१२ किलो अफिमसहित,जाजरकोटका २ जना पक्राउ !

रुकुमपश्चिम/जाजरकोट – १२ किलो लागुऔषध (अफिम) सहित जाजरकोटका दुईजनालाई रुकुमपश्चिममा पक्राउ गरेको छ ।
जिल्लाको नलगाड नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह, ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित शुक्रबार रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार – पक्राउ पर्ने दुबैजना माथी अनुसन्धान भई रहेको छ । केही दिन यता जाजरकोट नलगाडर्क तीनजनालाई प्रहरीले पक्राउँ गरेको थियो ।





error: Content is protected !!