करेण्ट लागेर बालकको मृत्यु

–सुशीला रेग्मी

रामपुर (पाल्पा), २२ कात्तिक ः पाल्पाको तिनाउँ गाउँपालिकामा नौ वर्षीय बालकको करेण्ट लागेर मृत्यु भएको छ । शनिवार दिउँसो करिव १ः १५ वजेको समयमा टिकाकुमारी गाहाका छोरा सुरज गाहाको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घर नजिकै जंगलमा बाख्रा चराउन गएका बेला बिजुलीको पोलमा चढ्ने क्रममा करेण्ट लागेर घाइते भएका उनको उपचारको क्रममा युनाइटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





error: Content is protected !!