राजनीतिक प्रतिस्पर्धामा गार्डियन र टेलिग्राफको प्रतिस्पर्धा

मिडिया बहस
राजनीतिक पक्षधरतामा बाँडिए पनि गार्डियन र डेली टेलिग्राफ समाचारको विश्वसनीयता, वस्तुनिष्ठता र तथ्यपरकताका लागि भने अग्रणी मानिन्छन्

पत्रिका पठनको बलियो संस्कृति रहेको बेलायतमा करिब एक दर्जन पत्रिका एक लाखभन्दा बढी प्रति बिक्री हुन्छन् । ती पत्रिकाको भीडमा ‘द गार्डियन’ र ‘द डेली टेलिग्राफ’लाई सबैभन्दा बढी विश्वसनीय मानिन्छ । यी दुवै पत्रिका दैनिक लाखमाथि बिक्री हुने पत्रिकामा पर्छन् । र, रोचक पक्ष यी दुई पत्रिकाले बेलायती राजनीतिका दुई प्रमुख दल र विचार बोक्छन् । आमनिर्वाचनको समयमा उम्मेदवारलाई समर्थन गर्ने कुरादेखि यिनका सम्पादकीयमा राजनीतिक पक्षधरता प्रस्टै देखिन्छ ।

झन्डै हजार वर्ष पुराना दुई ठूला विश्वविद्यालय (सन् १०९) मा स्थापना भएको अक्सफोर्ड विश्वविद्यालय र सन्  मा स्थापना भएको क्याम्ब्रिज विश्वविद्यालय०को घर बेलायतमा अठारौँ शताब्दीको पहिलो दशकमा पत्रकारिताले जग बसाउन थालिसकेको थियो । लामो समयसम्म पत्रकारिता र छापा पर्यायवाचीजस्तै रहे । बलियो ब्रिटिस छापाको परम्पराअन्तर्गत नै सन् १८२१ मा द गार्डियन ९जुन सन् १९५९ सम्म ‘म्यानचेस्टर गार्डियन’ नामले निस्कन्थ्यो ० र सन् १८५५ बाट द डेली टेलिग्राफको प्रकाशन सुरु भएको हो । सुरुदेखि नै यी पत्रिकाले विषयलाई बडो गम्भीर र शालीन ढंगले उठाउँथे । तर, यी दुई पत्रिकाले फरक विचारलाई समर्थन गर्ने गरेको पाइन्छ । ‘द डेली टेलिग्राफ’को विचार बेलायतको प्रमुख दुई दलमध्ये कन्जरभेटिभ पार्टीनजिक मानिन्छ । उता, ‘द गार्डियन’ले भने लिबरल ९उदारवादी० विचार प्रेषित गर्छ । दोस्रो विश्वयुद्धपछि गार्डियन मध्य–वामपन्थी लेबर पार्टीको विचारसँग नजिक भएको छ । कतिसम्म भने डेली टेलिग्राफको विचार कन्जरभेटिभ पार्टीभन्दा फरक भएमा कन्जरभेटिभ पार्टीको हेडक्वार्टरबाट फोन आउने व्यंग्य गरिन्छ । टेलिग्राफका सम्पादक र पार्टी नेतृत्वको नजिकको सम्बन्धले पनि यस्तो अड्कलबाजी गरिएको हुन सक्छ ।

बेलायतमा मात्र होइन, अमेरिका तथा केही युरोपेली देशमा ठूला मिडियाहरू खुलेर राजनीतिक पक्षधरता लिन्छन् । ती देशमा यी सामान्य अभ्यास हुन् । यही परम्परामा रहेर गार्डियन र डेली टेलिग्राफले आफ्नो पत्रकारिता गरिरहेका छन् । सबैभन्दा प्रभावशाली भएकाले यी दुई पत्रिका यस परम्परामा उदाहरणका रूपमा प्रस्तुत हुने गर्छन् ।

यी दुई पत्रिकाको पाठकको विस्तारको कुरा गर्दा डेली टेलिग्राफ छापामा अगाडि छ भने गार्डियन अनलाइनमा अगाडि छ । पत्रिकाको वितरणको तथ्यांक राख्ने अडिट ब्युरो अफ सर्कुलेसनका अनुसार द डेली टेलिग्राफ पत्रिका तीन लाख पाठकसहित ब्रिटेनमा सबैभन्दा धेरै बिक्री हुने पत्रिकाको सातौँ स्थानमा छ । गार्डियन भने एक लाखभन्दा केही बढी पाठकका साथ १२औँ स्थानमा छ । यी दुवै पत्रिका डिजिटल संस्करणमा पनि छन् । यस माध्यममा भने द गार्डियन निकै अगाडि छ । एक तथ्यांकअनुसार यस वर्षको जुलाई २० देखि अगस्ट २० मा डेली टेलिग्राफको डिजिटल संस्करण ६ करोड २२ पटक पढिएको देखिन्छ । सोही अवधिमा गार्डियन लगभग २९ करोडपटक हेरिएको पाइन्छ ।

ठूलो संख्याको पत्रिका पाठक तथा वेबसाइट अवलोकनकर्ताका कारण यी दुई पत्रिका राजनीतिमा प्रभाव पार्न सक्षम छन् । जस्तो, सन् १९९७ र त्यसपछिका हरेक आमनिर्वाचनमा डेली टेलिग्राफले कन्जरभेटिभ पार्टीका प्रधानमन्त्री उम्मेदवारलाई मात्र समर्थन गरेको छ । सन् २०१० मा मात्र उसले एकताको सरकारलाई समर्थन गर्‍यो । सन् २०१५ को चुनावमा त डेली टेलिग्राफ कन्जरभेटिभ पार्टीको समर्थनमा एक कदम अघि बढेको देखियो । पत्रिकाका सम्पादक क्रिस इभान्सले आफ्ना लाखौँ ग्राहक ९सब्स्क्राइबर०लाई नजिकिँदै गरेको चुनावमा कन्जरभेटिभ उम्मेदवार डेभिड क्यामरुनलाई मत हाल्न आग्रह गर्दै इमेल पठाएको खुलासा भयो । यस प्रकरणमा ब्रिटिस निर्वाचन आयोगले यस कदमका लागि डेली टेलिग्राफलाई ३० हजार डलर जरिवाना गरायो ।

गार्डियन यो हदसम्म अघि बढेको समाचार त बाहिरिएको छैन, तर यस पत्रिकाले उदारवादी राजनीतिक उम्मेदवार तथा नीतिलाई समर्थन जनाउने गरेको छ । बेलायतमा मात्र होइन, अमेरिका तथा केही युरोपेली देशमा ठूला मिडियाहरू खुलेर राजनीतिक पक्षधरता लिन्छन् । ती देशमा यी सामान्य अभ्यास हुन् । यही परम्परामा रहेर गार्डियन र डेली टेलिग्राफले आफ्नो पत्रकारिता गरिरहेका छन् । सबैभन्दा प्रभावशाली भएकाले यी दुई पत्रिका यस परम्परामा उदाहरणका रूपमा प्रस्तुत हुने गर्छन् ।

पत्रिकाका स्तम्भकार र विचार पृष्ठमा भिन्नता सबैभन्दा स्पष्ट झल्कने गर्छ । डेली टेलिग्राफ धेरै हदसम्म बेलायती राजनीतिको मुद्दामा केन्द्रित देखिन्छ । उसले कन्जरभेटिभ पार्टी ९जसलाई सामान्य बोलीचालीमा ‘टोरी’ पनि भनिन्छ०, राजनीति, ब्रिटिस शाही परिवार, युरोपेली संघ र संघसँग बेलायतको सम्बन्ध आदि वरिपरिका विषयवस्तुलाई समेट्ने गरेको छ । तर, गार्डियनले ब्रिटिस राजनीति र त्योभन्दा बृहत्तर रूपमा अन्तर्राष्ट्रिय मुद्दालाई पनि समेट्ने प्रयास गरिरहेको हुन्छ । गार्डियनले विगतमा इराक युद्धलाई खुला समर्थन गरेको थिएन । त्यस्तै, इजरायल प्यालेस्टाइनी मुद्दामा प्यालेस्टाइन पक्षप्रति सहानुभूति राख्ने गरेको पाइन्छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय मुद्दामा यसको समर्थन उदारवादी नीति तथा मध्यवामपन्थी राजनीतिसँग नजिक देखिन्छ ।

विचार पृष्ठमा द टेलिग्राफका स्तम्भकारले बेलायतको कन्जरभेटिभ दलको विचारलाई पृष्ठपोषण र समर्थनका लागि लेख्छन् । गार्डियनले लेबर पार्टीलाई प्रवद्र्धन गरिरहेको हुन्छ । तर, बेलायती मिडियामा वामपन्थी विचार राख्ने मिडियाको संख्या कमै छन् । दश लाखभन्दा धेरै बिक्री हुने चर्चित ट्याबलोइड पत्रिकाहरू द सन र डेली मेलहरू खुलेर दक्षिणपन्थी राजनीतिलाई समर्थन गर्छन् । ती पत्रिकाले छाप्ने समाचारदेखि विचारसम्म आप्रवासीहरूलाई खराब चित्रित गर्ने, समलिंगीहरूप्रति नकारात्मक छवि निर्माण गर्ने र लोककल्याणकारी नीतिको विरोध गरेको देखिन्छ । ९सन् १९३० को दशकमा बेलायतको सबैभन्दा लोकप्रिय पत्रिका द डेली मेलले त फासीवाद–पक्षधर समूहको वकालत नै गर्थ्यो० ।

गार्डियनले अर्बपतिहरूको पक्षमा ल्याइएको सरकारी नीतिको पनि विरोध गर्न सक्छ । प्रशंसकहरू राजनीतिक पक्षधरतामा बाँडिएर गार्डियन र डेली टेलिग्राफले ब्रिटिस राजनीतिका दुई प्रमुख विचारबीच संवाद बढाएको मान्छन् । यसले अन्ततः बेलायती लोकतन्त्रलाई समृद्ध पार्न सहयोग गरेको विश्लेषकहरूको विचार छ ।

द सन र डेली मेलबाहेक अर्को धेरै बिक्री हुने रुपर्ट मर्डकको स्वामित्वमा रहेको ‘द टाइम्स’को विचार पनि लगभग उस्तै नै हुन्छ । ट्याबलोइड फम्र्याटमा छापिने यी तीनओटा पत्रिका प्रत्येक ब्रिटिस आमचुनाव अभियानमा लेबरका उम्मेदवारलाई खलनायकका रूपमा प्र्रस्तुत गर्छन् र तिनलाई जिताउन नहुने आह्वान गर्छन् । यी पत्रिकाको अर्को समानता यी हरेक विषयलाई अत्यन्त हल्का रूपमा प्रस्तुत गर्छन् । कन्जरभेटिभ पार्टीको समर्थन गर्नेमध्ये डेली टेलिग्राफले मात्र विषयलाई गम्भीरताका साथ प्रस्तुत गर्छ । त्यसैले ब्रिटिस राजनीतिका शिक्षित वर्ग तथा नीति निर्माताहरूले यसलाई महŒव दिने गर्छन् । गार्डियनबाहेक मध्य–वामपन्थी विचारधारा वा लेबर पार्टीनजिकका पत्रिकामा ‘द मिरर’लाई पनि गनिन्छ । छापामा राजनीतिक पक्षधरताबाट वाक्क भएका पाठकलाई लक्षित गरेर सन् १९८६ मा निष्पक्ष भनेर प्रकाशन सुरु भएको ‘द इन्डिपेन्डेन्ट’समेत कालक्रममा मध्य–वामपन्थी विचारनजिक भएको छ ।

राजनीतिक पक्षधरतामा बाँडिए पनि गार्डियन र डेली टेलिग्राफ समाचारको विश्वसनीयता, वस्तुनिष्ठता र तथ्यपरकताका लागि भने अग्रणी मानिन्छन् । मिडिया नियामक संस्था अफकमले यही वर्षको अगस्टमा गरेको एक सर्वेक्षणमा गार्डियन बेलायती पाठकले सबैभन्दा विश्वास गर्ने पत्रिका देखिएको थियो र दोस्रो विश्वसनीय पत्रिकामा डेली टेलिग्राफ रहेको थियो ।

टेलिग्राफका सम्पादक र कन्जरभेटिभ पार्टीका नेतृत्वबीचको उठबस एवं व्यक्तिगत सम्बन्ध, पत्रिकाको दक्षिणपन्थी अडान र कन्जरभेटिभ अभियन्तामाथि यो पत्रिकाको प्रभावका कारण यस पत्रिकालाई व्यंग्य गरेर ‘टोरी–ग्राफ’ ९कन्जरभेटिभ पार्टीलाई अनौपचारिक रूपमा टोरी पनि भनिन्छ० भन्ने गरिन्छ । राजनीतिक माहोल कन्जरभेटिभ पार्टीविरुद्ध हुँदासमेत टेलिग्राफले आफ्नो झुकाव फेर्ने गरेको देखिँदैन । ऊ सन् १९९७ पछि लगातार तीन चुनावमा लेबर पार्टीले निर्वाचन जित्दासमेत आफ्नो पक्षधरतामा अडिग रह्यो ।

टेलिग्राफको हालको सञ्चालक बार्कलेज ग्रुपले सन् २००४ मा यसलाई किन्दा ग्रुपका अध्यक्षले यो पत्रिका भविष्यमा कन्जरभेटिभको पत्रिकाका रूपमा नदरिने उद्घोष गरेका थिए । उनले लेबर पार्टीकै भए पनि सरकारले सही काम गर्दा समर्थन गर्नुपर्ने भनेका थिए । तर, पनि सन् २००५ को आमचुनावमा सम्पादक मण्डलले कन्जरभेटिभ पार्टीलाई समर्थन गर्न छाडेन । सन् २०१५ मा त यसका प्रधानसम्पादकले ग्राहकलाई कन्जरभेटिभ उम्मेदवारलाई मत हाल्न व्यक्तिगत इमेल पठाएको प्रकरण नै सार्वजनिक भयो ।

चुनावमा मात्र होइन, सन् २०१४ को स्कटल्यान्ड बेलायतबाट छुट्टिने–नछुट्टिने विषयको जनमतसंग्रह होस् वा ब्रेक्जिट निर्वाचन होस्, यसले कन्जरभेटिभ पार्टी लाइन नै पछ्यायो । अझ ब्रेक्जिटदेखि पत्रिका कन्जरभेटिभ पार्टीभित्रको पनि बोरिस जोन्सनको पक्षमा देखिएको छ । टेलिग्राफका पूर्वस्तम्भकार रहिसकेका ग्राहम नोर्टनले पत्रिकालाई बोरिस जोन्सनको प्रवक्ता बनेको र उनका स्तम्भ तथ्यहरूको चेकजाँचविना नै प्रकाशित गरेको आरोप लगाए । बेलायतका अधिकांश ठूला पत्रिका ९मिडिया०को बहुमत सेयर केवल ६ जना अर्बपतिसँग छ । कन्जरभेटिभ पार्टीले अर्बपतिहरूको कर कटौती गर्ने नीति पछ्याउने भएकाले पनि धेरै पत्रिकाले कन्जरभेटिभलाई समर्थन गर्ने आरोप लाग्ने गर्छ । त्यस्तै, अधिकांश मिडियाले उच्च मध्यमवर्गको विश्वदृष्टिकोणलाई नै बढावा दिइरहेको बताइन्छ । त्यसो भए गार्डियन यो भीडमा किन अलग रह्यो त रु

गार्डियन स्थापना गर्दा यसमा म्यानचेस्टर सहरका कपडा व्यापारीहरूको लगानी रहेकाले तिनको समाचार तथा विचारमा तिनकै प्रभाव रह्यो । ती दिन समीक्षकले पत्रिकालाई ‘मध्यम वर्गको अंग’ भन्ने गर्थे । तर, सन् १९३६ मा तत्कालीन सञ्चालक जोन स्कटले पत्रिकालाई ट्रस्टको अधीनमा ल्याए । भावी दिनमा सञ्चालक आर्थिक रूपमा कमजोर हुँदा पत्रिका हठात् बन्द हुने अवस्था नआओस् भन्नका लागि जोन स्कटले ट्रस्ट स्थापना गरेको बताइन्छ । त्यसका साथै ट्रस्टअन्तर्गत सञ्चालन हुँदा पत्रिकालाई व्यापारिक एवं राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न सकिने विश्वास पनि रहेको बताइन्छ । यो ट्रस्ट सन् २००८ बाट मुनाफारहित लिमिटेड कम्पनीमा रूपान्तरित छ । पत्रिकाले जति मुनाफा आर्जन गर्छ, त्यो पत्रकारितामै लगाइन्छ । यसले गर्दा गार्डियनले अर्बपतिहरूको पक्षमा ल्याइएको सरकारी नीतिको पनि विरोध गर्न सक्छ । प्रशंसकहरू राजनीतिक पक्षधरतामा बाँडिएर गार्डियन र डेली टेलिग्राफले ब्रिटिस राजनीतिका दुई प्रमुख विचारबीच संवाद बढाएको मान्छन् । यसले अन्ततः बेलायती लोकतन्त्रलाई समृद्ध पार्न सहयोग गरेको विश्लेषकहरूको विचार छ ।





error: Content is protected !!