सरकारलाई पूरा तलव पनि, भ्रष्टाचार पनि ?

काठमाडौं ः साझा पार्टीका संयोजक रवीन्द्र मीश्रले वर्तमान महामारीका बेला पनि सरकार सञ्चालन गर्ने व्यक्तिहरुले राज्यबाट पूरापूर तललभत्ता लिएकोप्रति आपत्ति प्रकट गरेका छन् ।

सरकारमा बस्नेहरुले आफ्नो तलब काट्न नचाहाने तर, श्रमिक र मजदुरहरुको पारिश्रमिक कटौती तर रोजगारी नै गुम्दा पनि कुनै चासो नदेखाएको भन्दै उनले आक्रोश समेत व्यक्त गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्विटरमा ‘हेल्लो सरकार’लाई मेन्सन गर्दै मीश्रले लेखेका छन्, ‘तिमी पूर्ण तलब खाने ९अझ भ्रष्टाचार गर्ने०, श्रमिकहरूको चाहिँ तलब काटिने या जागिर नै जाने रु तिम्रो तलब र सुबिधा काट, तर श्रमिकहरूलाई नमार ।’

नेता तथा मन्त्रीहरु तलबविना पनि वर्षौं बाँच्न सक्ने तर श्रमिकहरु एक दिन पनि बाँच्न नसक्ने भन्दै उनले अगाडि लेखेका छन्, ‘तिमीहरूमध्ये अधिकांश वर्षौं तलबरभत्ताविना बाँच्न सक्छौ, श्रमिकहरू सक्दैनन् । एकपटक तिनको परिवार सम्झ, तिनको बालबच्चा सम्झ ।’

विभिन्न सामाजिक सञ्जालहरुमा ‘सरकार तिम्रो पनि तलबभत्ता घटाउ’ शीर्षमा ट्रोल चलिरहेको छ । सोही ट्रोलको समर्थन गर्दै संयोजक मीश्रले सो कुरा लेखेका हुन् ।

सरकारले आफ्नो तलबभत्ताको ८० प्रतिशत कट्टा गरे श्रमिकप्रति उत्तरदायी र जवाफदेही भएको ठहर्ने ‘ट्रोल’को तर्क छ ।

अझ कम्युनिष्ट पार्टीका नेताहरुको नेतृत्वमा सरकार भएको बेला आम श्रमिक मजदुरहरुले धेरै भन्दा धेरै राहत र अविभावकत्व पाएको महसुस गर्नुपर्ने तर्क समेत गरिएको छ ।





error: Content is protected !!