खोप लगाउन सहजताका लागि आफ्नै भवन

सुशीला रेग्मी

रामपुर (पाल्पा), खोप सेवा प्रवाह गर्न सहजताका लागि रामपुर नगरपालिका वडा नं ३ स्थित बगाहामा खोपकेन्द्रको भवन उद्घाटन भएको छ । उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले एक कार्यक्रमका साथ सो खोप भवन उद्घाटन गर्नुभएको हो । उपप्रमुख घिमिरे आचार्यले नयाँ निर्माण भएको खोपकेन्द्र भवनका लागि आवश्यक पर्ने फर्निचरका सामग्री खरिद गर्न उपप्रमुख कोषमार्फत रु एक लाख रकम सहयोग गर्ने घोषणा गर्नुभयो ।

नगर स्वास्थ्य अधिकृत गिरीराज घिमिरेले भवन अभावमा यसभन्दा अगाडी चौतारी, खुल्ला चौरमा बसेर खोप सेवा दिनु परेको बताउँदै अब भवन बनेपछि सेवा दिन सजिलो पर्ने बताउनुभयो । भवन निर्माण समितिका अध्यक्ष श्यामप्रसाद भट्टराईले रामपुर नगरपालिकाको रु तीन लाख, वडा कार्यालयको रु एक लाख सहयोगमा भवन निर्माण प्रक्रिया अगाडी बढेको बताउनुभयो । यस भवन निर्माणका लागि यहाँका स्थानीय, वन उपभोक्ता समितिबाट रु एक लाख २० हजार सहयोग प्राप्त भएको छ ।

भवन निर्माणमा जग्गा सहयोग गर्नुहुने रामपुर नगरपालिका वडा नं ३ बगाहा बस्ने नरबहादुर थापा र जीताकुमारी थापाको परिवारलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ । रामपुर नगरपालिका भित्र २१ वटा खोपकेन्द्र, १३ वटा स्वास्थ्य चौकी छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!