नेकपा स्थायी समिति बैठक ः पाँच एजेन्डा तय, एमसिसी चौथो नम्बरमा


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको स्थायी समिति बैठकमा पाँच एजेन्डा प्रस्ताव गरिएको छ । नेकपाका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अमेरिकी विकास सहयोग (एमसिसी) चौथो नम्बरको एजेन्डाका रूपमा बैठकमा छलफलका लागि प्रस्ताव गरिएको छ ।
त्यस्तै, बैठकमा वर्तमान परिस्थिति र स्थायी समिति बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्तव्य, सरकारको काम र त्यसअन्तर्गत कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी दोस्रो एजेन्डाका रूपमा नेपालको सीमा समस्या र समाधानका सम्बन्धसहित अन्य विषय राखिएका छन् ।
त्यस्तै, तेस्रो एजेन्डाका रूपमा पार्टी एकताका बाँकी कामहरू, चौथो एमसिसी र पाँचौँ विविध रहेका छन् । बैठक बालुवाटारमा अहिले जारी छ ।
गत २९ मंसिरदेखि ६ पुससम्म बसेको चौथो बैठकपछि यो नेकपाको पाँचौँ बैठक हो ।










