प्रतिपक्षको आक्रोष भित्र मन्त्रीको आक्रमक कार्यक्रम

हेमन्त न्यौपाने 
संघीय सरकारका वन तथा वातावरणमन्त्री विहीबार जाजरकोट पुगे । उत्ता प्रतिपक्ष दलका नेताहरु पुर्वी जाजरकोटमा न्वरण देखिको बल लगाएर सत्तासिन दलले केही काम गर्न सकेन , सवै हामीले नै गरेको हौँ भन्दै जनसभा गदै हिडिरहेको छन् ।

देश कोरोनाका कारण समस्या परेको बेला चुनावको झल्को दिने गरी नेकपा र नेपाली कांग्रेसका नेताहरु काम आफैले गरेको भनि ठाउँ , ठाउँमा चुनावै आएजस्तो गरि आफ्ना कुरा सर्वसाधारण सम्म जवरजस्त पेलिरहेका छन् । आज कांग्रेसले नलगाड नगरपालिका ३ कैनामा वृहतजनसभा गरेको छ । त्यहाँ बोल्ने अधिकांश नेताहरुले आफूले गरेको काम भन्दा पनि ९० प्रतिशत नेकपालाइ गाली गनैमा समय खर्चिए । केही दिन अघि नेकपाले कुशेमा कार्यक्रम गरी १७३ जना नेपाली कांग्रेस समर्थकलाइ नेकपामा प्रवेश गराएको बतायो । प्रवेश गराउने र गाउँमा कार्यक्रम बढी गर्नेमा कांग्रेस नै अग्रपंक्तीमा देखिएको छ । एउटा अचम्मको कुरा त के छ भने अहिले कांग्रेससँग कुनै तहको सरकारमा पनि खास प्रतिनिधित्व छैन ।

एकाध स्थानीय तह बाहेक बहुमत नेकपाकै सरकार स्थानीय तहमा समेत रहेको छ । नेकपा सत्ताको स्वाद चाख्न लागेको थोरै समय भयो । कांग्रेसले यो देशमा सवै भन्दा बढी शासन चलाएको दल मध्य पर्दछ । यही कुरोको चुरो समोतेर नेकपाका नेताहरु छोटो समयमै सरकारमा गएर भारी काम गरेको जिकिर गर्दछन् । त्यो केही हद सम्म सत्य पनि छ । आज जाजरकोटको कैनामा भएको कार्यक्रममा कांग्रेस नेताहरुले नेकपा माओवादी लुटेरा तथा ध्वास गरेर आएको दल भनेर भाषण दिए । हुँन त त्यहाँ भाषण सुन्न कांग्रेस मात्र गएका थिएनन , नेकपाका अधिकांश कार्यक्रताहरु पनि थिए ।

केहीले कांग्रेसमा प्रवेश गरेको पनि देखियो । प्रवेश गर्नेहरु एजेण्डा र विचारमा नभइ खाना , लगाउन नपाएर अर्को दलमा गएको भनि खुल्ला रुपमै जानकारी गराइयो । के दल प्रवेश गर्न वितिकै मानिसलाइ खाना , लगाउन र सवै आवश्यता परिपुर्ती हुन्छ र ? हामीलाइ चाहिएको विकास , निर्माण , बाटो , विद्युत , खानेपानी र अन्य सरकारी सेवा सुविधा पो होला ? प्रवेश गर्न वितिकै सवै आधारभुत आवश्यकता दलले पुरा गरिदिने त होइन होला ? हामीले जनता सामु किन भ्रम छरेर प्रवेश गराउछौँ । के विचारको राजनीति सकिएको हो ? चाहे त्यो कांग्रेस वा नेकपा दुवै किन नहुँन । खाना नपाएर कोही मरेको छैन बरु खानामा पाइने आवश्यक पौष्टिक तत्व नहुँदा मानिसलाइ रोग सँग लड्ने प्रतिरक्षा क्षमता कम्जोर हुँदा मानिसलाइ अन्य रोग लागेर मृत्यु हुँने गर्दछ ।

भोट जनताले विकास र संमृद्धीका लागि दिएका हुँन् तर खाना नपाएर दिएका होइनन् । जमिन भरी बाँझो राखेर गरिवलाइ भाषण दिइ संमृद्धी आउदैन ।

के के छन् मन्त्रीका खास कार्यक्रम ?
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत सदरमुकाममा रहेका दुइ कार्यक्रममा सहभागी भएर पुर्वी क्षेत्रमा रहेका दुइ स्वास्थ्य संस्थाको उद्घाटन गर्न जादै छन् , जुन उनको चुनावी नारा रहेको थियो । स्थानीय सरकार गठन पछिको सायद पहिलो पटक बारेकोटमा १५ शैयाको अस्पताल उद्घाटन र यातायात सेवा पुगेको छ ।

त्यस्तै उनले भर्खरै उर्जामन्त्री वर्षमान पुनसँग नलगाड जलविद्युत आयोजनाका विषयमा व्यापक छलफल गरी काम अगाडी बढाउनका लागि भव्य छलफल गरि आएका छन् । देशमै सवै भन्दा ठुलो एकै पटक भारी मुआव्जा समेत नलगाडमा बाँडिएको उर्जाविदहरु बताउँछन् । सवै अर्थमन्त्रीसँग राम्रो सम्वन्ध रहेका र नेपका भित्र कम विवादमा पर्ने नेता शक्तिबहादुर बस्नेत निकै सहनशिल नेता मध्य पर्दछन् । हत्तपत्त नवोल्ने तर गहिरो अध्ययन गर्ने नेताको रुपमा बस्नेतलाइ लिइन्छ ।

उनी जाजरकोट आउदै गर्दा वर्षायाममा भत्किएको छेडा खलंगा सडकको मर्मतको लागि बोलपत्र आवह्वान भइ केही दिनमै मर्मतको काम सुरु हुँने भएको छ । त्यस्तै १० भन्दा बढी पुल समेत यही सडक खण्डमा निर्माण भइसकेको छ । जाजरकोट डोल्पा सडक खण्डको पिचको काम गर्न कच्ची कटानको काम समेत जारी रहेको छ । नलगाड नगरपालिकाको झुर्मेखोलामा यातायात सञ्चालनका लागि पुल निर्माण भएको छ । नलगाड नदीमा काम जारी रहेको छ । यो समेत मन्त्री बस्नेतको चुवानी एजेण्डा थियो ।

जिल्लाका अधिकांश स्थानीय तहमा समेत स्वास्थ्य संस्था निर्माणको काम चलिरहेको छ । १३२ केभी प्रशारणलाइनको काम समेत तिव्र रुपमा भएको छ । छेडागाड नगरपालिकाले १५ शैयाको अस्पतालको सेवा सुरु गरिसकेको छ । मध्यपहाडी लोकमार्गको ८२ किलोमिटर सडकको पिचको काम समेत जारी रहेको छ । ५० शैयाको अस्पताल समेत केही महिना मन्त्री बस्नेत आएर उद्घाटन गरी अहिले काम जारी रहेको छ ।





error: Content is protected !!