मन्त्रिपरिषद् बैठकमा छलफल नै भएको थिएन अध्यादेशको विषय

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी भए पनि त्यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकमा अध्यादेशबारे कुनै छलफल नभएको खुलेको छ। कृषि मन्त्री घनश्याम भुसालले बैठकमा अध्यादेशको विषय नउठेको बताए।मन्त्रिपरिषदमा अध्यादेशको विषय थिएन ,भुसालले  भने। सामान्यता मन्त्रिपरिषदबाट पारित भएर अध्यादेश राष्ट्रपतिबाट जारी हुन्छ। तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा छलफल समेत नगराई अध्यादेश अगाडि बढाएका हुन्।

आजको बैठकमा सहभागी उर्जा मन्त्री बर्षमान पुनले आजको मन्त्रिपरिषद बैठकमा मात्र नभएर यसअघिका बैठकमा पनि अध्यादेशको विषयमा निर्णय र छलफल नभएको बताए। सामान्यतया मन्त्रिपरिषद्को निर्णय प्रधानमन्त्रीको निर्देशनमा मुख्य सचिवले तयार पार्छन्।





error: Content is protected !!