पत्रकार महासंघ जाजरकोटद्वारा शोक बिज्ञप्ति !

जाजरकोट । नेपाल पत्रकार महासंघ शाखा जाजरकोटले स्वर्गीय त्रिपुरासिंह राठौरको निधन प्रति आईतबार शोक बिज्ञप्ति निकाल्दै दुःख प्रकट गरेको छ ।

 

पत्रकार महासंघ केन्द्रिय सदस्य एबं कान्तिपुर दैनिकका उपसम्पादक हरिहरसिंह राठौरकी ममतामयी आमा त्रिपुरासिंह राठौरको जाजरकोटको भेरी नगरपालिका ३, थाप्ले स्थित आफ्नै निवासमा ८७ बर्षको उमेरमा आईतबार बिहान निधन भएको हो ।

स्वर्गीय राठौरका दुई छोरा र दुई छोरी रहेका छन । केन्द्रिय सदस्य तथा कान्तिपुरकर्मी राठौर स्वर्गीय राठौरका जेठा सन्तान हुन । महासंघले स्वर्गीय राठौरको स्वर्गारोहण दुःखद घडीमा महासंघ केन्द्रिय सदस्य राठौर सहित शोक सन्तप्त परिवारजन प्रति गहिरो सम्बेदना प्रकट गरेको छ ।





error: Content is protected !!