किसानलाई धान भित्र्याउन भ्याइ नभ्याइ

धनगढी, कैलालीका किसान धान भित्र्याउने कार्यमा व्यस्त भएका छन् । मनसुन निस्क्रिय भएसँंगै किसानलाई धान भित्र्याउन भ्याइ नभभ्याइ भएको हो । कैलाली जिल्ला धान उत्पादनको लागि उर्वर मानिन्छ । मुख्य बालीको रुपमा धान खेती गर्दै आएका किसानले असोजको पहिलो साताबाटै धान भित्र्याउन थालेका छन् ।

अहिले हामीलाई पटक्कै फुर्सद् छैन । धनगढी उपमहानगरपालिका–८ का कृषक चरन रानाले भन्नुभयो । विहानैदेखि धान काट्ने कार्यमा व्यस्त भएका छौं । सबै खेतमा धान पाकिसकेकाले भित्र्याउनका लागि भ्याइनभ्याइ भइरहेको उहाँले उल्लेख गर्नुभयो ।जिल्लामा कतिपय किसानले परम्परागत तरिकाले धान काट्ने काम गरिरहेका छन् ।

परम्परागत रुपमा हातले धान काट्दा समय लाग्ने गर्दछ । तर, कतिपय किसानले भने आधुनिक यन्त्र ढरिपरण ले धान काट्ने कार्य गरिरहेका छन् । आधुनिक यन्त्र उपकरणले धान काट्दा छिटोछरितो हुने भएकाले यन्त्र प्रयोग गर्ने कतिपय किसानले धान भित्र्याइसकेका छन् । रिपरले छोटो समयमा धेरै धान काट्न सकिन्छ ।
आधुनिक उपकरणले एक दिनमै धान काटेर भित्र्याइ सकेको भजनी नगरपालिका–२ मोहनपुरका कृषक गङ्गाराम चौधरीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र धनगढीका अनुसार कैलालीमा यसवर्ष ७१ लाख ७१५ हेक्टर जमिनमा धान खेती गरिएको छ । यो जिल्लाको धान उत्पादकत्व ४.५ प्रतिशत रहेको छ । गत वर्ष कैलालीमा तीन लाख २२ हजार ६९५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यो वर्ष पनि गतवर्षकै हाराहारीमा धान उत्पादन हुने अनुमान गरेको कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्रराज शर्माले बताउनुभयो । समग्रमा धान उत्पादन राम्रो छ उहाँले भन्नुभयो । दुई चार प्रतिशत तलमाथि हुन सक्छ हैन भने गतवर्षकै हाराहारीमा उत्पादन हुने हाम्रो अनुमान छ ।





error: Content is protected !!