बाढी पहिरो प्रभावित गाउँमा खाद्यान्न वितरण जारी

हेमन्त केसी 

जाजरकोट ,  असार २५ गते आएको बाढी , पहिरोबाट क्षत, विच्छेद भएको बारेकोट गाउँपालिकामा विश्व खाद्य कार्यक्रमले राहत वितरण सुरु गरेको छ ।


१ हजार २०२ जना पीडित भएकोमा विश्व खाद्य कार्यक्रमले ७७४ परिवारलाई मात्र राहत वितरण गरिरहेको छ । उच्च जोखिममा रहेका परिवारलाइ मात्र राहत वितरण गरिएको विश्व खाद्य कार्यक्रले जानकारी दिएको छ । गाउँपालिकाको वडा ५, ६ का पीडित परिवारलाइ राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।


सवै भन्दा बढी प्रभावित वडा ४ मा आइतबारबाट राहत वितरण कार्यक्रम सुरु हुने वडाध्यक्ष सिर्जना बस्नेतले जानकारी दिनुभयो । ४४१ घर परिवारलाइ राहत वितरण कार्य सम्पन्न भएको र बाँकी वडा ४ का ३३३ परिवारलाइ आज वितरण गर्न लागिएको छ । ३० केजी चामल , ९ किलो दाल , २.५ लिटर तेल , १ केजी नुन वितरण गरिएको छ । सुत्केरी तथा गर्भवतीलाई ( ६ देखि २३ महीना) ६ केजी पोषिलो सर्वत्तम पिठो वितरण गरिएको छ ।


त्यस्तै ७७४ परिवारलाइ यो भन्दा अघि विस्कुट समेत वितरण गरिएको थियो । सवै परिवारलाइ राहत वितरण गर्नुको ठाउँमा कसैलाइ दिने , कसैलाइ नदिने तरिकाले हाम्रो मन दुखेको बारेकोट गाउँपालिका –५ का जनकबहादुर शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले राहत वितरण र विवरण बनाउदा पक्षपात गरेको उहाँको आरोप छ ।
सानो परिवारलाइ पनि सोही ३० केजी चामल र ठुलो परिवारलाइ पनि सोही परिमाणको खाद्यान्न दिदा कत्तै अपुग , कत्तै राहत राहत भएको सर्वसाधारणहरुको भनाइ छ । बाढी पहिरो गएको झण्डै ५३ दिन सम्म राहत वितरण कार्य सम्पन्न भएको छैन ।
त्यस्तै पत्रकार बीरबहादुर गिरी संयोजकत्वको टोलीले समेत १७६ घरपरिवारलाइ राहत वितरण गरेको छ । यूवा संघ नेपालले पनि राहत वितरण गरेको जनाएको छ ।


सडक निर्माण कार्य सूचारु भएन्
बारेकोटमा खाद्यान्न ढुवानीको काम सहज बनाउका लागि कालीमटी देखि बारेकोट सम्मको सडक मर्मत गर्ने भनिएपनि अझै सूचारु भएको छैन ।
नियमित पानी पर्ने क्रम जारी रहेकोले मर्मतमा समस्या भएको नलगाड जलविद्युत आयोजनाका इन्जिनियर पदम थापाले जानकारी दिनुभयो । आयोजनाले खनेको सडक हुँदै बारेकोट सडक जाने भएकाले मर्मतको काम पनि आयोजनाले लिने बताएको छ ।
अन्यलाई सडक मर्मत गर्न लगाएमा डवल पर्ने भएकाले आयोजना आफै निर्माणको लागि तयार भएको हो । सडक मर्मतको काम तोकिएकै मितिमा नहुँदा बाढी , पहिरो प्रभावित बारेकोटमा अहिले खाद्यान्न ढुवानीको काम घोडा, खच्चडमा हुँदै आएको छ ।

सुरक्षित आवास नहुँदा अझै त्रिपालमै

बाढी , पहिरोबाट प्रभावितहरु स्थानीयवासीहरु अझै विद्यालय र त्रिपालमै दिन , रात कटाउन बाध्य भएका छन् । त्रिपालमा किलाकोच गरेर ज्यान बचाउनका लागि बसेको उनीहरुको भनाइ छ । राहतको नाममा सरकारको तर्फबाट केही पनि सहयोग नभएको उनीहरुको गुनासो छ ।

रेडक्रस , पत्रकार , यूवा संघ, विश्व खाद्य कार्यक्रमले मात्र सहयोग गरेको तर स्थानीय सरकारबाट केही सहयोग नपाएको उनीहरुको भनाइ छ । खोलाहरुमा बगाएका काठेपुलहरु समेत निर्माण नहुँदा आवतजावतमा समेत समस्या देखिएको छ ।

   





error: Content is protected !!