पहिरोमा पुरिएर मृत्यु भएका सातको सनाखत

सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्कमा बेपत्ता भई मृत्यु हुनेहरुको सनाखत भएको छ ।

पहिरोमा परेर बाह्रविसे नगरपालिका ७ की बृद्धा भक्तिमाया श्रेष्ठ, जुनु बिक, शुकलाल बिक, सन्देश बिक, सर्किनी नेवार, धनलाल नेवार र ट्रयाक्सी शेर्पाको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक(डिएसपीं) प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

पहिरोमा अझै २४ जना बेपत्ता भएका छन् । पहिरोले भीरखर्क र नागपुजेका गरि १८ घर बगाएको छ । बेपत्ताहरुको शसस्त्र प्रहरी, जनपथ प्रहरी, सेना र स्थानीयले खोजी कार्य तिब्र राखेका छन् ।





error: Content is protected !!