मासिक दुईलाख आम्दानी, छ जनालाई रोजगारी, आफ्नै डेरी

कावासोती , ‘श्रीमानले सरकारी जागीर खाएको छ । तैँले किनयति दुःख गरेको रु श्रीमानले कमाएर ल्याउँछन् मज्जाले बसेरै खाए हुन्न छरछिमेकी र दौँतरीले कुनै समय यस्तै भन्थेँ तर, अहिले समय फेरिएको छ । ‘महिला भएर पनि यत्रो फर्म सञ्चालन गर्नुभएको छ , कति मिहिनेत गर्नुभएको , कस्तो राम्रो काम गर्नुभएको । ’ हिजोआज फर्ममा पुग्नेहरुले यहि भन्छन् पार्वती महासेठलाई ।

नवलपरासी पूर्व (नवलपुरको ) बिनयी त्रिवेणी गाउपालिका दुई ज्यामिरेमा पार्वती महासेठको ठूलो गाई फर्म छ । २०६७ सालमा एउटा गाईबाट सुरु गरेको फर्ममा अहिले ५० वटा गाई छन् । पार्वती डेरी फार्म नामबाट उहाँले फार्म संचालन गर्नुभएको छ । गाईपालन गर्ने सोचले १० वर्ष अघि ३५ हजारमा क्रस जर्सी जातको एउटा गाई किनेर शुरु गर्नु भएको महासेठको गोठमा अहिले जर्सी होलिस्टन र क्रस गरी ५० वटा गाई छन् । उहाँ अहिले गाउँकै उदाहरण बन्न सफल हुनुभएको छ ।

पार्वतीले पशुपालन सुरु गर्दा आजको अवस्थासम्म आईपुगिन्छ भन्ने कल्पना समेत गर्नुभएको थिएन तर , अहिले उहाँ पशुपालनमा मात्रै होईन आफ्नै डेरी समेत सञ्चालन गर्न सफल हुनुभएको छ ।
आफूले उत्पादन गरेको दूध आफ्नै डेरीबाट बिक्री वितरण गर्नुहुन्छ । सुरुका दिनमा श्रीमान र बालबच्चा मिलेर गोठको काम गर्ने गरेको अनुभव सुनाउदै पार्वतीले भन्नुभयो । ‘अहिले त फर्ममा छ जना कामदार छन् ।

कामदारलाई अराई सिकाई गर्छु । आफुले पनि गोठको काम गर्छु । बिहान ५;०० बजे उठेपछि राति नसुत्दासम्म व्यस्त हुन्छु । अनावश्यक रुपमा हिँड्ने फुर्सदै हँुदैन । मलाई त गाईको काम गर्न खुशी लाग्छ । यिनैसँग मलाई रमाईलो लाग्छ । ’
अहिले करीब तिन सय लिटर दूध उत्पादन हुँदै आएको उहाँले बताउनुभयो । गाईका लागि आवश्यक सबै खर्च कटाएर , छ जनाको परिवार पालेर , ६ जना कामदारको पारिश्रमिक कटाएर पनि अहिले मासिक दुई लाख रुपैँया खुद नाफा हुने गरेको उहाँ बताउनुहुन्छ । ‘अहिले त सबै गाईले दूध दिदैनन् । सबैले दिँदा करीब पाँच सय लिटर दुध उत्पादन हुन्छ । दिनको पाँच सय लिटर दूध बेच्दा करीब चार लाख सम्म पनि नाफा हुन्छ । ’

पार्वतीका श्रीमान रामदेव महासेठ बिनयी त्रिवेणी गाउपालिकामा पशु विकास अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ । पशुपालनका बारेमा रामदेव आफैले धेरै कुरा जानेको र बुझेका कारण पशुपालनबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उहाँलाई थाहा थियो ।

रामदेवकै प्रेरणाका कारण पार्वतीलाई गाई पालन गर्ने आँट आयो । सरकारी जागीरे भएका कारण रामदेवले पूरा समय गाई फार्मलाई दिन सक्नुहुन्न । त्यसैले पनि गाई फार्मको सबै जिम्मेवारी पार्वतीले उठाउनुभएको छ । गाईका लागि आवश्यक चाँजोपाँजो मिलाउने, कामदारको व्यवस्थापन , घाँस खेति , आर्थिक कृयाकलाप सबै पार्वतीले हेर्दै आउनुभएको छ ।

उहाँका श्रीमान रामदेवले पनि कार्यालय जान अघिबिहानको समय र कार्यालयबाट फर्किएपछि साँझको समयमा गोठको काममा सहयोग गर्नुहुन्छ । पशु अधिकृत भएका कारण गाई बिरामी परे वा अन्य कुनै समस्या भएमा उहाँ आफैले हेर्नुहुन्छ ।
उहाँले आफ्नै दुई विघा १० बठ्ठा क्षेत्रफलमा फार्मका लागि आवश्यक संरचना निर्माण गर्नुभएको छ । भने , पाँच विघा क्षेत्रफलमा घाँस खेति गर्नुभएको छ । सिजनल अनुसारको जई , वर्सिम , हिँउदे, वर्षे, डाले घाँस ,बहुवर्षै मोलाटो , सेक्टेरिया , नेपिएर, सुपर नेपिएर लगायतका उन्नत र पोसिलो जातका घाँस खेती गरेको उहाँले बताउनुभयो ।
हरियो घाँसको अभाव भएका वेलामा पशुलाई खुवाउने टि।एम।आर। दाना समेत आफै बनाउने गरेको उहाँले बताउनुभयो । टि।एम।आर। दाना सबै चिज मिसाएर बनाएको दाना हो । वर्षाको समयमा बढि घाँस भएका वेला घाँस काटेर पलाष्टिकको पोकामा गुन्द्रुक बनाई राखेर सानो सानो बनाई काटेर त्यसमा मकैको च्याँख्ला , ढुटो , पिना र नुन मिसाएर ख्वाएमा हरियो खाँसको पूर्ती गर्न सकिने उहाँको भनाई छ । यो दाना पोषिलो हुने भएकाले दूध उत्पादनमा बृद्धि संगै दूधको गुणस्तर समेत राम्रो हुने उहाँ बताउनुहुन्छ ।

पशुपालनका लागि नवलपुर क्षेत्र निकै राम्रो रहेको रामदेव बनाउनुहुन्छ । तर, पशुपालनका लागि मुख्य चुनौती र समस्या भनेको थारो पशुको व्यवस्थापन र कुनै रोग देखिएमा परिक्षण गर्न पायक पर्ने ठाउँमा प्रयोगशाला नहँुदा काठमाडांैमा पठाउनुपर्दा लामो समय लाग्ने गरेको उहाँले बताउनुभयो । पशु अधिकृतका रुपमा काम गरेको अनुभवले समेत उहाँले जिल्लामा नै प्रयोगशाला आवश्यक रहेको बताउनुहुन्छ । ‘नवलपुरमा पशुपालन गर्ने कृषकको संख्या धेरै छ । सम्भावना पनि भएको ठाउँ हो । केहि रोग देखिए परिक्षणको नतिजा लामो समयसम्म कुर्नुपर्दा किसानलाई मर्का परिरहेको छ । यो कुरा सम्बन्धित निकायले सुनोस् । ’ रामदेवले भन्नुभयो ।

 





error: Content is protected !!