तिहारमा मखमली फूलको माला

– के.बि.मसाल दाङ

यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको आयात कमी हुने भएको छ । पछिल्लो समय व्यावसायिकरुपमा फूल खेती गर्न थालेपछि तिहारपर्वमा आयातमा कमी आएको छ । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसके को छ । अष्टे«लिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको छ ।

फूलको अनुपम सौन्दर्य देखेर कुन मानिस मोहित नबन्ला ? फूल हेर्न, स्पर्श गर्न र सुगन्धको अनुभुति गर्न सबै लालायित हुन्छन । फूललाई मानव जीवनको भावनात्मक सुन्दरता, पवित्रता, असल स्वभाव र कोमलताको प्रतिक पनि मान्न सकिन्छ । फूल प्रकृतिको निरन्तरता र वातावरणको संरक्षक हो । दक्षिण अमेरिकी महादेशको ब्राजिल, पानामा र ग्वाटेमाला क्षेत्रबाट भित्रिएको अतिथि फूल मखमली हाम्रो संस्कृति फूल हो । दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपाली तिहारको अभिन्न अंग बनिसकेको छ । सुपारी जस्तो गोलाकार मखमली फूल सयौं फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिए पनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रंगमा मखमली विशेष लोकप्रिय छ । नझर्ने नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीहरु आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् ।

मखमली फूल सयपत्री भन्दा पृथक एमारान्थेसी वनस्पति परिवारमा पर्दछ । मखमली बाहेक एमारान्थेसी वनस्पति परिवारमा हामीले खाने लट्टे र बगैंचामा फुल्ने कुखुराको सिउर जस्तो फूल पनि पर्दछ । वनस्पति जगतमा मखमलीलाई सिलोसिया ग्लोबोसा भनिन्छ । ग्लोबोसा शब्दले डल्लो भन्ने जनाउँछ । त्यसैले मखमलीलाई नेपाल भाषामा ग्वे स्वाँ (सुपारी फूल) भनिन्छ । मखमली फूल नोपालीहरुको लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । मखमली फूल कहिले न ओइलिने भएकोले यसलाई दिर्घायु र स्वस्थ जीवनको प्रतिकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदिबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् ।

संस्कृतमा रक्त मल्लिका भनिने यो फूूल देख्नमा पनि सुन्दर भएकोले सन् १८५५ मा जङ्गबहादुरले बेलायत पठाएको उपहारमा पनि परेको थियो । सेता, गाढा कलेजी तथा हल्का रातो रंगमा फूल्ने मखमली तिहारको भाइटिकामा विशेष प्रयोगमा आउँछ । छुँदा घोच्ने यस फूललाई नरम मखमली नाम दिइनुमा सुरुमा नेपाल ल्याइँदाको फूलको रंग मखमलको कपडाजस्तो देखिएकोले मखमली भनिएको अनुमान गर्न सकिन्छ । मखमली फूल अमेरिकाको नेटिभ जात हो । मखमली फूल सन् १८०० भन्दा अगाडि नै नेपालमा भित्रिएको हो । मखमली फूल दुई प्रकारको हुन्छ । मखमल रंगको हामीले प्रयोग गर्ने बेला ग्लोब आकारको फूलको वनस्पतिक नाम गोम्पेफेना ग्लोबोसा हो । ग्लोबभन्दा फरक केही लाम्चो आकारको फूललाई गोम्प फेना सेलोस्वाइड्स भनिन्छ । सेतो या पिंक रंगको भए पनि हामी भन्नचाहिँ मखमली नै भन्दछौं । तर मखमली रंगमात्रै तिहारमा उपयोग हुने हुँदा मखमली रंगी फूललाईमात्र तिहार फूल मान्नुपर्छ । यसलाई व्याच्लर बटन, स्ट्रेबरी फिल्डसमेत भनिन्छ । स्वास्थ्यका लागि लाभदायक मान्दै चीनमा मखमली फूललाई सिङ्गै उमालेर चियाको रुपमा पनि खाने प्रचलन छ ।

तिहारमा दिदी बहीनीले आफ्ना दाजु भाइलाई मखमलीको पूmल र सयपत्रि पूmलको माला, सप्तरंगी दुवोको टिका लगाउने प्रचलन रहेको छ । मखमली पूmल कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । त्यसैले तिहार मा यी पूmलको माला महत्वपूर्ण मानिन्छ । तिहार पर्वमा गणेशको पूँजा गर्ने, यमराजको आव्हान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, कटुस आदिको प्रयोगले दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायु हुने धार्मिक तथा पौराणिक मान्यता रहेको छ । केहिबर्ष यता आएर तिहारमा मखमली र सयपत्रीको माला देखिनै छाडेका छन् । यसको ठाउँमा प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढदै गइरहेको छ । सयपत्रि फूलको सट्टा बजारबाट किनेर ल्याइएको प्लास्टिकको मालाले गला ढाकिए पनि सयपत्रि र मखमलीको माला जस्तो सौन्दर्यता भने देखिदैन । सयपत्री र मखमली विना तिहारको महत्व हुदैन भन्दा पनि हुन्छ ।

सयपत्री फूलका सुनौला मालामा घर, आँगन, चोक, बजार मात्र होइन, काग, कुकुर, गाई, गोरु, आफ्नै देह (म्ह) एवं दाइरभाइ तथा देवी लक्ष्मी पनि गाँसिन पुग्छन् । तिहारको माहोललाई मनमोहक सिंगार्न हाम्रा आफ्नै बारी र बगैंचाका उत्पादनले मात्र नभ्याएर छिमेकी देश विदेशबाट समेत सयपत्रीका फूलहरु ठूलो परिमाणमा भित्रिने गरेका छन् । तिहारको संस्कृतिमा मौलाएका सयपत्री र मअमली फूल आज–भोलि सर्वव्यापी, सर्वकालीन पुष्पसामग्री बनिसकेको छ । सभा, गोष्ठी, स्वागत, विदाइ, सम्मान, अभिनन्दन मात्र हैन श्रद्धाञ्जलीमा समेत सयपत्रीले आफ्नो आधिपत्य जमाइसकेको छ । यसलाई बाह्रैमास फुलाउने पुष्प ब्यवसायीहरु बधाईका पात्र भएका छन् । मअमली र सयपत्री फूलको सर्वाधिक खपत हुने बेला भने तिहार नै हो । नामले सयपत्री भनिए तापनि एउटै भेटनोमाथि फक्रेको हुन्छ । सयपत्री फूल सयौं फूलको पुष्पपुञ्ज हो ।

हाम्रो देश भौगोलिक विविधता र जलवायु समेत उपयुक्त भएकोले फूल व्यवसायका लागि अत्यन्त उपयोगी छ । वैज्ञानिक ढंगले प्रमुख उद्योगका रुपमा फूल व्यवसाय स्थापित हुन सक्दछ । हाम्रो देशमा ५ हजार ८ सय ३३ प्रजातिका फूल फुल्ने बिरुवा छन् । तीमध्ये २ सय ४६ प्रजाति फूल अन्य मुलुकमा पाइदैनन् । कृषिप्रधान देश भएर पनि अर्थतन्त्रमा मुख्य भूमिका खेल्न सक्ने फूलजन्य पेशा उपेक्षामा परेको छ । अझै पनि फूलको व्यवसाय सहरमा मात्रै हुन्छ भन्ने हामीमा भ्रम छ । युवाहरु रोजगारीको लागि खाडी मुलुक पुगेका छन । गाउँका खेतबारी बाझोमा परिणत हुन थालेका छन । गाउँघरमा बसेर कृषिजन्य ब्यवसाय गर्ने बानीको बिकास भएको छैन ।

सबै खाले सयपत्री फूलको उदगम थलो संयुक्त राज्य अमेरिकाको दक्षिणी भूभाग, मेक्सिको तथा दक्षिण अमेरिकी महादेश हो । त्यतैबाट सयपत्री पूmलले विश्वका विभिन्न देशमा प्रवेश पाएको हो । नेपालमा कसरी र कहिले यी सयपत्री फूल आयो भन्ने भरपर्दो आधार भेटिएको छैन । अहिले अनेकौं थरीका सयपत्री पूmल पाइने गरेको छ । हाम्रो संस्कार र संस्कृतिभित्र परापूर्वकालदेखि सयपत्री फूल संस्कृति फूल भएको छ । तिहारलाई सिंगार्ने सयपत्रीका फूलहरु दुई समूहमा छुट्याउन सकिन्छ । सानो कदको, सानै फूल फुल्ने र सजिलै माला उन्न मिल्ने तथा फूल पनि नझर्ने नओइलाउने र रंग पनि नखुइलिने सयपत्रीहरु फ्रेन्च मेरिगोल्ड समूहमा पर्छन् । यस समूहका सयपत्री फूलका बाहिरी पुष्पिका फैलिएर फक्रन्छन् । तसर्थ यो सयपत्रीको वैज्ञानिक नाम पनि टागेटिस पाटुला रहेको छ । पाटुलसको ल्याटिन अर्थ फैलनु हुन्छ । सयपत्री फूलहरु गाढा चम्किलो रंगमा विशेष गरेर सुन्तला पहेंलोमा गाढा कलेजी वा रातो रंगमा सजिएका हुन्छन् । ठूलो खाले सयपत्री फूललाई सामान्यत अफ्रिकन मेरिगोल्ड भनिन्छ । यस किसिमका सयपत्री फूलहरु डल्लो आकारमा फक्रन्छन् । सुन्तला वा फिका पहेंलो रंगमा यी सयपत्री फुल्दछन् ।

गोदावरी फूलको सौन्दर्य विश्वमा सम्मानित छ । जुन फूललाई हामी गोदावरी भन्छौं, त्यसलाई इस्लामिक संसारमा गुलदाउदी भनिन्छ । धर्मगुरु दाउदको नाममा यो समर्पित छ । यूरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत अन्यत्र यसको प्रचलित नाम हो क्रिसान्थेमम । ग्रीक भाषामा क्रायोस भनेको सुन वा सुनौलो र एन्थेमोन को अर्थ फूल हो । त्यस अर्थमा सुवर्ण फूल हो गोदावरी । तर गोदावरी अनेकौं रंग र आकारमा फक्रिन्छ । इसापूर्व १५औं शताब्दीमा गोदावरीलाई बगैंचामा फुलाएर यसको इतिहास रच्ने श्रेय चीनलाई जान्छ । त्यसपछि आठौं शताब्दीमा यसले जापानलाई दिवाना बनायोर राजकीय सम्मान प्राप्त ग¥यो, राष्ट्रिय फूल बन्यो । जापानी सम्राटको राजगद्दीलाई ’क्रिसान्थेमम थ्रोन’ भन्ने चलन छ । यता चीनमा गोदावरी फूलकै नाममा शहरहरु नामकरण भएका छन जस्तो– जु–जियाङ । अमेरिकाको शिकागो शहरको आधिकारिक पूmल पनि गोदावरी हो ।

गोदावरी सुन्दर एवं आकर्षक फूल हो । विशेष गरी असोज तथा कार्तिक महिनामा यो फूल पूर्णरुपमा फुल्छ । गोदावरी जापानको राष्ट्रिय फूल हो । गोदावरी सबैको घरमा पूmलाउन सकिन्छ । गोदावरी फूल निकै महत्वपूर्ण मानिन्छ । यो फूलको सजावट करिब एक हप्तासम्म ताजा रहन्छ । यसका भिन्न–भिन्न पातलाई सुन्दर फूलदानीमा सजाउँदा घरको शोभा बढछ । गोदावरीलाई चाइनिजहरुले औषधिका रुपमा प्रयोग गर्न खेती नै गरेको पाइन्छ । जापान पढन गएका विद्यार्थीले यो फूललाई उपत्यकाको गोदावरी गाउँमा रोपेपछि यो पूmलको नेपाली नाम गोदावरी रहन गएको हो । गोदावरी पूmल चीनमा ६ हजार ५ सय, जापानमा १९ हजार तथा नेपालमा २ सय प्रजातिमा पाइन्छन् । नेपालका ठूला चाड–पर्व दसंै तथा तिहारको हाराहारीमा फुल्ने यो फूलको महत्व बढदै गएको छ ।

हाम्रो देशको भौगोलिक अवस्थाको कुरा गर्दा यहाँका हिमाल पहाड तराई जुनसुकै क्षेत्र पनि प्राकृतिक फूल रहेका छन् । विकट हिमाली तथा पहाडी इलाकामा प्राकृतिक रुपले फुल्ने सुनाखरी लालीगुराँस वा उपत्यका र तराईका फाँटमा फूल्ने मखमली सयपत्री हुन् सबैको आ–आफ्नै विशिष्ठ महत्व रहि आएको छ । प्राकृतिक रुपले सम्पन्न हावापानीको कारणले नै यहाँको जैविक विविधताको संरक्षण हुन पुगेको छ । पछिल्लो समय नेपालमा व्यवसायिक फूलखेती तर्फ आकर्षण बढिरहेको छ । धेरैजसो जिल्लाहरु जस्तै झापा, रुपन्देही, दाङ, चितवन, धादिङ, काभ्रे, नुवाकोट, बाँके, बर्दिया, सुर्खेत, धनगढी र काठमान्डौ उपत्यका वरिपरि र अन्य भु–भागहरुमा फूलको व्यवसायिक खेती गरिएको छ । गत वर्षभन्दा यस वर्ष बढि फूल उत्पादन भएको समाचार आएका छन् ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको व्यावसायिक खेती गर्दै आएका छन् । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपाल फूलमा आत्मनिर्भर बन्दैछ । आर्थिक आर्जन हुने, सुन्दरता छर्ने र आनन्द दिने फूलको व्यक्तिगत र व्यवसायिक प्रयोजनको लागि उत्पादन हुने क्रम बढेबाट कृषिलाई टेवा दिन, रोजगारी र आय सृजना गर्न र वातावरण स्वच्छ र सुन्दर बनाउन यस क्षेत्रले महत्वपूर्ण भुमिका खेल्ने आशा गर्न सकिन्छ ।

पूmलको व्यवसाय शुरु गरि सकेका तथा शुरु गर्न चाहने कृषक तथा व्यवसायिहरुलाई नर्सरी व्यवस्थापन मौसमी तथा बेमौसमी फूल उत्पादन तालिम लगायतका कार्यक्रमहरु सन्चालन गर्नु आवश्यकता भईसकेको छ । त्यसै गरी फूल व्यवसाय गर्न चाहनेहरुका लागि बजार माग तथा मौसमी मागलाई दृष्टिगत गरी पूmल सजावटका तालिम सन्चालन गर्नुपर्ने देखिन्छ । भने अर्कोतिर विदेशबाट आयात भैरहेका फूलका विरुवाहरुलाई स्वदेश मै उत्पादन गर्नका लागि विदेशी प्रविधि ज्ञान र सीपलाई बेराजगार युवायुवतीहरुले व्यवहारमा उतार्न पर्दछ । पूmल आबस्यक पर्दा खोज्ने मात्र होइन,फुर्सदको समयमा सबैले आफ्नो घर आगन र करेसाबारीमा लगाउने बानीको बिकास गर्दै जाने हो भने प्लाष्टिकको पूmल तिहारको समयमा किन्न पर्दैन । यो कुरा सबैले बुझन जरुरी छ ।





error: Content is protected !!