दोहोरो करले हैरान भएको व्यवसायीको गूनासो

सुशीला रेग्मी

रामपुर (पाल्पा), उद्योगी व्यवसायीले दोहोरो कर तिर्नुपर्दा आफूहरुलाइ मर्का परेको गूनासो गरेका छन् । आज रामपुर उद्योग वाणिज्य संघको उद्यमीसँग गरेको छलफलमा उनीहरुले यसतो बताएका हुँन् । व्यवासायीले भारी गूनासो गरेपछि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले पालिका भित्रका व्यापार, व्यवसायको सुचीकृत गरेर राखेको र उनीहरुको हितका लागि नगरपालिका सदैव लाग्ने बताउनुभयो । उहाँले व्यवसाय सुरु गरेपछि नियम र कानुनलाई अवलम्वन गरेर व्यवसाय चलाउन आग्रह गर्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका कार्यालय प्रमुख देवीराम भण्डारी सहजिकरण गर्नुहुदै उद्योग दर्ता प्रक्रिया, नविकरण प्रक्रिया सम्बन्धमा जानकारी दिनुभयो । पाँच लाख भन्दा कम पुँजी भएका व्यवसाय सम्बन्धित स्थानीय तहमा र पाँच लाख भन्दा बढी पुँजी भएका व्यवसाय घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा दर्ता गर्नुपर्ने प्रावधान छ । पाल्पामा यस आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ४७ वटा उद्योग दर्ता भएको प्रमुख भण्डारीले जानकारी दिदै त्यसमध्ये कृषि र वन्यजन्तु उद्योग बढी रहेको बताउनुभयो । घरेलु कार्यालयले सीप विकास, औद्योगिक विकास, प्रबिधि हस्तान्तरण जस्ता कार्यक्रमलाई अगाडी बढाउने भएको छ ।





error: Content is protected !!