मन्त्री बस्नेतद्धारा प्राथमिक स्वास्थ्य केन्द्र दल्ली अस्पताल उद्घाटन


जाजरकोट , पुर्वी क्षेत्रको मुटु मानिने नलगाड नगरपालिकाको दल्लीमा प्राथमिक स्वास्थ्य केन्द्र दल्ली अस्पताल उद्घाटन गरिएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नगरअस्पतालको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा नगरअस्पतालका समस्यका बारेमा नगरपालिकाका निर्मित प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले मन्त्रीलाइ जानकारी गराउनुभएको थियो । नलगाड जलविद्युत आयोजना (४१७ मेघावाट) को विद्युत गृह निर्माण स्थल समेत रहेको यस क्षेत्र जिल्लाकै उत्कृष्ट नगरका रुपमा लिने गरिन्छ ।

नलगाड नगरपालिका डोल्पा , रुकुम पश्चिमसँग जोडिएको छ । १५ शैयाकोअस्पताल उद्घाटन सँगै स्थानीयवासी खुसी भएका छन् ।





error: Content is protected !!