आर्थिक विपन्न दलित र अनाथ बालबालिकालाई झोला वितरण

विष्णुप्रसाद देवकोटा
डोल्पा, मंसिर ३०- आर्थिक अभाव झेलिरहेका डोल्पाका आर्थिक विपन्न दलित र अनाथ बालबालिकालाई झोला वितरण गरिएको छ ।

आर्थिक कमजोर भएका बालबालिकालाई विद्यालयमा जाँदा किताव कपि राख्न सहज होस भनेर श्रीमाता त्रिपुरासुन्दरी आत्यामिक शक्ति केन्द्र सुर्यविनायक भक्तपुरको सहयोगमा सामुदायिक महिला समाज सेवा डोल्पाले त्रिपुरासुन्दरी नगरपालिकामा रहेका तीन ओटा विद्यालयका बालबालिकालाई झोला वितरण गरेको हो ।हिज्योती आधारभुत विद्यालयका दश जना दलित त्रिपुरा माद्यमिक विद्यालयका आर्थिक विपन्न र अनाथ गरि ३३ जना र फोक्सुण्डो आवासिय विद्यालयका दलित आर्थिक कमजोर भएका बालबालिका गरि ८० जना बालबालिकालाई झोला वितरण गरिएको महिला समाज सेवा डोल्पाकी अध्यक्ष दिलमाया विष्टले बताईन ।

 यसैगरि ९ जना वयोबृद्द ५ जना समाजसेवी र १५ जना मठमन्दिरका धामी झाँक्रीलाई समेत झोला वितरण गरिएको समाज सेवाले जनाएको छ ।बयोबृद्द तथा समाजसेवी रविप्रसाद न्यौपानेले आत्यामिक शक्ति केन्द्रले गरेको मानवीय सहयोग महत्वपुर्ण रहेको बताए ।

विगतका वर्षहरुमा पनि विभिन्न विद्यालयका बालबालिकालाई कपिकलम तथा झोला वितरण गरिएको उल्लेख गर्दै समाज सेवा नै मानवीय धर्म भएको न्यौपानेको भनाई थियो ।बालबालिका तथा बयोबृद्दहरुलाई समाज सेवाकी अध्यक्ष दिलमाया विष्ट सामाजसेवी दिलबहादुर विष्ट त्रिपुरा माद्यामिक विद्यालयका ब्यवस्थापन समितिका पदाधिकारीहरुले एक कार्यक्रमका बीच झोला वितरण गरेका थिए ।





error: Content is protected !!