रामपुरको टुनिभज्याङ्गमा मिनिट्रक दुर्घटनामा एकको मृत्यु

सुशीला रेग्मी

रामपुर (पाल्पा), १८ भदौ ः रामपुर नगरपालिका वडा नं ४ स्थित टुनीभन्ज्याङ्गमा मिनिट्रक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

सर्लाही जिल्ला बागमती नगरपालिका वडा नं ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराजको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।

आज बिहान करिव ११ः०० वजेको समयमा बुटवलबाट कालीगण्डकी करिडोरका लागि तार जाली सहितको सामान लिएर रामपुर आउँदै गरेको बागमती प्रदेश—०३—००१—००७१ नम्बरको मिनिट्रक दुर्घटना भएको हो ।

चालक भने फरार रहेका छन्, उनको खोजी कार्य जारी रहेको छ । चालक सहित तीन जना सवार रहेका थिए । अर्का एक जना भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । ट्रक सडकबाट एक सय ५० मिटर तल खसेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।





error: Content is protected !!