पाल्पामा डुबेर युवकको मृत्यु

–सुशीला रेग्मी

रामपुर (पाल्पा), २२ कात्तिक ः पौडी खेल्ने क्रममा डुबेर तानसेन नगरपालिका १ स्थित गैरागाउँका २१ वर्षीय बिनित बस्यालको मृत्यु भएको छ ।

बगनासकाली गाउँपालिका ७ स्थित कालीगण्डकी देखि एक ५० मिटर पूर्वतर्फ रहेको पानीको खोल्सामा पौडी खेल्ने क्रममा शनिवार दिउँसो करिव १२ ः ३० वजेको समयमा डुबेर बेपत्ता भएका थिए ।

साथीहरुसंग घुम्न हिडेका बस्याल प्रहरी र स्थानीयको सहयोगमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।





error: Content is protected !!