रामपुर नगरपालिकाको स्तनपान कक्ष उपप्रमुखबाट उद्घाटन

सुशीला रेग्मी
रामपुर (पाल्पा), रामपुर नगरपालिकामा निर्माण भएको स्तनपान कक्ष स्थापना गरिएको छ । नगरपालिका परिषरमा स्थापना भएको स्तनपान कक्षको नगर उपप्रमुख विष्णदेवी घिमिरे आचार्यले एक कार्यक्रमबा बीच उद्घाटन गर्नुभयो । स्तनपान कक्षको उद्घाटन गर्नुहुदै नगर उपप्रमुख आचार्यले बच्चालाई नियमित स्तनपान गराइयो उनीहरुको स्वास्थ्य राम्रो हुने हुदा हरेक अभिभावकले नियमित स्तनपानमा ध्यान दिनुपर्ने बताउनुभयो । स्तनपान गराउदा बच्चाले नमानेको खण्डमा केही बच्चाका आमा रिसाउने झर्कने प्रबृत्ति पनि रहन गएको हुदा बच्चालाई फकाई फुलाई गरेर नियमित स्तनपान गराउन उपप्रमुख आचार्यले अनुरोध गर्नुभयो ।
नगरपालिकाका नर्सिङ्ग अधिकृत पुनम धितालले सहभागीलाई स्वागत गर्दै नियमित स्तनपानको महत्वका सन्दर्भमा जानकारी गराउँदै स्तनपानले आमालाई स्तन क्यान्सर हुनबाट बचाउँने, बच्चाको पहिलो खोप नै आमाको दुध, बच्चा जन्मिसकेपछि सकेसम्म छिटो दुध चुसाउने गर्नुपर्ने बताउनुभयो । हरेक वर्ष अगष्ट १ देखि ७ तारिक सम्म स्तनपान दिवस मनाइने गरिन्छ ।
रामपुर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रम निमिक्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको हो । बेस नेपालका सुआहारा कार्यक्रमका सन्जु परियारले बोल्नुभएको कार्यक्रमको संचालन नगर स्वास्थ्य अधिकृत गिरीराज घिमिरेले गर्नुभएको हो ।










