्पताल डोल्पालाई पनि पिपिई सेट २० थान र फेस सिल २० थान स्वास्थ्य सामाग्री अस्पाताल व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र बहादुर रोकायालाई हस्तान्तरण गरिएको हो ।यो भन्दा पहिले पनि मनघरी फाउण्डेशनले केहि स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको र पुन फेरी सहयोग गर्दा स्वास्थ्य कर्मीलाई थप हौसला प्रदान भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र बहादुर रोकायाले बताए ।
मनघरी फाउण्डेशन द्धारा वितरण गरेका स्वास्थ्य सामाग्रीहरुले शिक्षक,विधार्थी र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ सुरक्षामा ठुलो टेवा पुग्ने विश्वास फाउण्डेशन डोल्पा प्रतिनिधि लक्ष्मी कान्त उपाध्याले बताए ।पहिलो चरणमा डोल्पाका सवै स्थानियतहहरुमा दोस्रो चरणमा नेपाल पत्रकार महासंघ डोल्पा र जिल्ला अस्पताललाई ,तेस्रो चरणमा बालमन्दीर आधारभुत विधालयलाई वितरण गरिएको मनघरी फाउण्डेशन अध्यक्ष भरतबन्धु थापाले बताए ।डोल्पा लगायत कर्णाली प्रदेशका विभिन्न ठाउँहरुमा महामारी विरुद्ध लड्नको लागी विभिन्न निकायसँग हातेमालो गदै मनघरी फाउण्डेशनले स्वास्थ्य सामाग्री वितरण गर्दै आईरहेको छ ।