छोरी बलात्कार आरोपमा बावु पक्राउ

दैलेख ः दैलेखमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बावु पक्राउ परेका छन् । आफ्नै १४ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा कोही नभएको मौका छोपी ती पुरुषले छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । ती पुरुषले गत शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ आफ्नै छोरीमाथि बलात्कार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका ती पुरुषमाथि मुद्धा दर्ता भइ दैलेख जिल्ला अदालतबाट म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।








