हामीले के सिकायौँ र सन्तानलाई ?

यो संस्कारलाई बदल्ने ग्रामीण विकास र स्वदेश बनाउने शिक्षाको विकासमा देश र सरोकारको ध्यान जानु अत्यावश्यक छ ।

एक दिन एक जना दाइले घरमै आएर भन्नुभयो, “सर ? तपाईंहरूले त हाम्रा छोराछोरीहरूलाई बर्बाद नै पारिदिनुभएछ नि । केके न गर्लान् छोराछोरीले भनेको, बेकार भयो । आफूले भने पढ्न नसकेर दुःख पाएको भनेको त पढ्नेहरूले झनै दुःख पाउने छाँट देखियो । बिहान, दिउँसो, बेलुका जहिल्यै स्कुल पठाएकै हो । तर खै रु” मेरो सातो गयो । “तपाईंहरूले हाम्रा छोराछोरीहरूको जिन्दगी बर्बाद बनाइदिनुभयो ।”
“बर्बाद रु स्कुलले रु हामीहरूले रु” मेरो बोल्ने आँट नै आएन । मनमनै सोचें, पक्कै पनि स्कुल बन्द भएर, पढाइ बन्द भएर होला । केटाकेटीले पढ्न पाएनन्, त्यही भएर बर्बाद भनेका होलान् । फेरि हामी शिक्षकले बन्द गरेका पनि त होइनौँ । यो त परिस्थितिको उपज नै हो । तमाम केटाकेटीहरूको सुरक्षाका लागि पनि हो । सरकारले नै बन्दको आह्वान गरेको हो, त्यसमा त हाम्रो के दोष र रु मनमा एकैपटक यति धेरै कुरा सोचें ।
एकछिनपछि मैले सोधें, “दाइ १ हामीले कसरी बर्बाद बनाइदियौँ र तपाईंका छोराछोरीहरूको जिन्दगीलाई रु त्यस्तो ठूलै गल्ती भयो होलाजस्तो त लाग्दैन । फेरि तपाईंका छोराछोरीहरू राम्रै पढ्ने विद्यार्थीहरू हुन् । के भयो त्यस्तो भन्नुस् न ।”
“के भनूँ र खै रु आज पाँच महिना भयो छोराछोरी घर बसेका । यो गर न भन्यो जान्दिनँ, त्यो गर न, त्यो पनि जान्दिनँ । खाना बनाऊ, जान्दिनँ । मकै भुट, जान्दिनँ । खेत खन्न जाऊ, त्यो त झनै गर्नै हुन्न रे । माटो, हिलोमा खेल्ने काम त सानो मान्छेको काम रे । इज्जत जान्छ रे । बल्लतल्ल घाँस काट्न गए भने पनि हात काटेर आउँछन् । बुन्ने, तुन्नेको त कुरै छोडौं । गोठमा गयो भने गोबर लाग्छ रे । दूधचाहिँ फेरि साह्रै मीठो हुन्छ रे । सेलरोटी बनाउन जान्दिनँ रे । चामल केलाउन आउँदै आउँदैन रे । दाउरा चिर्न जानेकै छैन । मोही पार्न जानेकै छैन । जंगलतिरको काम त कुरै भएन । बनीबुतो त झनै जुम्राको कल्चौडो देखेंजस्तै हो । छिमेकमा ऐँचोपैंचो गर्नै हुन्न रे । हो, यही भएर सोधेको मैले— के सिके स्कुलमा हाम्रा छोराछोरीले भनेर । के यी कुराचाहिँ सिक्नै नपर्ने हो रु यो चाहिँ नचाहिने काम हुन् र जीवनमा सर रु यही भएर भनेको मैले जीवन बर्बाद गरिदिनुभयो भनेर ।”
म अक्क न बक्क भएँ, टोलाइरहें । “हजुरको कुराले मन छोयो दाइ मेरो,” बस्, यति उत्तर दिएँ । उत्तर ठीक दिएँ कि दिइनँ, त्यो त मलाई नै थाहा भएन । त्यसपछि उहाँले आफ्नो कथा बताउनुभयो । अगाडि भन्नुभयो, “एक दिन साह्रै रिस नै उठ्यो । खाना खाएपछि छोराछोरीलाई बोलाएँ । बिस्तारै सोधें, तिमीहरू के गरेर खान्छौ, केही पनि जान्दैनौ त । के पढ्यौ त अहिलेसम्म भनेर सोधेको त, बुवा १ नेपालमा काम नपाए विदेश जाने हो । हाम्रो टेन्सन नलिनुस् रे ।”
अनि मैले फेरि सोधें, “यस्तै सीपले विदेशमा गएर चाहिँ के गरेर खाने हो नि रु”
“विदेशमा त जे–जे गरे पनि भयो नि । कसैले देख्ने होइन, केको मतलब भयो र रु”
“धिक्कार १ म चुपचाप लागेँ, केही बोलिनँ । यही कुराले पेट पोलेर आएको तपाईंलाई भेट्न भनेर सर,” उनी अगाडि भन्दै थिए— कमसेकम तपाईंहरूले विद्यार्थीहरूलाई उनीहरूका आमाबाबाको पसिना र सीपका बारेमा पनि पढाइदिएको भए हुन्थ्यो होला नि है ।
टन्टलापुर घाम र मुसलधारे पानीका बारेमा पनि त पढाइदिएको भए हुन्थ्यो होला नि । श्रमप्रतिको सम्मान र महत्व पनि सिकाइदिएको भए राम्रै हुन्थ्यो होला नि त सर ।
अर्काको बारीको काउलीभन्दा आफ्नो बारीको गुन्द्रुकको स्वाद धेरै मीठो हुन्छ भनेर पढाइदिएको भए कति जाती हुन्थ्यो होला । आखिर जति नै सुकिलोमुकिलो, धनी, सम्पन्न, शक्तिशाली भए पनि आफूभन्दा बलियोका अगाडि केही लाग्दो रहेनछ । रोग, व्याधि, महामारी सबैतिर भइहाल्दो रहेछ त । जेजे गरे पनि जहाँ–जहाँ बसे पनि जस्तालाई पनि अन्नै ठूलो हो भनेर पनि पढाइदिनुस् न सर अबदेखि है ।
यी हेर्नुहोस त सर, अहिले यत्रो महामारी छ संसारमा । विदेश हुनेलाई पनि कति आपत्विपद् होला । यस्तो बेलामा त देशै राम्रो होइन र रु हो, यस्तो पनि पढाइ दिनुप(यो भन्या । बुझ्नुभो रु अनि यस्तै–यस्तै पढाउने किताबचाहिँ हुन्न कि के हो सर रु
म अनुत्तरित भएँ । अहो, कस्तो विडम्बना रु स्कुल बन्द भएर बर्बाद भयो भनेको त खुलेर पनि त बर्बाद हुँदो रहेछ । मैले पढ्ने विद्यार्थी, राम्रा विद्यार्थी भनेर तारिफ गरेको त वास्तविकतामा राम्रा हुन् कि होइनन् भनेर छुट्ट्याउनै पो गाह्रो भयो मलाई । मलाई पनि भान भयो— आखिर स्वाधीनता र स्वदेशको पहिचान कति निरीह भएको रहेछ । दाइको कुराअनुसार उहाँका छोराछोरी किताबमा जति नै राम्रा भए पनि व्यवहारमा त साँच्चै असफल पो रहेछन् । त्यसो भए सबै उस्तै हुन् त रु फेरि एक मनले सोच्यो— तर, स्कुलले विद्यार्थीको जीवनलाई कसरी बर्बाद बनाउँछ र रु तर, फेरि के–कस्तो शिक्षा दिने भनेर बुझ्न सकेनौं भने त बर्बाद बनाउने त रहेछ नि । किताबी कीरो बनाएर शिक्षा दिनुको के तुक भयो र रु तर, जीवन जिउने सबै कुरा त दिन नसकिएकै रहेछ । परजीवी बनाएर प्रमाणपत्र मात्रै दिइएको भान भयो ।
किताब त जान्नैपर्छ, तर जीवन पनि त पढाउनुपर्छ नि । हो, म पूर्ण सहमत भएँ उहाँको कुरामा । अहिले स्कुलको सिकाइ बन्द भए पनि जीवनका लागि अमूल्य सिकाइ सिक्ने थुप्रै क्षेत्र रहेछन् त । खेत बाँझो हुँदा चिन्ता नगर्नेले बुझ्नुपर्ने पनि त रहेछ— विदेश बन्द भए पनि स्वदेश त खुलै छ नि । विदेश भयावह भए पनि स्वदेशमा सुरक्षा त रहेछ । सहर बन्द भए पनि गाउँको खेतबारी त खुलै रहेछन् नि । प्रकृतिसँग रमाउने कृषि विकासमा आत्मनिर्भरताको सार रहेछ । शिक्षा र जीवनको आधार पनि त छ । स्वाभिमान बिर्सने नवपुस्तासँग देश निर्माणको अपेक्षा कसरी गर्ने रु म आफैँसँग निरुत्तरित भएँ । अब त यो देशले पनि कृष्ण दाइले जस्तै हाम्रा छोराछोरीहरूलाई स्कुले शिक्षाबाहेक अरू जीवनोपयोगी शिक्षा दिने कुरामा पो ध्यान दिनु उपयुक्त छ त ।
मलाई घत लाग्यो । अहिलेको समयमा छोराछोरीहरू सुरक्षित भए पनि सीपयुक्त सन्तान नबन्दाको पीडा अभिभावकमा हुने रहेछ । हो, आखिर स्कुल पो बन्द भएको हो त, तर के सिकाइ पनि बन्द हुने हो र रु सिकाइ मात्र होइन, अझ सीपयुक्त सिकाइको अभाव रहँदा हामी परनिर्भताको पराकाष्ठामा बाँचिरहेका रहेछौँ । यो संस्कारलाई बदल्ने ग्रामीण विकास र स्वदेश बनाउने शिक्षाको विकासमा देश र सरोकारको ध्यान जानु अत्यावश्यक छ ।

टंक सिलवाल





error: Content is protected !!