फूटबाट जोगाउन ओलीसँग पटक,पटक आग्रह गरें – प्रचण्ड, पार्टी फुटाउने सपना नदेखे हुन्छ , नेपाल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई फूटबाट जोगाउन अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पटक(पटक आग्रह गरेको खुलासा गरेका छन् ।

शुक्रवार अपराह्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरिएको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक भेलापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले पार्टीलाई विभाजनबाट रोक्न ओलीसँग पटक -पटक आग्रह गरेको खुलासा गरेका हुन् ।

 

ुपार्टी विभाजनलाई रोक्न अर्का अध्यक्ष कमरेड ओलीसँग मैले पटक(पटक आग्रह गरेको छु,ु प्रचण्डले भने, ुप्रयास अझै जारी राख्छु ।ु

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न चेतावनी दिएका छन् । सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले भने, ुहाम्रो पार्टी कमजोर धरातलमा छैन । हामी आज पनि पार्टी एकताकै लागि जुटेका हौँ । त्यसैले कसैले नेकपा फुटाउने सपना देखेको छ भने त्यो नदेखे हुन्छ ।ु

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

शुक्रवारको अनौपचारिक छलफलमा नेकपाका ५ जना सचिवालय सदस्यहरू उपस्थित थिए । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भेलामा उपस्थित थिए ।

गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ुबादलु, उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र अध्यक्ष ओली भने आजको भेलामा सहभागी भएनन् ।

आजको अनौपचारिक बैठक ओलीकै सहमतिमा डाकिएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

भेलाले शनिवार प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउन लिखित आग्रह गर्ने निष्कर्ष निकालेको छ ।





error: Content is protected !!