बसपार्क र टिकट काउन्टरमा सादा पोशाकमा प्रहरी

काठमाडौं, बसपार्क क्षेत्र, बसस्टफ तथा यातायातका साधनहरु धेरै चल्ने स्थानमा सादा पोशाकका ट्राफिक प्रहरी परिचालन भएका छन् । चाडपर्वमा धेरै भाडा लिने ओभर स्टिपमा सवारी साधन चलाउने, मापसे गर्नेहरुलाई निरुत्साहित गर्न महानगरीय ट्राफिक महाशाखाले सादा पोशाकमा प्रहरी परिचालन गरेको हो ।
ट्राफिक प्रहरीले चाडपर्व लक्षित चेकजाँचलाई अभियानको रुपमा सुरु गरेको छ । काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा कडाइसँगै ट्राफिक प्रहरीले धेरै भाडा लिने गरेको गुनासो आउन थालेपछि अनुगमन सुरु गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार चाडपर्वको मौका छोपेर काठमाडौं बाहिर जाने यात्रुहरुसँग धेरै भाडा लिने तथा धेरै मूल्यको टिकट काट्ने पाँचजनालाई पक्राउ गरेको छ ।
प्रहरी आफै यात्रु बनेर गएको ठगिएपछि कारवाही गरिएको महाशाखाका एससपी भीमप्रसाद ढकालले जानकारी दिनुभयो
। कोटेश्वरमा टिकट काट्ने बिमल खत्री र किरण पौडेल, बल्खुका जीतेन्द्र शाह, मदन भुजेल र धर्मेन्द्र यादवले तोकिएको भन्दा धेरै रकम लिएर टिकट काटेको पाइएपछि उनीहरुलाई कारवाही गरिएको एसएसपी ढकालले बताउनुभयो ।
भिडभाड हुने क्षेत्र बसपार्क तथा सवारी साधनहरुको अत्यधिक चाप हुने क्षेत्रमा सर्वसाधारण ठगिनेक्रम बढेकाले सादा पोशाकमा प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । काठमाडौ उपत्यकामा ४६ स्थानमा ट्राफिकले नियमित चेकजाँच गर्ने गरेकोमा त्यसलाई बढाएर ६६ स्थानमा पु¥याइने उहाँले बताउनुभयो ।
चाडपर्वमा दुर्घटना कम गराउन प्रहरीले सबै उपाय अपनाउने उहाँले स्पष्ट पार्नुभयो । चेक प्वाइन्ट थपिएसँगै सवारी साधनहरुको गति कम हुने ओभर लोड रोकिने उहाँले बताउनुभयो । थप जनशक्ति परिचालन गरेर नाकाहरुमा कडाई गर्ने तोकिएको मापदण्ड पुरा नगर्ने सवारी साधनहरु कारवाहीमा पर्ने उहाँले बताउनुभयो ।
कोभिडको कारण रोकिएको मापसेको चेकजाँच भने शंका लागेको व्यक्तिको मेडिकल गरेर कारवाही गर्ने उहाँले बताउनुभयो । मापसे गरेको शंका लागेको व्यक्तिलाई मेडिकल गरेर सोही अनुसार कारवाही गर्छौ उहाँले भन्नुभयो ।
उहाँले तोकिएको भाडादरभन्दा धेरै भाडा लिनेलाई कानु्न अनुसार कारवाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो कानुन अनुसार कारवाही गर्छौ । धेरै भाडा लिएमा पाँच हजार रुपियाँ जरिवानाको व्यवस्था छ ।
नाकाका जिल्लाहरुमा कडाइ
काठमाडौं भित्रने प्रमुख नाकाहरुमा महानगरीय ट्राफिक प्रहरीसँगै स्थानीय जिल्ला ट्राफिक प्रहरी कार्यालयले सकृयता देखाएका छन् । काठमाडौं उपत्यकावाट छुट्ने छोटा रुटहरुमा तोकिएको भन्दा प्रहरी भाडा लिएको, टिपर तथा ट्रकहरुले अत्यधिक मात्रामा प्रेसर हर्न बजाएको लिखित तथा मौखिक उजुरी आएसँगै स्थानीय प्रहरीले रातको समयमा समेत चेकजाँच बढाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले राती ९ बजेदेखि ११ बजेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय अघि र बिहान २ बजेदेखि ५ बजेसम्म उपत्यका छिर्ने बोर्डर सागाँमा ओभर स्पिड रोक्न र प्रेसर हर्न हटाउने नियमित चेकजाँच गरेको छ । एकसातामै सो रुटमा सञ्चालन भएका दुईसयभन्दा धेरै टिपर तथा ट्रकबाट तीन सयभन्दा धेरै प्रेसर हर्न बजाउने सोली बरामत गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो ।
‘प्रेसर हर्न र ओभर स्पिड रोक्न हामीले थालेको प्रयासमा स्थानीय जनताले पनि निक्कै साथ दिनुभएको छ उहाँले भन्नुभयो काठमाडौंबाट काभ्रे, सिन्धुपाल्चोकसम्म पुग्ने रुटमा धेरै भाडा लिएको गुनासो आएपछि अनुशन्धान गर्दा १२ वटा सवारी साधनलाई कारवाही गरिएको र यात्रुहरुको पैसा फिर्ता गरिएको उहाँले बताउनुभयो ।





error: Content is protected !!