एक्सरे गर्न जाजरकोट आउने दिनको अन्त्य

डोल्पा ः वषौदेखि एक्सरे गर्नका लागि डोल्पाको सदरमुकाम दुनै वा जाजरकोट सदरमुकाम आउने दुख मुड्केचुला बासीको अन्त्य भएको छ ।

गाउँपालिकाको आफ्नै लगानीमा एक्सरे र ल्याप सेवा सुरु भएपछि वषौदेखिको दुख हटेका हुँन् । ९ वडा रहेको मुड्केचुलामा बीच भागमा पर्ने राजिकम्द स्थित स्वास्थ्य संस्थामा एच ए , सिनियर अहेवकै भरमा दिनभरात स्वास्थ्य सेवा प्रवाह भएपछि सर्वसाधारणहरु खुसी भएका छन् ।

गाउँपालिकाले स्वास्थ्यकर्मीलाइ आफ्नै लगानीमा तालिम तथा अन्य उपकरण उपलव्ध गराएपछि दैनिक गर्भजाँच देखि अन्य सेवा प्रभावकारी देखिएको स्थानीयवासी जगबहादुर सिंहले बताए । गाउँपालिकाले भर्खरै मात्र पाँच शैयाको अस्पताल निर्माण कार्य सुरु गरेको छ । रुकुम , जुम्ला ,जाजरकोट र डोल्पाको सिमानामा जोडिएको मुड्केचुला गाउँपालिकाको ९ वटा वडामा अन्य सेवा विस्तार गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

गाउँमै स्वास्थ्य सेवा प्रभावकारी भएपछि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सुरक्षित सुत्केरी दर समेत बढेको छ । गाउँपालिकाको तर्फबाट स्वास्थ्य संस्थामा आएर सुत्केरी हुँने महिलालाइ कुखुरा , शुद्ध पानी पिउने फिल्टर र पोशिला खानेकुरा उपलव्ध गराइएको अध्यक्ष शाहीले जानकारी दिए ।

फोन सेवा भरपर्दो नभएको मुड्केचुलामा गाउँमा विरामी हुँदा वा महिलालाइ परेको समाधान गर्न स्वयमसेविकालाइ परिचालन गरिएको छ । मुड्केचुलामै गाउँपालिकाको पहलमा मधिरा निशेधित गाउँहरु बनाउने अभियान चालिएको छ ।





error: Content is protected !!