वनमन्त्री बस्नेत भनाई सहित – कुसुमवास्ति घटना गोठलाई घर भनेर अतिरन्जित गरियो, चितवन राष्ट्रिय निकुञ्ज (तस्बिरहरु हेर्नुहोस्)

अपिल घिमिरे ,चितवन ,गएको शनिवार साउन ३ गते माडी नगरपालिका ९ कुसुमवस्तिका चेपांगहरुको घरमा आगो लगाइएको भनिएको समाचार झुठो रहेको चितवन राष्ट्रिय निकुञ्जले दाबि गरेको छ। जलाइएको घर नभई गाइवस्तु बाध्ने गोठ नै भएको र भत्काइएको घर भनिएको घर नभई जंगली जनावर कुर्न बनाइएको मचान रहेको निकुञ्जले बताएको छ। जलेको गोठको तस्वीरलाई घर भनेर गलत समाचार फैलाउने काम विभिन्न पत्रिकाहरुले गरेको निकुञ्जको आरोप छ। काजिमान चेपांगको गाइ वस्तु बाँध्ने गोठलाई घर भनेर प्रचार गरियो यो सरासर झुठ हो। उनको घर अहिले पनि सुरक्षित छ, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले पुष्टि गर्दै भनेका छन्। निकुञ्जको अतिक्रमित क्षेत्रलाई जोगाउने प्रयास स्वरुप वस्ती लाइ त्यस ठाउँ बाट सार्न खोजिएको हो। धेरै जसो सुकुम्वासीहरु अन्यत्र सरिसकेको र केहिले जग्गा कब्जा गर्ने मनासायले पून आउन थालेको कारण सामान्य कदम चालिएको अधिकृत रुपाखेतीले बताएकाछन्।

कुसुमखोला इलाका (धुपखोला क्षेत्र) मा अतिक्रमण नियन्त्रणको लागि हात्ती परीचालन हुनुअघिको तस्बीर

काजीमानको गोठ (बायाँ ) हाल जलेको, काजिमानको घर हाल सुरक्षित (बिचमा ठुलो)

पत्रपत्रिकामा जलाईएको भनि प्रचार गरिएको घर (घटना अघि)

पत्रपत्रिकमा जलेको भनिएतापनि घटनापछि सोहि घर (हाल पनि सुरक्षित)

दोहोरो उपयोगका कारण जलाईएको काजिमानको गोठ (घटना अघि)

दोहोरो उपयोगका कारण जलाईएको काजिमानको गोठ (घटना पछी) ,यस गोठलाई नै घर भनि नागरिकता र पैसा जलाएको भनि अतिरञ्जित गरिएको

सिमलको रुख नजिकको मकै कुर्न राखिएको छाप्रो (मूल घर स्थानान्तरण भैसकेको)घटना अघिको तस्बीर

सोहि मकै कुर्ने छाप्रो घटना पश्चात

हात्ती लगाएर नास गरिएका मकै बारी ,भत्काईएको मचान
यस अपरेशनका क्रममा जम्मा २ वटा गोठ तथा छाप्रोमा आगजनि देखिएको र यिनै दुवैलाई घर भनि अतिरञ्जित गरिएको ।घरबासबिहिन भनी पत्रपत्रिकामा चर्चामा आएका व्यक्तिहरुको त्यस स्थानमा हालसमेत अन्न्नपात र घरहरु पूर्णरुपमा सुरक्षित रहेको ।


तस्बिर २ मा परिवार सगैँ काजिमान प्रजा र जलेको गोठ देखाउदै उनै काजिमान प्रजा घटनमा पछि

बिभिन्न मिडियामा समाचार आएपछि वनमन्त्री बस्नेत यसो भन्छन् ।

यहि श्रावण २ गते चितवन माडी नपा काे कुसुमखाेला क्षेत्रमा भएकाे घट्ना सम्बन्धमा हिजाे कानुन तथा मानवअधिकार समितिमा भएकाे छलफलका क्रममा उठेका विषय सन्दर्भकाे अंशलाई लिएर कतिपय सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा अाएका समाचार र प्रतिक्रिया हेर्दा अाश्चर्य लागेकाे छ।


हिजाे छलफलकाे क्रममा घर र गाेठकाे सन्दर्भमा मैले भनेकाे कुरा याे थियाे कि ” चेपाङ्ग बस्ति मा काजिमान प्रजाकाे परिवार बस्ने घर भन्दा अलग्गै रहेकाे निजकै गाेठमा अागजनि भएकाे र मकै हेर्नका लागि बनाएका अन्य केहि ब्यक्तिकाे मचानहरु समेत भत्काएकाे भन्ने प्रारम्भिक रिपाेर्ट मन्त्रालयमा प्राप्त भएकाे छ।घट्ना एवं विषयकाे गंभिरता र संवेदनशिलतालाई ख्याल गरेर मन्त्रालयकाे तर्फबाट तत्काल छानविन समिति बनाई फिल्डमा खटाईएकाे र उहाहरुकाे रिपाेर्ट अाईसके पछि मन्त्रालयकाे समग्र धारणा समितिमा राख्ने कुरा गरेकाे थिए।

” अझ परिस्थितिकाे गंभिरतालाई ध्यान दिदै कानुन तथा मानवधिकार समितिलाई समेत थप अध्ययनकाे लागि टिम पठाउनकाे लागी समेत अनुराेध गरेकाे थिए।परिवर्तित समय र परिस्थितिमा अागजनि र हात्ती काे प्रयाेग उपयुक्त नहुने धारणा पनि ब्यक्त गरेकाे थिए।स्वयं मन्त्रीकै पहलमा मन्त्रालयले छानविन समिति बनाएर पठाएकाे अवस्थामा उक्त रिपाेर्ट नअाउदै मन्त्रीले अाफ्नाे निश्कर्ष प्रस्तुत गर्नु उपयुक्त नहुने कुरालाई ध्यानमा राखेर मेराे ब्यक्तिगत निश्कर्ष र मन्त्रालयकाे धारणा समितिमा प्रस्तुत गरिएकाे थिएन।
अाज मात्र समितीकाे टाेली काठमाण्डाैं फर्किएकाे छ र ,प्रतिवेदनलाई अन्तिम रुप दिने काममा लागिरहेकाे छ।अबकाे २/३ दिन भित्र समितिले प्रतिवेदन पेश गर्नेछ। उक्त प्रतिवेदन सहित विभिन्न क्षेत्रबाट भईरहेकाे अध्ययनकाे निश्कर्षहरुलाई समेत ध्यान दिदै मन्त्रालयले अाधिकारिक धारणा प्रस्तुत गर्नेछ। गल्ति कमजाेरीकाे ढाकछाेप हाेईना उचित कारवाहि गर्न मन्त्रालय सहित सरकार प्रतिवद्ध छ।





error: Content is protected !!