कालिकोटमा पहिरोले घर बगाउँदा एकै घरका पाँच जना बेपत्ता

विश्वनाथ सिम्खडा
कालिकोट ः जिल्लाको रास्कोट नगरपालिका(१ लहरेला बडोलतोलामा आएको पहिरोले स्थानीय जयबहादुर शाहीको घर बगाउदा घरमा रहेका पाँच जना वेपत्ता भएका छन । अविरल वर्षाका कारणले हिजो राति घरको माथिवाट आएको पहिरोले घरै बगाएर लगेपछि घरमा सुतिरहेका जयबहादुरका छोराछोरी र श्रीमतिसहित पाँच जना वेपत्ता भएको स्थानीय कालिविक्रम शाहीले बताए ।

अहिले वेपत्ताको खोजी कार्यका लागि प्रहरी प्रशासन, नगरपालिका, स्थानीयलगायतले खोजिकार्य गरिरहेका छन् । यस्तै वर्षाले जिल्लाको नरहरिनाथ गाँउपालिका खुलालुमा पनि पहिरोमा परि थप एकजना वेपत्ता भएका छन । उनको पनि खोजिकार्य भरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ





error: Content is protected !!