नयाँ पत्रिका समाचार प्रभाव ः पहिरो पीडितलाई रकम जुट्दै

जाजरकोट –  गत असार २५ गते आएको पहिरोमा परि ज्यान गुमाएका पीडितहरुको पीडा हेमन्त केसीले लेखेको समाचार नयाँ पत्रिकामा पढेपछि राधा माधव समिति नेपालका अध्यक्ष संगिता दिदीले सहयोग गर्नुभएको छ ।

काठमाडौँबाट पठाएको रु ५१ हजार ६ सय ११ रुपैयाँ आज जाजरकोट सदरमुकाममा एक कार्यक्रमका साथ जाजरकोट राधा समितिका संयोजक नारायणी शाहले सो रकम पीडित सम्म पुर्याउना आग्रह गदै प्रेस संगठन कर्णाली प्रदेशका संयोजक तथा बारेकोट पीडितका लागि राहत संकलन समितिका संयोजक बीरबहादुर गिरी उपलव्ध गराउनुभएको छ ।

सो रकम छिट्टै पीडित सम्मा पुर्याउनका लागि आफू बारेकोट जान लागेको संयोजक गिरीले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!