कायम बारेकोटको भाडा दर – बदलिए यी मुहार,

लोकेन्द्र बिश्वकर्मा

– बिकासको गति तीव्र छ – अध्यक्ष शाह

जाजरकोट – जिल्लाको उत्तरी भेगमा पर्ने बारेकोट गाउँपालिकाको सवारी साधनको भाडा दर कायम भएको छ । गाउँपालिका बिगतका महिना देखी गाडीको पहुँचमा जोडिए लगत्तै सवारी चालकहरुले चरम रुपमा भाडा दर मनपरी असुली गर्दै आएका थिए ।
शुक्रबार गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह प्रमुख जिल्ला अधिकारी चेतराज बराल, प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठ, लगायतको टोलीले भाडा दरकै बिषयक बैठक गरी बारेकोटको भाडा दर कायम गरिएको हो । स्थानिय तहका प्रमुख तथा प्रतिनिधि,सरकारी कार्यालयका प्रमुख ,यातायात व्यवसायी समितीहरुको उपस्थितीमा उक्त निर्णय गरिएको थियो ।

बैठकम प्रमुख जिल्ला अधिकारी बराल – बारेकोट सडक खण्डमा यातायात संचालनका लागी केही दिन अगाडी मात्र जिल्ला प्रशासन कार्यालय जाजरकोटमा कार्यरत ना.सु नरेश पुनको संयोजकत्वमा ४ सदस्यीय प्राविधिक समिती सहित अनुगमनमा खटाईएको थियो । उक्त समितीले चल्न सक्ने अनुगमन सहित प्रतिवेदन पेश गरेपछी बारेकोटमा यातायात संचालनको अनुमती सहित भाडा दर कायम गरिएको थियो ।
भाडा दर,“ नलगाड नगरपालिकाको कालीमाटी देखी घाटबजार सम्म ५ सय जावत गर्ने स्थान कालीमाटी देखी सिर्के सम्म ३ सय,सिर्के देखी सक्ला सम्म ८०,सक्ला देखी लिम्सा सम्म १ सय , लिम्सा देखी घाटबजार सम्म २०,कालीमाटी सेपुखोला सम्म २ सय,कालीमाटी देखी खारा १ सय, खारा देखी सेपुखोला सम्म १ सय, भाडा दर कायम गरिएको गरिएको छ”
बिगतका दिनहरुमा सवारी साधन चलाउन अनुमति बिहिन हुदा हुदै – बारेकोटका सर्वसाधारणलाई सवारी चालकहरुले मनपरी भाडा दर उठाउँदै,आएका थिए । सक्लाबाट कालिमाटी सम्म आउँदा १ हजार तिर्नुपर्ने बासीहरु भाडा दर कायम गर्दा निकै खुसी भएका छन । अबका दिनहरुमा चालकहरुले मनपरी भाडा दर उठाएमा सम्बन्धित निकाय,जिल्ला प्रहरी, प्रशासन,गाउँपालिकाले कारबाही अगाडी बढाउँने भएको छ ।
भाडादर कायम भएको जावत केन्द्र कालीमाटी हुदै खानीटाकुरा देखी बारेकोट गाउँपालिकाको प्रशासकिय केन्द्र लिम्सा हुदै घाटबजार सम्म ३९ किलोमिटर सडक सञ्चालनमा आएको छ । अबको केहीं महिनामा सबैवडाहरुमा सवारी साधन पुर्याउने गाउँपालिकाको लक्ष रहेको छ ।

  •  वडाहरुमा जोडिएको सडक संजाल !

बारेकोटका बिभिन्न वडाहरुमा यतीबेला सडक संजाल जोडिएको छ । जावत केन्द्र पर्ने ८,९,२,५,६,७,१, वडाहरुमा गाडीको पहुँच जोडिए संगै बाँकी ३,४ लिने कार्य तीव्र रहेको गाउँपालिकाले जनाएको छ ।
गाडीको पहुँच जोडिए संगै बारेकोटमा साच्चिकै बाँके जिल्लाको नेपालगंन्जबाट नुन बोकेर ल्याउँने दिन गएको स्थानीयहरुको भनाई रहेको छ ।
यता गाउँपालिकाबाट बिभिन्न वडाहरुमा जोड्ने काम भईरहेको छ । वडा नम्बर ६ को तल्लोताँसीको ठुलोखोला सम्म गएको छ । भने ७ को वडा कार्यालय पातीहाल्न हुदै लुवाग जोड्ने कार्य भैरहेको छ । १ को रामीडाँडा,२ प्रशासकिय केन्द्र लिम्सा,५ नम्बरको सिल्ङ्गिचौर,मा सडक संजाल जोडिएको छ । यता जुम्ला जोड्ने सडक खण्डको काम पनी तीव्र रुपमा रहेको छ ।





error: Content is protected !!