शे फोक्सुण्डोमा जंगली जनावरको सङ्ख्या बढ्दै

हेमन्त न्यौपाने
जाजरकोट , शे–फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यसको भूभाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ । पछिल्लो समयमा स्थानीयवासी र निकुन्जको सहकार्यमा भारी काम भएपछि संरक्षणमा भारी सफलता हासिल भएको छ ।
नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको शे फोक्सुण्डो निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।
यस निकुञ्जलाई डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।
काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मि.) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।
यस निकुञ्जलाई डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।
काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मि.) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।
निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७–९–२३ मा रामसार साइट सूचीकृत गरिएको छ । ११औं शताब्दीमा निर्मित शे गुम्बा यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।
फोक्सुण्डो ताल मात्र नभएर कर्णालीको पहिचान पनि हो । उच्च हिमालमा हिउँबाट पग्लिएको कन्चन पानीबाट निर्मित ताल र यहाँको निकुन्जको मनमोहक वातावरणले दुनियाँको मन लोभ्याउने गरेको छ । यसलाइ जोगाउनका लागि निकुन्जले पछिल्लो वर्ष भारी मेहनत गरेको देखिन्छ ।
निकुन्ज जोगाउनु र यहाँका सर्वसाधारणको जीवनस्तरमा भारी सुधार ल्याउनु अहिले मुख्य भूमिका भएको निकुन्जका वार्डेन सरोजमणी पौडेलले जानकारी दिनुभयो । सोही अनुसार अहिले जनसाधारणसँग निकुन्जको महत्व र यहाँबाट लिन सकिने सेवाका विषयमा समेत सचेतना फैलाउने काम भएको छ ।
सन् २०१८ मा २ हजार ७२ , सन् २०१९ मा ४ हजार १३६ नाउर रहेका थिए । २०२० को नतिजा आउन बाँकी रहेको छ ।
निकुन्ज जोगाउनु र यहाँका सर्वसाधारणको जीवनस्तरमा भारी सुधार ल्याउनु अहिले मुख्य भूमिका भएको निकुन्जका वार्डेन सरोमणी पौडेलले जानकारी दिनुभयो । सोही अनुसार अहिले जनसाधारणसँग निकुन्जको महत्व र यहाँबाट लिन सकिने सेवाका विषयमा समेत सचेतना फैलाउने काम भएको छ ।
सन् २०१८ मा २ हजार ७२ , सन् २०१९ मा ४ हजार १३६ नाउर रहेका थिए । २०२० को नतिजा आउन बाँकी रहेको छ ।
निकुन्ज र स्थानीयबीच संरक्षणका लागि लोभलाग्दो सहकार्य
निकुन्जलाइ संरक्षणका लागि स्थानीयवासी र निकुन्जको सक्रियामा चोरी निकासी रोक्ने अभियान सफल हुँदै गएको छ । चोरी निकासीमा संलग्न ३७ थान बन्दुक निकुन्जले बरामत गरि चोरी पैठारीलाइ रोक्ने काम गरेको संरक्षणमा जुटेका स्थानीयवासीहरु बताउँछन् । जथाभावी चोरी निकासी रोकथाम सँगै निकुन्ज क्षेत्रमा घोरल, नाउरहरु निकुन्जको मुख्य केम्प रहेको सुलिगाडमै देखिन थालेको सर्वसाधारणहरु बताउँछन् । चोरी निकासी रोकी संरक्षणमा व्यापक सुधार आएपछि वन्यजन्तुको सङ्ख्या बढेको हो ।
जङ्गली जनावारबाट निकुन्ज आसपासका क्षेत्रमा हुँने क्षतीलाइ मध्यनजर गरि सर्वसाधारणलाइ राहत उपलव्ध गराउने कामलाइ समेत तिव्रता दिइएको निकुन्जले जनाएको छ । निकुन्ज क्षेत्रको आसपासमा रहेका सर्वसाधारणलाइ राहत , क्षतीपुर्तीका विषयमा जानकारी नहुँदा वर्षेनी पीडित बनेका सर्वसाधारण अहिले निकुन्जको सचेतना मूलक कामहरु गाउँ , गाउँमा पुर्याउदा निकुन्ज र स्थानीयवासीहरुको बीचमा समन्वय सहकार्यका साथै आपसी सदभाव समेत राम्रो भएको शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ निकुन्जले नियम अनुसार काम गर भनेको हो । पहिले जथाभावी गर्ने चलन रहेछ अहिले स्थानीय सरकार र निकुन्ज बीचमा राम्रो सम्वन्ध अनि सहकार्य रहेको छ । विकासमा हातेमालो गर्दै अगाडी बढेका छौँ ” केही मिडियामा आए जस्तो चर्को विरोध र काम गर्न गाह्रो भने नभएको न्यौपानेले बताउनुभयो ।
जङ्गली जनावारबाट निकुन्ज आसपासका क्षेत्रमा हुँने क्षतीलाइ मध्यनजर गरि सर्वसाधारणलाइ राहत उपलव्ध गराउने कामलाइ समेत तिव्रता दिइएको निकुन्जले जनाएको छ । निकुन्ज क्षेत्रको आसपासमा रहेका सर्वसाधारणलाइ राहत , क्षतीपुर्तीका विषयमा जानकारी नहुँदा वर्षेनी पीडित बनेका सर्वसाधारण अहिले निकुन्जको सचेतना मूलक कामहरु गाउँ , गाउँमा पुर्याउदा निकुन्ज र स्थानीयवासीहरुको बीचमा समन्वय सहकार्यका साथै आपसी सदभाव समेत राम्रो भएको शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ निकुन्जले नियम अनुसार काम गर भनेको हो । पहिले जथाभावी गर्ने चलन रहेछ अहिले स्थानीय सरकार र निकुन्ज बीचमा राम्रो सम्वन्ध अनि सहकार्य रहेको छ । विकासमा हातेमालो गर्दै अगाडी बढेका छौँ ”
वन्यजन्तु बाट हुने क्षतिको राहत वितरण कार्यलाई निकुञ्जले प्रथम दायित्वको रुपमा लिदै उपल्लो डोल्पाका सर्वसाधारणलाइ राहत , क्षतीपुर्ती पाउने विषयमा जानकारी नभएको सन्दर्भमा अहिले गाउँ , गाउँमा गएर राहतको विषयमा समेत सचेत गराइ सो व्यवस्था बारे ज्ञात गराएको छ । निकुन्ज भित्रका वन्यजन्तु र मानव बीचको द्धन्द्ध कम गर्नुका साथै वन्यजन्तु प्रतिको प्रतिसोधलाइ कम गर्न निकुन्जले पशु विमा योजना कार्यान्वयन ल्याएको छ । रु १ करोड ५५ लाखको कोष खडा गरि नयाँ आयम ल्याइएको छ ।
निकुन्ज भित्रका वन्यजन्तु र मानव बीचको द्धन्द्ध कम गर्नुका साथै वन्यजन्तु प्रतिको प्रतिसोधलाइ कम गर्न निकुन्जले पशु विमा योजना कार्यान्वयन ल्याएको छ । रु १ करोड ५५ लाखको कोष खडा गरि नयाँ आयम ल्याइएको छ ।
निकुन्जले पछिल्लो समयमा संघ संस्थासँग अत्यधिक समन्वय समेत बढाएको छ । अघिल्लो वर्ष सम्म अनुमती नलिइ जथाभावी निकुन्जमा प्रवेश गर्ने परिपार्टीलाइ अहिले पुर्णरुपमा बन्द गरि पशुपंक्षीको संरक्षणमा थप जोड दिएको छ । वर्षेनी निकुन्जले शिक्षा क्षेत्रमा समेत लगानी गदै आएको छ । वर्षेनी दुइ जना विद्यार्थीलाइ छात्रवृती दिएर शिक्षामा लगानी गर्दै आएको हो । सर्वसाधारणलाइ घर निर्माण गर्नका लागि यथाशिघ्र नियमानुसार काठको पुर्जी उपलव्ध गराएको निकुन्जको भनाइ छ ।
निकुन्जले गरेको आम्दानीको ५० प्रतिशत मध्यवर्ती क्षेत्रमा सर्वसाधारणलाइ सहयोग गदै आएको छ । पाँच वटा हिउँ चितुवा संरक्षण समिति गठन गरि यसको महत्वको बारेमा दर्साउनका साथै निकुन्जमा अवतरण गर्ने हेलिकोप्टर जाँचमा कडाइ गरिएको बताएको छ ।
त्यस्तै १७ वटा उपभोक्ता समिति गठन गरि संरक्षणका लागि परिचालन र सहकार्यको काम जारी राखिएको छ । त्यस्तै १७ वटा चोरी शिकार नियन्त्रण यूवा जागरण समुह गठन गरि यूवा परिचालन समेत गरिएको छ । यूवा पिडीले वन्यजन्तु प्रतिको माया र संरक्षणमा टेवा पुग्न यो अभियान थालिएको छ । मध्यवर्ती क्षेत्रका युवा हरुलाई नेचर गाईड को तालिम दिएर नेचर गाईड असौसिएईसन गठन गरि परिचालन गरिएको छ । त्यस्तै रेडपाण्डा संरक्षण गर्न छुट्टै संरक्षण समिति गठन गरिएको छ ।
निकुन्जमा आउने हेलिकोप्टर चेकजाँच कडा
निकुञ्ज भित्र अनुमती नलिएर जथाभावी रुपमा हेलिकोप्टर अवतरण गराउने कार्यलाइ कडाएका साथ लिइएको वार्डेन सरोजमणी पौडेलले जानकारी दिनुभयो । अघिल्लो वर्ष हेलिकोप्टरमा सुकुटी भेटिएपछि मुद्धा समेत चलाएको थियो । यार्सागुम्वा व्यवस्थापन निर्देशिकामा भएको व्यवस्थालाइ समय अनुसार परिमाजित गर्न आवश्यक भएकाले सो कार्यलाइ परिमार्जनका लागि अहिले निकुन्ज र विभागमा पेश गरिएको उहाँले जानकारी दिनुभयो ।
निकुन्ज भित्र रहेको जडीवुटीलाइ चोरी निकासी रोक्नका लागि कडाइ गरिएको छ । निकुञ्ज भित्र पाईने जटामसी चोरेर बाहिरी जिल्लामा लगि छोडपुर्जी दिने गलत परम्परालाई न्यूनिकरण गर्न अभियान नै थालिएको उहाँको भनाइ छ । निकुन्ज भित्र काम गर्दा इआए र आइइ प्रतिवेदन तयार गरेर मात्र काम गर्न सर्वसाधारणलाइ आग्रह गरिएको छ ।
निकुन्ज क्षेत्र भित्र रहेका २४ वटा गाउँको विकास गरी जनताको जीवन स्तर बदल्नुका साथै पर्यावरणको सन्तुलित रुपमा लैजान निकुञ्ज ऐनमा संशोधन तथा शे फोक्सुण्डोको छुट्टै नियमावली, छुट्टै निर्देशिका अनि यार्सागुम्बा संकलन निर्देशिका संशोधनको काम सुरु भएको छ ।
निकुञ्ज प्रवेश गरि अवैध कृयाकलाप गर्ने ८० जना भन्दा बढी व्यक्तिलाइ पक्राउ गरि नियमानुसार ४० लाख भन्दा बढी धरौटी माग गरि चोरी शिकारी नियन्त्रण गर्न सक्रियता बढाएको निकुन्जले जानकारी दिएको छ ।
निकुञ्ज प्रवेश गरि अवैध कृयाकलाप गर्ने ८० जना भन्दा बढी व्यक्तिलाइ पक्राउ गरि नियमानुसार ४० लाख भन्दा बढी धरौटी माग गरि चोरी शिकारी नियन्त्रण गर्न सक्रियता बढाएको निकुन्जले जानकारी दिएको छ
सेटेलाइट मार्फत निकुन्जमा रहेका हिउँ चितुवाको अध्ययन कार्य जारी रहेको छ । चोरी निकासी रोक्नका लागि यो पहल कदमी जारी रहेको छ । ३०० वटा क्यामराहरु राखेर हिउँ चितुवा लगायतका दुर्लभ वन्यजन्तु हरुको अध्ययन अघिल्लो वर्ष देखि सुरु भएको छ । हिउँ चितुवाको मुख्य आहाराको रुपमा रहेको नाउरलाइ गणनाको काम प्रत्येक वर्ष झै यो वर्ष पनि निकुन्जले गरेको छ ।
डोल्पामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाइ सघाउ पुर्याउनका लागि डोल्पामा गठित शे फोक्सुण्डो पर्यटन समन्वय समितिलाइ पर्यटन र संरक्षण कार्यलाई सन्तुलित र समन्वयात्मक भावनाको विकासमा जोड दिइ सहकार्यका साथ कार्य अगाडी बढेको छ । २०४० साल देखि हुँन नसकेका कामहरु अहिले एकै पटक डोल्पाका जनसाधारणको भावना समेत समेटेर काम हुँदा सर्वसाधारणहरु खुसी भएका छन् ।
निकुन्जको संरक्षण र सर्वसाधारणको भावना सम्वोधनको क्रम बढेपछि डोल्पामा भर्खरै मात्र प्राकृतिक स्रोत समितिको सांसदीय टोली पुगेर स्थलगत अनुगमण गरि छलफल समेत गरेको छ । स्थानीयवासीको कुरा जस्ताको तस्तै टिर्पोट गरि सरोकारवालासँग कार्यान्वयनका लागि पहलकदमी लिने बताएको छ ।










