अलपत्रमा “कांग्रेस सांसद तथा ठेकेदार” लामाले लिएको ठेक्का नाग्म – गमगढी सडक !

दिलमाया शाही -जुम्ला । नेपाली कांग्रेसका समानुपातिकबाट प्रतिनिधिसभामासांसद तथा ठेकेदार बहादुरसिंह लामाले लिएको ठेक्का नाग्म नाग्म (गमगढी) सडक अलपत्र अलपत्र परेको छ । सांसद लामा र नन्दलाल श्रेष्ठले हिमदुङ एण्ड थोकर र हिरा एण्ड नमिता जेभीले दिएको उक्त ठेक्का बिगत पाँच बर्ष देखी अलपत्र रहेको हो ।

कर्णाली राजमार्ग अन्तर्गतपर्ने ९३ किलोमिटरमध्ये शुरुवातकै १३ किलोमिटरमा कांग्रेस नेता तथा सांसद लामाको निर्माण फर्मबाट काम थालनी गरिएको थियो । बिडम्बना , ठेक्का सम्झौता अवधिमा काम नहुदा सडक अलपत्रमा परेको छ ।
सडक निर्माण गर्नमा ढिलाई हुदा,सुविधा पर्खेर बसेका त्यहाँका नागरिकको सपना अधुरो रही शास्ती खेप्नु परेको छ । सडकको पुर्ण ठेक्का भएको पाँच बर्ष बित्यो तर अलपत्रमा थन्कीएको स्थानियहरुको गुनासो रहेको छ ।

कालोसुचीमा राख्ने तयारीमा – सडक डिभिजन जुम्ला

सडक डिभिजन जुम्लाका अनुसार सांसद लामाको फर्मले १३ किलोमिटर सडकमा सडक चौडा ,ग्राभेल, कल्भट, कजवे, ग्याविन, मेशिनरी टेवा पर्खालको काम गर्नेगरी ठेक्का लिएको थियो तर अहिलेसम्म ६ किलोमिटर सडक अलपत्र अवस्थामै छ। सडक कार्यालय जुम्लाका कायममुकायम प्रमुख एवम् डिभिजनल इञ्जिनियर लीलाबहादुर भण्डारीले तिहार अगावै काम नथाले सांसद लामाको फर्मलाई कालोसूचीमा राख्ने चेतावनी दिइएको बताए।

पाँच वर्ष अघिदेखि नै काम थालेजस्तो गरेपनि सडक तयार नभएपछि राजमार्ग वरपरका स्थानीयसहित जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत सहितको टोलीले सिञ्जा राजमार्गमा काम ढिलाई हुनुको कारण र चुनौतिबारे डिभिजनमा सड्क पुगेर जानकारी लिएका थिए। डिभिजनमा सडक कार्यालयले सांसदले नै ठेक्का लिएकाले काम गराउन कठिन भएको जवाफ दिएको थियो।

चौतर्फी दबाब आएपछि कार्यालयले कालोसूचीमै राख्नेर पत्रिकामा नाम छाप्ने चेतावनी दिएपछि अहिले सांसद लामा संलग्न सो संयुक्त उपक्रम कम्पनीले काम अघि बढाउने प्रतिबद्धता जनाएको अधिकारीहरूले जानकारी दिएका छन्।

यो सडक बनाउनेगरी ठेक्का नम्बर १२ अन्तर्गत पर्ने सो खण्डको ठेक्का सम्झौता २०७२ माघ ८ गते भएको थियो। निर्माण अवधि २०७५ पुष ७ गतेसम्मका लागि तोकिएको थियो। दोस्रो पटक २०७६ साउन १० गते सम्झौता भएर २०७७ जेठ ३० गतेसम्म अवधि निर्माण अवधि थपिएपनि काम हुन सकेको छैन। लामाको फर्मले सम्झौता रकम १० करोड १३ लाख आठ हजार १३० रुपैयाँ ५५ पैसामध्ये सात करोड ९६ लाख १२ हजार २७६ रुपैयाँ २६ पैसा भुक्तानी लिइसकेको डिभिजन सडक कार्यालयले जनाएको छ।

नेकपाका प्रदेश कमिटी सदस्य तथा सिञ्जावासी पूर्ण प्रसाद धितालले दिएको जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायीलाई कानूनी दायरमा ल्याउनुपर्ने बताए। उनले राजमार्ग निर्माणमा तीव्रता दिन कार्यालयलाई अनुरोध गरेका छन्। राजमार्गको अवस्था नसुधारिए जनता सडकमा आउनेसमेत उनले चेतावनी दिएका छन्। नाग्म(गमगढी सडक अलपत्रमा पर्दा रारा आउने धेरै पर्यटकहरुले सास्ती खेपिरहेका छन्।





error: Content is protected !!