कुलोमा डुबेर साढे दुई वर्षीय बालकको मृत्यु

—सुशीला रेग्मी
रामपुर (पाल्पा), ११ मङ्सीर ः कुलोमा डुबेर रामपुर नगरपालिका ३ रजघरामा साढे दुई वर्षीय बालकको मृत्यु भएको छ ।
बिहिवार साँझ घर नजिकैको कुलोको पानीमा डुबेको अवस्थामा दामोदर देवकोटाको साढे दुई वर्षीय छोरा बोधराज देवकोटाको मृत्यु भएको हो ।
उपचारको लागि रामपुर अस्पताल लगिएपनि अस्पता
लले पु¥याउने बित्तिकै मृत घोषणा गरेको ईलका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरिक्षक जंगबहादुर श्रेष्ठले जानकारी दिनुभयो । घरको आँगनमा खेल्दै गरेका बालकको साँझपख कुलोमा पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।








