कोरोनाको प्रभाव विकास निर्माणमा

सुशीला रेग्मी

रामपुर (पाल्पा), १६ साउन ः कोरोनाको कहरले पाल्पाका विकास निर्माणका कार्यमा असर परेको छ । कोरोनाको जोखिम न्युनिकरणका लागि भएको बन्दाबन्दीले विकासे योजना काम हुन नसक्दा कार्य प्रगति कम देखिएको छ । निर्माण सामग्रीको अभाव, कामदारको समस्याले धेरैजसो विकासे योजना सम्पन्न हुन नसक्दा रकम फिर्ता भएको छ ।

जिल्लामा संघिय सरकारबाट संघ अन्तर्गतका कार्यालयका लागि प्राप्त पुजीँगततर्फ रु चार अर्ब ६८ लाख २६ हजार ९९ रकममध्ये रु दुई अर्ब २१ करोड २७ लाख ५४ हजार ४७० मात्र खर्च भएको छ । एक अर्ब ७४ करोड ४७ लाख २८ हजार रकम खर्च नभई फिर्ता भएको छ ।

संघिय सरकारबाट संघ अन्तर्गतका कार्यलयका लागि प्राप्त चालुतर्फ पाँच अर्ब ६४ करोड ५२ लाख ५५ हजार मध्ये पाँच अर्ब ३१ करोड ३१ लाख ७७ हजार खर्च भएको छ भने ३३ करोड २० लाख ७८ हजार ८०५ रकम खर्च हुन नसकी फ्रिज भएर गएको कोष तथा नियन्त्रक कार्यालय पाल्पाका प्रमुख खेमराज घिमिरेले जानकारी दिनुभयो ।

प्रदेश सरकारबाट प्राप्त चालुतर्फ ९९ करोड एक लाख ५४ हजारमध्ये ७० करोड ५४ लाख ४६ हजार खर्च भएको पाइएको छ भने दुई करोड ८४ लाख ७० हजार खर्च हुन नसक्दा रकम फ्रिज भएर गएको छ ।

पुजीँगततर्फ एक अर्ब ७० करोड ९४ लाख ५१ हजारमध्ये एक अर्ब ३३ करोड १० लाख चार हजार खर्च भई ३७ करोड ८४ लाख ४७ हजार फ्रिज भएको छ । संघिय सरकार अन्तर्गत पुजीँगततर्फ ५२.२२ प्रतिशत, चालुतर्फ ९४.१२ प्रतिशत बित्तिय प्रगति भएको पाइएको छ ।

कोरनाको कहरका कारण जिल्लामा विभिन्न विकास निर्माणका लागि प्राप्त भएका विकासे वजेट काम हुन नसक्दा फ्रिज भएर गएको कोष तथा नियन्त्रक कार्यालय पाल्पाका प्रमुख घिमिरेले बताउनुभयो ।

प्रदेश सरकार अन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन कार्यलयलाई चालुतर्फ एक करोड ४२ लाख ४६ हजार रकम निकासा भएको थियो । जसमा एक करोड १८ लाख ७२ हजार खर्च हुदा बित्तिय प्रगति ८३. ३३ रहेको पाइएको छ । पुर्जीगततर्फ भने ७० करोड ८५ लाख ७४ हजारमध्ये ६४ करोड ४० लाख ५० हजार खर्च भई ९०. ८९ प्रतिशत बित्तिय प्रगति भएको कार्यालयले जनाएको छ ।

संघिय सरकार अन्तर्गत पुल योजना पश्चिम सेक्टरको कार्यालयको चालुतर्फ एक करोड १२ लाख ३९ हजार मध्ये ७० लाख १३ हजार रकम खर्च भएको छ । जसको बित्तिय प्रगति ६२ प्रतिशत देखिएको छ । पुजीँगततर्फ ४२ करोड ९४ लाख ३५ हजारमध्ये ४० करोड ३६ लाख ३३ हजार रकम खर्च भइ ९३. ९९ प्रतिशत बित्तिय प्रगति भएको छ ।

उत्तर दक्षिण कालिगण्डकी करिडोरका लागि चालुतर्फ एक करोड आठ लाख ७६ हजार प्राप्त रकममध्ये ९० लाख ३६ हजार र पुजीँगततर्फ एक अर्ब ९९ करोड ४९ लाख ५० हजार मध्ये एक अर्ब सात करोड १६ लाख रकम खर्च हुदा बित्तिय प्रगति ५३.७२ प्रतिशत रहेको छ ।

डिभिजन सडक कार्यालयलाई आएको रकम पनि पुरा काम हुन नसक्दा फिर्ता भएको छ । संघिय सरकार अन्तर्गत चालुतर्फ एक करोड ५३ लाख ९० हजार मध्ये एक करोड २२ लाख ५६ हजार मात्र खर्च भएको छ । जसको बित्तिय प्रगति ७९.६४ प्रतिशत रहेको छ ।

पुजीँगततर्फ भने ४६ करोड ८२ लाख २८ हजार रकम प्राप्त भएको थियो । सो रकममध्ये २१ करोड ४० लाख पाँच हजार मात्र खर्च भएको । जसको बित्तिय प्रगति ४५.७० प्रतिशत छ ।

कृषि ज्ञानकेन्द्रले ९९.६१ प्रतिशत, भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको ४४.१०, डिभिजन वन कार्यालयले ९१.०५, डिभिजन सिंचाई कार्यालयको ६१.०५, सडक पुर्वाधार विकास कार्यालयको ६९.३४, भु तथा जलाधार व्यवस्थापन कार्यालयको ८४.३८ प्रतिशत बित्तिय प्रगति भएको पाइएको छ ।

संघिय सरकारको कार्यालयहरु मध्ये सबैभन्दा बढी बित्तिय प्रगति पुल योजना पश्चिम सेक्टर कार्यालयको छ भने कम प्रगति डिभिजन सडक कार्यालयको रहेको छ ।





error: Content is protected !!