सुगा जापानको भावी प्रधानमन्त्री, एलडिपी पार्टी अध्यक्षमा बिजयी

गोकर्ण अधिकारी
टोकियो, जापान (जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी एलडिपीको अध्यक्षमा योशिहिदे सुगा निर्वाचीत भएका छन् । पार्टी अध्यक्ष बिजयी भएसँगै सुगा जापानको प्रधानमन्त्री बन्ने पक्का भएको छ ।एलडिपीको पार्टी अध्यक्षले नै सरकारको नेतृत्व गर्ने नियमानुसार सुगाले प्रधानमन्त्री आबे शिन्जोलाई प्रतिस्थापन गर्ने भएका हुन् ।
हाल आबे नेतृत्वको सरकारमा मन्त्रीपरिषद मुख्य सचिव रहेका सुगा सोमबार भएको पार्टी अध्यक्ष निर्वाचनमा बिजयी भएका हुन् ।

जापानको भावी प्रधानमन्त्री दौडको रुपमा भएको एलडिपीको नेतृत्वमा
सुगासँगै सिगेरु ईशिबा र फुमिओ किशिदाले उम्मेद्दारी दिएका थिए ।सेप्टेम्बर १४ तारिख भएको पार्टिको निर्वाचनमा सुगाले दुई प्रतिस्पर्धी
फुमिओ किशिदा र शिगेरु ईशिबाको भन्दा दोब्बर बढी मत ल्याएर बिजयी भएका छन् ।
सुगाले ३ सय ७७ मत पाउँदा किशिदाले ८९ र ईशिबाले मात्र ६८ मत पाएको सोमबार साँझ सार्वजनिक मत परिणाममा उल्लेख छ ।संसदको दुवै सदनमा प्रतिनिधित्व गर्ने एलडीपी सांसदहरुको मतबाट सुगाले आफ्ना दुई प्रतिद्धन्द्धी पूर्व रक्षा मन्त्री शिगेरु इशिबा र पुर्व
विदेश मन्त्री किशिदामाथी सहजै जित निकालेका हुन् ।
एलडीपी पार्टी भित्र आबे समर्थक अधिकाशं समूहले सुगालाई समर्थन गरेपछि सुगाले नेतृत्वमा बाजी मारेका हुन् ।प्रधानमन्त्री आबे शिन्जोले अगष्ट २८ तारिख स्वास्थ्य समस्याको कारण
जनाउँदै पदबाट राजिनामा घोषणा गरेपछि सत्ताधारी दलले नयाँ नेता चुनेको हो।

बुधवार जापानी संसदमा दुवै सदनको विशेष बैठक डाएिको छ । अब सोही बैठकले औपचारिक रुपमा सुगालाई जापानको प्रधानमन्त्रीको रुपमा चयन गर्नेछ ।
संसदमा सत्ताधारी कोमेईतो पार्टी सहितको गठबन्धनको स्पष्ट बहुमत रहेको छ। यस आधारमा सुगा जापानको भावी प्रधानमन्त्रीमा सहजै निर्वाचीत हुने भएका छन् ।

बुधवारको संसदिय प्रक्रियापछि ७१ बर्षिय किसान परिवारको पृष्ठभुमी रहेका सुगाले जापानको ९९ सयौं प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नेछन् ।

कोरोना भाइरस महामारी, आर्थिक मन्दि लगायत घरेलु विषम परिस्थिति सहित अमेरिका चिनबिच बढ्दो असमझदारीले जापानलाई पार्दै लगेको असरबाट पार लगाउनु सुगाका सामु चुनौतिका रुपमा रहेकाछन् ।
छिमेकी दुई कोरिया र रसियासँगको सैन्य सहित अन्य विग्रंदो सम्वन्धलाई सुधार गर्दै आन्तरिक अवस्था बलियो बनाउनुपर्ने ईतिहाँसकै कठिन समयमा सुगाले यसैसाता जापानको ईतिहाँसमै सबैभन्दा लामो समय प्रधानमन्त्री पद सम्हालेका शिन्जो आबेलाई बिदाई गर्दै उनैले अंगालेको नीतिलाई अघि बढाउनेछन् ।





error: Content is protected !!