चिकित्सकलाई कोरोना देखिएपछि अस्पताल सिल

जाजरकोट , स्वास्थ्य सेवा कार्यालय , जाजरकोटका चिकित्सकहरुलाई कोरोना संक्रमण देखिएपछि अस्पताल बिहीबार देखि सेवा बन्द गर्न लागिएको छ ।

अस्पतालमा कार्यरत चार जना चिकित्सकलाई कोरोना देखिएपछि सवै खालका सेवा बन्द गरी सिल गर्न लागिएको हो । त्यस्तै डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिए लगत्तै अस्पताल सिल गर्ने तयारी भएको हो । एक हप्ताका लागि भेरी नगरपालिका ३–४ मा निषेधाज्ञा जारी गरिएको छ ।

अन्य सेवा लिन आएका सर्वसाधारणलाई कोरोना संक्रमण नहोस भनेर सिल गर्न लागिएको छ । भारी समस्या भएका विरामीलाइ भने उपचार कार्य हुँने छ ।





error: Content is protected !!