जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि तानसेन नगरपालिका कार्यालय बन्द

पाल्पा / तानसेनका जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । जनप्रतिनिधिसहित समुदायमा संक्रमण बढेपछि कार्यालय बन्द गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सूचना प्रकाशन गरेर नगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने जनाएको हो ।

कार्यालयहरु अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि बन्द रहने प्रवक्ता दामोदरप्रसाद घिमिरेले जानकारी दिए । उनले अत्यावश्यक कामबाहेक अन्य सबै सेवा बन्द गरिएको बताए ।

वडा अध्यक्ष, वडा सदस्यसहित चारजना जनप्रतिनिधिलाइ कोरोनाको संक्रमण रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।





error: Content is protected !!