बारेकोट गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम पुर्ण पाठ

बारेकोट गाउँपालिकाका अध्यक्ष श्री महेन्द्रबहादुर शाहले गाउँ सभामा प्रस्तुत गर्नु भएको

बारेकोट गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम

बारेकोट गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
लिम्सा, जाजरकोट
६ आषाढ, २०७७
माननीय गाउँसभा सदस्य ज्यूहरू,
१.बारेकोट गाउँपालिकाको समग्र आर्थिक–सामाजिक–सांस्कृतिक रुपान्तरणका लागि आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई गौरव लागेको छ । यस अवसरमा अधिकार प्राप्तिका लागि भएका विभिन्न लोकतान्त्रिक आन्दोलनमा र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गरेका ज्ञात अज्ञात महान शहीदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । यस क्रममा बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धा र आन्दोलनमा स्वाभिमानपूर्वक सहभागी भई योगदान पु¥याउने महान व्यक्तित्वहरुप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।

२.स्थानीय सरकार जनताको नजिकको सरकार भएको कारण यस प्रति जनताका अपेक्षा र आकांक्षाहरु धेरै हुनु स्वाभाविकै हो । केन्द्र सरकार र प्रदेश सरकारको तुलनामा कानूनी, संस्थागत र कार्यगत बन्दोबस्तीको सर्वथा अभाव रहेको अवस्थामा पनि स्थानीय सरकारले आवश्यक नीति तथा कानूनहरुको निर्माण, नीति तथा कार्यक्रमको कार्यान्वयन र बजेटको सञ्चालनमा जनताले अनुभूत हुने गरी प्रगति हासिल गरेको छ भने यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोभिड – १९ को महामारीले मानव समुदाय नै चरम जोखिममा रहेको अवस्था हाम्रा सामु छ । यसबाट हाम्रो गाउँपालिका अछुतो रहन सकेन । जसले गर्दा अब हाम्रा नीति कार्यक्रम तथा बजेट समेत कुनै न कुनै रुपमा कोभिड १९ सँग अन्तरसम्बन्धित हुनु जरुरी र स्वभाविक पनि हो ।
३. कोभिड १९ को सन्दर्भमा राहत, उद्दार र थप उपाचारका लागि आवश्यक परे अन्य शिर्षकका बजेटहरु समेत कटौती गरी कार्यान्वयन गर्न सकिने छ ।

४. बारेकोटको समग्र विकासका लागि नीति, योजना र कार्यक्रम निर्माण गर्दा आवश्यक सूचना, तथ्यांक, अध्ययन, अनुसन्धान अपर्याप्त रहेको सन्दर्भमा यस गाउँपालिकाको आवश्यकता अनुसारको वस्तुगत तथ्याक संकलन, सूक्ष्म अध्ययन, वैज्ञानिक विश्लेषण, समस्या पहिचान, समाधानका उपाय र यसको कार्यान्वयनको खाकाको तयारी प्रारम्भिक कार्य हो । योजनाको प्रभावकारी तथा पारदर्शी कार्यान्वयन, विकासमा गुणस्तरीयता र यसको प्रतिफलको उपयोग समेतमा अत्यन्त मिहिन ढङ्गले विश्लेषण गरी अगाडि बढ्नु पर्ने आवश्यकता छ ।

५. बारेकोटको विकास र समृद्धि भनेको बाटो घाटो, उद्योग धन्दा, कल कारखाना मात्र होइन, हिंसारहित घरपरिवार, विभेदरहित समाज, काम गरेर दुईछाक राम्ररी खान सक्ने अन्नपात, आङ ढाक्न पुग्ने लुगाफाटो, घाम, पानी, शीत, हिँउबाट ओतलाग्ने छानो र राज्यले उपलब्ध गराएको सेवा सुविधा सहजै पाउन सक्ने वातावरण पनि हो। आम बारेकोटबासीको जीवन र परिवेश सुधार गर्न जीवनोपयोगी शिक्षा, सामाजिक सोचर जिम्मेवारीबाट सुसज्जित आत्मनिर्भर व्यक्ति, खुशी परिवार र उत्पादनशील समुदाय निर्माण गर्दै मुलुक र प्रणाली प्रति सम्मान र आदर भाव जागृत गर्न “शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारः यसका लागि पूर्वाधार” मूल नाराका साथ खाना, नाना र छानाको प्रवन्ध गर्ने ध्येयले यो नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

६. समग्र बारकोटको अवस्था, समस्याहरु, विकासको सम्भावना र आवश्यकता मुलुकको अन्य भागका भन्दा नितान्त फरक छन् । यो परिवेशलाई ध्यानमा राखी प्रत्येक बारेकोटवासीका घर–गोठ, चुल्हो–चौको, खेत–बारी, सञ्चो–बिसञ्चो, बालबालिकाको लालन– पालन, पढाई–लेखाई, छोरा सरह छोरी–बुहारीहरुलाई समान व्यवहार, छुवाछुत लगायत सबैखाले विभेदको अन्त्य, युवालाई देशभित्रै रोजगारी, अपाङ्गता भएकाहरुलाई अवसर र ज्येष्ठ नागरिकको आदर सम्मानका विषयमा यो स्थानीय सरकारले मौलिक रुपमा सम्बोधन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

७. स्थानीय सरकारको प्राथमिकतालाई कार्यान्वयन गर्न आवश्यक थप नीतिगत तथा कानूनी व्यवस्था गर्दै लागिनेछ । लागत अनुमान, सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार भएका परियोजनाहरुमा मात्र बजेट विनियोजन गर्ने प्रणालीको विकास गरिनेछ ।

७.१ स्थानीय सरकारले रु. ५ लाख भन्दा बढी लागत अनुमान भएका आयोजनाहरुमा मात्र बजेट विनियोजन गरिनेछ ।
७.२ सालबसाली रुपमा सम्पन्न हुने आयोजनाहरुको हकमा असोजमसान्त भित्र श्रमको सम्मान गर्दै सामाजिक श्रमदानको संस्कृति विकास गर्न प्रदेश सरकारले सञ्चालनमा ल्याएको श्रमदिन अभियानलाई सफल पार्न यस गाउँपालिकाले समेत निरन्तरता दिइनेछ ।

७.ं३ मानव विकास र मानवीय चेतनाको रुपान्तरण गरी जीवनलाई सहज र सकारात्मक रुपमा बुझ्ने, जीवनका उज्याला पक्षहरु देख्न सक्ने र राम्रा कार्यहरुको प्रंशसा गर्ने र अर्काको प्रगतिमा रमाउन सक्ने स्वउत्प्रेरित नागरिक तयार गर्ने तर्फ शिक्षा प्रणालीलाई केन्द्रित गरिनेछ ।

७.४ काम गर्ने उमेर पुगेका व्यक्तिलाई सीप, उद्यमशिलता र सहुलियत पूर्ण ऋण उपलब्ध गराउन आवश्यक पहल गरिनेछ । फर्म दर्ता तथा स्थायी लेखा नम्बर प्राप्त गर्न सहजीकरण गरिनेछ ।
७.५ प्रदेश समन्वय परिषद्को पहिलो र दोश्रो बैठकबाट निर्णय भएका साझा प्रतिबद्धतालाई प्राथमिकताका साथ कार्यान्वयन गर्न प्रदेश सरकारलाई सहयोग गर्ने नीति लिईनेछ ।

७.६ प्रदेश र स्थानीय तह बीच दोहोरोपना नहुनेगरी आपसी समन्वय र साझेदारीमा आयोजनाहरु सञ्चालन गरिनेछ ।
८. आर्थिक विकास ः
सिँचाइका श्रोतहरुको पहिचान गरी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउन सिँचाइ प्रणालीको विकास गरी कृषि उत्पादन कार्यलाई प्राथमिकताका दिइनेछ ।

८.१ जलउत्पन्न प्रकोपलाई न्यूनीकरण गर्न नदी, जोखिमयुक्त जलाशय, नदी तथा पहिरो नियन्त्रणका लागि प्रभावकारी योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

९. गुणस्तरीय कृषि उत्पादन, उचित प्रशोधन, भण्डारण तथा बजारीकरण, वितरणमा सहजीकरण र नियमन गरी खाद्य तथा पोषण सुरक्षाको लागि सरकारी, निजी, सहकारी र समुदायको साझेदारीमा कृषिमा आधुनिकीकरण, व्यावसायिकरण, यान्त्रिकीकरण, विविधीकरण एवं विशिष्टीकरण गर्ने र प्राङ्गारिक खेतीलाई प्राथमिकता दिने नीति लिइनेछ ।
९.१ सहकारी र स्थानीय समुदायको सहभागितामा रैथाने प्रजातिका कृषि बालीवस्तुहरुको उचित संरक्षण र सम्वद्र्धन गरिनेछ । सबै कृषियोग्य भूमिको माटो परीक्षण, बिउ, सिँचाइ र प्राङ्गारिक मलको उचित संयोजन गरी उत्पादन बृद्धिमा जोड दिइनेछ । माटो, मौसम र बीऊको संयोजन गरी बेमौसमी उत्पादनलाई जोड दिइनेछ ।

९.२ स्थानीयस्तरमा उपलब्ध हुने अनाज तथा खाद्यवस्तुको संरक्षण र प्रवद्र्धन गरी सहकारी र स्थानीय समुदायको सहभागितामा “पोषण पाकशिक्षा तथा भान्सा सुधार कार्यक्रम” लाई निरन्तरता गरिनेछ । दैनिक खानपिनमा बजारको तयारी खानेकुरालाई निरुत्साहित गर्न विद्यालय, समुदायदेखि नै अभियान चलाइनेछ ।
९.३ बिगत बर्षहरुमा संचालनमा रहेका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।

९.४ धान, मकै, गहुँ, जौं, कोदो, जस्ता अन्नबाली, सिमी, बोडी, केराउ, मास, मसुरो, गहत, चना, भट्मास आदि कोशेबाली, आलु, कोइरा, काउली, बन्दा, पिँडालु, फर्सी, काँक्रो, गाजर, लौका, स्कुस, करेला, गोलभेंडा जस्ता तरकारी बाली, अदुवा, लसुन, प्याज, बेसार, अलैंची, धनियाँ, मेथी, खुर्सानी, तेजपात, टिमुर आदि मसलाबालीको पकेट क्षेत्र अनुसार उत्पादन, प्रोत्साहन र बजारीकरण गरिनेछ ।
९.५ स्याउ, सुन्तला, कागती, अमिलो, ज्यामिर, ओखर, नासपाती, केरा, आरु, आरुबखडा, किवी, जस्ता फलफुल उत्पादनलाई प्रोत्साहन तथा प्रवद्र्धन गरी लाई फलफूलमा आत्मनिर्भर बनाइनेछ ।

९.६ तोरी, चुली, ओखर, ढुटेलो, जैतुन, च्यूरीको उत्पादन र प्रशोधनबाट खाने तेलमा बारेकोटलाई आत्मनिर्भर बनाइनेछ ।
९.७ भेडा, बाख्रा, घोडा, खच्चड, गाई, भैंसी, बँगुर, जस्ता पशुपालन र कुखुरा, हाँस, आदि पंछीहरु, मौरीपालन र माछापालन व्यावसायिक रुपमा पकेट क्षेत्र निर्धारण गरी उत्पादन र बजारीकरणको लागि प्रचार प्रशार गरिनेछ ।
९.८ पालिका भित्रका सम्पूर्ण वडाहरुमा पशु स्वास्थ्य शिविर, महामारी रोग बिरुद्धको खोप, महामारी रोग नियन्त्रण, पशु पंक्षी उपचार (मेडिकल,गाइजोकलोजिकल, माइनर सर्जरी) समुहलाई डेन्चिगंऔषधी खरिद इपिडिमियोजिकल प्रतिबेदन कार्यक्रम संचालनमा ल्याइने छ ।

९.९ बढ्दो बजारीकरणलाई ध्यानमा राखी पालिकाको केन्द्र लिम्सामा मासु पसल, दुध डेरी पसल संचालन गर्नका लागि “कृषिका अनुदान” कार्यक्रम संचालनमा ल्याइने छ ।
९.१० जोनोटिक रोग नियन्त्रण, रेविज रोग नियन्त्रणका लागि निशुल्क खोप लगाउने, सामुदायिक कुकुर बन्ध्याकरण, क्षयरोग सर्भिलेन्स जस्ता कार्यक्रम संचालन गरिने छ ।
९.११ व्यवसायिक भेडा बाख्रापालन गर्ने कृषकहरुलाई, लेयर्स गिरीराज कुखुरा पालन गरी २०० माउ कुखुरा भन्दा माथी उत्पादन गर्ने कृषक समुहलाई प्रति अन्डा उत्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाईने छ । त्यस्तै गाई, भैसी पालन गर्ने कृषकहरुलाई दुध उत्पादन गरी डेरी पसलमा बिक्री गरेको आधारमा प्रतिलिटरमा आधारित अनुदान कार्यक्रम संचालनमा ल्याइने छ ।
९.१२ स्थानीय जातको कुखुरा लोप हुदै गइरहेको अवस्थालाई मध्यनजर गरी स्थानीय कुखुरा पालन समुह दर्ता गरी स्थानीय कुखुराको चल्ला वितरणको कार्यक्रम संचालनमा ल्याइने छ ।
९.१३ पशु विमा प्रर्बद्धन कार्यक्रम, मत्स्य बिकास कार्यक्रम, पशु नस्ल सुधार कार्यक्रम र पशु पोषण सुधार जस्ता कार्यक्रम संचालन गरिने छ ।
९.१४ भौगोलिक बिकटताका कारण पशु सेवा केन्द्र लिम्सामा आई पशु बस्तुहरुलाई सेवा लिन समस्या हुने भएको हुदा एक वडा एक पशु सेवा इकाई स्थापना गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने छ ।
१०. दैनिक उपभोग्य वस्तु तथा सेवा नियमित र सहज रुपमा आपूर्ति हुने व्यवस्था मिलाउनुका साथै नियमित अनुगमन तथा नियमन मार्फत बजारलाई व्यवस्थित गरिनेछ ।
१०.१ बजारमा अवधि नाघेका खाद्यवस्तु र औषधि बिक्री वितरणमा रोक लगाइनेछ । दर्ता नभएका, उत्पादन मिति तथा मिश्रण उल्लेख नभएका र प्रयोग अवधि उल्लेख नभएका तयारी खाद्यवस्तु बजारमा बिक्री वितरणमा प्रतिबन्ध लगाइनेछ ।
१०.२ खाद्यन्न आपुर्तीका लागि खाद्य डिपो र नुन आपुर्तीको लागि नुन डिपोको स्थापना यस आ.व. देखी गरिनेछ ।
११. महत्वपूर्ण पर्यटकीय स्थानको रुपमा रहेको साइकुवारी तिर्थ स्थललाई संरक्षण तथा प्रचार प्रशार गरी पदमार्ग निर्माण गर्ने र अन्य पर्यटकीय क्षेत्रको सूची तयार गरी प्रचार प्रसार गरिने छ ।
११.१ पहिचान गरिएका पदमार्गहरुको डिजिटल नक्सांकन, विभिन्न स्थानमा पदयात्रीहरुका लागि उचाई तथा दुरी सहित बोर्ड राखिने छ ।
१२. तिन खम्बे अर्थ नीति अनुसार पालिका भित्र संचालनमा रहेका सम्पुर्ण सहकारीहरुलाई क्रियाशिल बनाउने र सहकारी संस्थाका पदाधिकारीहरुको क्षमता बिकासमा जोड दिइने छ ।
१३. पालिका भित्रमा बाँझो जमिनहरुको तथ्याँक संकलन गरी आवश्यक नीति तयार सहित “कृषक संग जन प्रतिनिधि कार्यक्रम” निरन्तरता दिईने छ ।

१४. सामाजिक बिकास समिति ः
खानेपानी तथा सिँचाइको दीर्घकालीन समस्या समाधान गर्न स्वच्छ खानेपानी तथा सिँचाइ उपलब्ध गराउने नीतिलाई निरन्तरता दिईनेछ ।
१४.१ क्रमिक रुपमा एक घर एक धाराको नीति अवलम्बन गरिनेछ । विद्यालय र स्वास्थ्य संस्थामा र वडा कार्यालयहरुमा खानेपानी को अवधारणा अनुसार स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराइनेछ । विकट बस्ती तथा खानेपानीका स्रोत नभएका स्थानहरु पहिचान गरी त्यस्ता वस्तीहरुलाई उच्च प्राथमिकता दिईनेछ ।

१४.२ सरसफाई सम्बन्धी रणनीतिक कार्ययोजना बनाई सरसफाई लक्षित कार्यक्रम सञ्चालन गरिनेछ । वडा कार्यालय लगायत मानिसहरुको भिडभाड हुने मुख्य मुख्य सार्वजनिक स्थलहरुमा सार्वजनिक शौचालयहरु निर्माणका लागी क्षेत्र पहिचान गरि आवश्यक बजेट व्यवस्थाका लागी पहल गरिनेछ ।
१४.३ विभिन्न क्रमागत योजनाहरुलाई आ.ब ०७७।७८ मा सम्पन्न गर्नको लागि आवश्यक व्यवस्था मिलाइएको छ ।
१५.लक्षित वर्ग र समुदायलाई पहिचान गरी राष्ट्रिय नीति अनुरुप जनता आवास कार्यक्रमलाई सहयोग पुग्ने गरी आवश्यक प्रक्रियाको थालनी गरिनेछ । यसका लागि आगामी आर्थिक बर्षबाट “आगलागी नियन्त्रणका लागि खरको छाना बिस्थापन” कार्यक्रमलाई प्रदेश र संघीय सरकारको समन्वयमा अगाडी बढाईने छ ।

१६.१ कोभिड १९ का कारण अस्तव्यस्त शिक्षा, शैक्षिक संस्थाहरु र अनिवार्य शिक्षाबाट बन्चित बालबालिकाहरुको पठनपाठनलाई सूचारु गर्न पालिकाको स्वास्थ्य अवस्थालाई ध्यान दिदै विभिन्न विकल्पहरुको खोजी गरी बालबालिकाहरुको सिकाइ सूनिश्चित गरिनेछ जसका लागि बारेकोट गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई आइसोलेशन र क्वारेन्टिनमुक्त बनाइने छ । जसका लागि प्रत्येक वडामा क्यारेन्टिन प्रयोजनका लागि बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिनेछ ।

१६.२ क्वारेन्टाइनका रुपमा प्रयोग गरिएका विद्यालयहरुको निर्मलीकरण तथा बालबालिकाहरुले सुरक्षित महसुस गर्ने गरी पठनपाठन सुरु गरिनेछ । विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई ध्यान दिदै विद्यालयमा स्वस्थ खानेपानी तथा शौचालयहरुको व्यवस्था गरिनेछ ।
१६.३ कोभिड १९ बाट सृजित आपतकालिन शैक्षिक व्यवस्थापन कार्यक्रम तथा अन्य विपत व्यवस्थापन कार्यक्रम संचालन गर्न पालिका भित्र विपद पूर्वतयारी तथा प्रतिकार्य शिक्षा समूह (भ्मगअबतष्यल ऋगिकतभच) गठन तथा कार्ययोजना निर्माण गरी कार्यक्रमहरु संचालन गरिनेछ जसका लागि गाउँपालिकाले उक्त शिक्षा समूहसंग आवश्यक समन्वय गर्नेछ ।
१६.४ गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा वितरण गरिएको शिक्षण सिकाइ अनुदान र कम्प्युटर अनुदानलाई निरन्तरता दिइने छ ।

१६.५ शिक्षकहरुको पेशागत क्षमतालाई अभिवृद्धि गर्नका लागि गाउँपालिका अनुदानका बालविकास शिक्षिका तथा शिक्षकहरुलाई आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
१६.६ पालिका भित्रका विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गरी उनिहरुको व्यक्तित्व विकासका लागि गाउँपालिका स्तरीय त्बभिलत ज्गलत तथा अतिरिक्त क्रियाकलाप संचालन गरिनेछ । साथै बाल दिवस तथा शिक्षा दिवस लाई विद्यार्थीको क्षमता विकाससँग जोडेर विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ ।
१६.७ शैक्षिक योजना तयारी तथा प्रबोधिकरण, शैक्षिक क्यालेन्डर निर्माण तथा स्थानिय तह अन्तर्गत संचालन गरिने आधारभुत तह कक्षा ८ को अन्तिम परीक्षालाई व्यवस्थित गरी संचालन गर्न थप व्यवस्था गरिनेछ ।

१६.८ बैकल्पिक तरिकाले विद्यार्थीहरुको सिकाई सहजीकरणका लागि नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार विकास गरेको स्वअध्ययन सामाग्रीहरुको वितरण गरी अभिभावकको सहयोगबाट घरमै संचालन गरिनेछ ।
१६.९ बिद्यालयमा दरबन्दी नभएका र गणित, विज्ञान र अँग्रेजी विषय लगाएत विषयगत शिक्षकको अभाव भएका सामुदायिक विद्यालयहरुलाई अनुदान प्रदान गर्ने विगतका शिक्षकहरुलाई निरन्तरता दिइएको छ ।
१६.१० शिक्षामा गुणस्तर ल्याउनका लागि नियमितरुमा अनुगमन गरी सो प्रतिबेदनका आधारमापालिका भित्रका सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरुलाई बिद्यार्थी अनुपात शिक्षक दरबन्दिको व्यवस्था अनुसार अन्तर बिद्यालयमा सरुवा गरिने प्रक्रियाको थालनी गरिनेछ ।

१६.११ बालबालिकाहरु बिद्यालयमा गई सहज शान्त वातावरणमा अध्ययण गर्नका पाउने नैसर्गिक अधिकार भएको हुदा हाल सम्म बिद्यालयहरुमा प्रर्याप्त मात्रमा बिद्यालयमा भौतिक पूर्वाधार तथा फर्निचरको व्यवस्था नभएको हुदा आगमी आ.व.मा बारेकोट गाउँपालिका भित्रका सबै विद्यालयहरुमा फर्निचरयुक्त विद्यालय बनाउने अभियानलाई निरन्तरता दिईनेछ ।

१६.१२ बारेकोट गाउँपालिकामा दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि नीतिगत, कानूनी र संरचनागत व्यवस्थालाई निरन्तरता दिईने छ ।

१७.१३ “स्वास्थ्य र मनोरञ्जनका लागि खेल” भन्ने अवधारणा अनुरुप बारेकोट गाउँपालिकाको खेलक्षेत्रको विकास र प्रवद्र्धन गरी सबै यूवाहरुलाई खेलकुदप्रति आकर्षित गरिनेछ । खेलकुदलाई जीवन पद्धतिको अभिन्न क्रियाकलाप बनाइनेछ ।
१६.१४ खेल क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि पालिका स्तरीय खेलकुद विकास परिषद् तत्काल गठन गरी आवश्यक कार्यक्रम तय गरिनेछ ।
१६.१५ बारेकोट गाउँपालिकाको केन्द्र लिम्सामा “बारेकोट शहिद स्मृति रंगशाला” निर्माण गरी आगामी आ.व.बाट अध्यक्षकप खेलकुद प्रतियोगिता संचालन गर्ने व्यवस्था मिलाइनेछ ।
१६.१६ युवाहरुलाई खेलकुद प्रति आकर्षित गर्नका लागि प्रत्येक वडामा वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम सञ्चालन गरिनेछ ।

१६.१७ बारकोट गाँउपालिका भित्र मा.बि. संचालन हुन नसकेका वडामा मा.वि. संञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइने छ । अन्य वडाहरुमा समेत विस्तारका लागि आवश्यक प्राथामिकिकरण गदै ११÷ १२ र स्नातक तह संचालनमा समेत बिशेष जोड दिइने छ ।
१६.१८. पालिका भित्र रहेका सबै ऐतिहासिक, धार्मिक, पुरातात्विक स्थल, भाषा, धर्म संस्कृतिको खोज, संरक्षण र सम्वद्र्धन गरिनेछ । साथै प्रचार प्रसारका लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
१६.१९ परम्परागतरुपमा प्रयोग हुदै आएको बिभिन्न भाषा संस्कृतीहरुलाई संरक्षण गर्दै मगर खाम भाषाको पहिचान गरि संरक्षण का लागि आवश्यक नीति लिइने छ ।
१७. छोरीहरुको खानपिन उपचार लालनपालन शिक्षा आदिमा हुने भेदभाव अन्तर्गत कम उमेरमा हुने बिबाह रोक्न, छिटै र धेरै सन्तान जन्माउँदा आमा र बच्चा दुबैको स्वास्थ्य कमजोर हुने अवस्था आउन नदिन, घर र खेतीपातीमा महिलालाई निःशुल्क कामदारको रुपमा हेर्ने परम्परा अन्त्य गर्न, रजश्वला हुँदा गरिने निकृष्ट व्यवहारलाई दण्डित गर्न अरुलाई खाना खुवाएर बचे पछि मात्रै खाने परिवारको हेपिएको सदस्यको रुपमा गरिने व्यवहार हटाउन छोरीको गर्भ र जन्मदेखि नै समान रुपले हुर्काउन, पढाउन, विभेद रहित र सुरक्षित छु भन्ने आभास दिलाउन, समान अवसरका साथ राज्यका सबै क्रियाकलापमा सरिक हुने वातावरण बनाउन आवश्यक सबै उपाय अवलम्बन गरि, छोरी खाता सञ्चानलका लागी व्यापक रुपमा विस्तार गरिनेछ ।

 

१८. दलित प्रतिको अमानवीय र निकृष्ट व्यवहार हटाउने तमाम प्रयास र प्रतिबद्धताबाट अनुभूत हुने तहको परिवर्तन भएको नदेखिँदा विभेद न्यूनीकरणका नयाँ र अन्तर सम्बन्धित सामाजिक व्यवहार निर्माण, व्यक्ति व्यक्ति बिच आपसी प्रेम र सद्भाव पैदा हुने वातावरणको सिर्जना र सामाजिक अन्तरघुलनका उपायहरुको अवलम्बन, कुरितीजन्य सोचको रुपान्तरण र अन्तरदलित विभेद समेत हटाउँदै आत्मनिर्भर हुन उद्यमशीलता, रोजगारी र आयआर्जनका अवसरहरुको सिर्जना र पहुँचबाट यस्तो सामाजिक विभेद समूल नष्ट गरी एउटा आदर्श र समतामूलक समाज निर्माण गर्ने दिशामा स्थानीय सरकारका कार्यक्रमहरु लक्षित हुनेछन् ।
१९.१ महिला तथा दलित आयआर्जन कार्यक्रम लागु गरी परम्परागत मौलिक सीप र कलालाई प्राविधिक शिक्षा समेतको माध्यमले आधुनिकीकरण र व्यावसायिक बनाई रोजगारीका थप अवसरहरु सृजना गरिनेछ ।
१९.२ गत बर्षका महिला बिकास तर्फका कार्यक्रमहरुलाई निरन्तरता दिएको छु ।
२०. बारेकोटबासीलाई सर्वसुलभ र गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक नीतिगत, कानूनी र संरचनागत सुधार गरिनेछ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरुलाई आगामी आर्थिक वर्षमा थप प्रभावकारी बनाउन आवश्यक राहत प्याकेजहरु ल्याईनेछ । यस गाउँपालिकाको केन्द्र लिम्सामा १० शैयाको एक आइसोलेशन अस्पताल निर्माण गरी आवश्यक औषधि उपकरणहरुको व्यवस्थापन गरिनेछ ।
२१. विगतका वर्षहरुमा एमबिबिएस डाक्टर नहुदा स्थानीयले भोग्नु परेको पीडा सर्व विदितै छ । गाउँपालिाकाको पहलमा हाल एकजना डाक्टर निरन्तर रुपमा प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा रही बीरामीको सेवामा खटेको अवस्था छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सालाई स्तरउन्नोती गरी १५ शैयाको अस्पताल स्थापना गर्ने राष्ट्रिय लक्ष्य अनुरुप गाउँपालिकाबाट आवश्यक सहयोग गरी थप विशेषज्ञ डाक्टरहरुको व्यवस्थापन गरिनेछ । यसै वर्षबाट प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे लगायतका विशेष उपकरण र सो संचालनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम संचालन गर्ने र स्वास्थ्य केन्द्रबाट बीरामीलाई २४ सैं घन्टा सेवा प्रवाह हुने गरी खानेपानी तथा बत्तीको व्यवस्था व्यवस्था मिलाईने छ ।

२१.१ यस पालिका भित्र स्थापना भएका सम्पूर्ण सामुदायिक स्वास्थ्य इकाईहरुलाई स्वास्थ्यचौकीमा स्तरोउन्नतीका गर्न आवश्यक पहल गरिनेछ ।
२१.२ प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा भ्याक्सिन स्टोर गर्नका लागि कोल्डचेनको व्यवस्था गर्नुका साथै पालिका भित्रका बर्थिगं सेन्टरहरुलाई व्यवस्थित गर्ने सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा अतिआवश्यक औजार उपकरण, स्टेचर फर्निचर जस्ता साधन श्रोतले सम्पन्न बनाईने छ ।
२१.३ जोखिममा परेका गर्भवती तथा सुत्केरी आमा र बच्चाको जीवन रक्षाका लागि हवाइ उद्धार सेवा सञ्चालनका लागि आवश्यक समन्वय गरी संचालन गरिनेछ ।
२१.४ स्वास्थ्यकर्मीहरुको सीप बिकासका लागि बिभिन्न तालिम संचालन गर्न जिल्ला प्रदेश र संघीय सरकारसंग समन्वय गरी तालिम प्रदान गर्ने व्यवस्था मिलाइने छ ।

२१.५ पोषणसँग सम्बन्धित कार्यक्रमहरुलाई प्राथमिकतामा राखी संचालन गरिनेछ ।
२१.६ कडा प्रकृतिका रोग लागि उपचार गर्न नसकेका नागरिकहरुका लागि उपचारको व्यवस्था मिलाउन पहल गरिने छ ।
२१.७ नेपाल सरकारसँगको समन्वयमा सबै नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने व्यवस्था मिलाइनेछ ।
२१.८ सबै स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधारतर्फ ध्यान दिदै भवन निर्माण, मर्मत र घेरबार निर्माण गर्न जोड दिइने छ ।
२१.९ सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा प्रयाप्त मात्रामा औषधीको व्यवस्था गरिने छ । त्यसैगरी हजार दिनका आमाहरुसंग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

भौतिक पूर्वाधार बिकास समिति
२२. साना जलविद्युत, वैकल्पिक उर्जा (सोलार) आदिको सम्भाव्यता तथा विस्तृत अध्ययन गर्दै वडा नं. ५ मा परिक्षण स्वरुप मिनिग्रेड प्रणालीमा संचालनमा आवश्यक पहल गरी उज्यालो बारेकोट अभियानलाई अगाडि बढाउन केन्द्रिय लाइन विस्तारमा बिशेष जोड दिइने छ ।
२२.१ यस पालिकामा रहेका लघुजलविद्युत्त आयोजनालाई प्रभावकारी व्यवस्थापन गर्न फलामे पोल विस्तार गर्ने तथा निर्माणाधीन अवस्थामा रहेका योजनाहरुलाई केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरि निर्माण सम्पन्न गरिनेछ ।
२३. गाउँपालिका महत्वका रणनीतिक सडकहरुमा आवश्यकता अनुसार लागि “हाम्रो जनता सडक कार्यक्रम” कार्यक्रम निरन्तरता दिदैं परिणाममूखी कार्यान्वयनको गरिनेछ । सो कार्याक्रम अन्तर्गत सबै वडाहरुको केन्द्रबाट गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणमा उच्च प्राथमिकता दिन तत्कालै प्रारम्भिक सम्भाव्यता अध्ययन तथा सर्भे गर्ने कार्य लाई तिव्रता दिदै सर्भे डिजाइन भइसकेका र ट्रयाक खनि सकेका सडकहरुको बाँकि कामलाई तिब्रता दिइने छ ।
२३.१ ध्यापाटाकुरा लिम्सा सडक स्तरोन्नतिको कार्य गरिनेछ ।

२३.२ लिम्सा रोकायगाउँ मुल्साम सडक (१४.९९५ कि.मी) तथा लिम्सा सिलिगीचौर हुदै दहसम्म सडक निर्माण कार्यलाई निरन्तरता दिईनेछ । आगामी आ.व.मा सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिईनेछ ।
२३.३ विद्यालय जाने बालबालिका, बिरामी, अशक्त लगायत आम नागरिकको सुविधा तथा अन्य सेवाको पहुँचमा अभिवृद्धि गराउनको लागि कुनैपनि बारेकोटबासीले एकघण्टा भन्दा बढीको फेरो लगाउनु नपर्ने गरी खोलानालाहरुमा नेपाल सरकार तथा प्रदेश सरकारसँगको सहकार्यमा आवश्यक झोलुङ्गे पुल निर्माण गरिनेछ ।
२३.४ लिम्सा हानेसल्ला सडकका निर्माण कार्यलाई अगामी आ.व.मा समेत निरन्तरता दिईनेछ ।
२३.५ नेपाल सरकारले तोकेअनुसार बर्गीकरण गरिएका ख्ष्ििबनभ च्यबम, ऋष्तथ च्यबम, ँभमभचब िच्यबम, ल्बतष्यलब िज्ष्नजधबथ को मापदण्ड अबलम्बन गरिनेछ ।
२३.६ घोडेटो बाटो न्युनतम लम्बाई २ मीटर हुनुपर्ने गरी कार्यान्वयन गरिनेछ ।

२३.७ सडकको मुल्यांकन गर्ने नयाँ प्रविधिको अबलम्बन गर्न प्राविधिकहरुको क्षमता विकासका तालिम संचालन गरिनेछ । प्रत्येक वडाहरुमा रहेका खानेपानीको योजनामा कम्तमिा १० वा सोभन्दा माथि घरदुरी उपभोग गर्ने अयोजनाहरु खनेपानी गुणस्तर परिक्षण कार्यक्रम संचालन गरिनेछ र गुणस्तर जाँचको लागि आवश्यक सामाग्री खरिद गरिनेछ ।
२४. भवन तथा सहरी विकास ः
१. सबै वडा कार्यालयको भवन निर्माण गर्ने लक्ष्य अनुरुप निर्माण हुन बाँकी वडा कार्यालयहरु २, ५ र ८ को निर्माण कार्य आगामी आ.व.मा सम्पन्न गरिनेछ ।
२. वडा नं. १, ३, ४, ६, ७ र ९ को वडा कार्यालय भवनको घेराबार निर्माण गरी वडा कार्यालयहरुमा गुणस्तरीय खानेपानी यसै आगामी बर्षमा निर्माण कार्य सम्पन्न गरिने छ ।
३. नेपाल सरकारको भवनसम्बन्धी आचार संहिता लागू गरिनेछ । गाउँपालिकामा निर्माण हुने घरहरु भूकम्प प्रतिरोधी बनाउनका लागि प्रत्येक वडाका स्थानीय २० जना मिस्त्रीहरुलाई ःभ्क्इल् तालिम संचालन गरिनेछ ।
४. दोबिल्ला बेलिब्रिजलाई यस आ.व. मा नै सम्पन्न गरिनेछ भने अन्य बेलिब्रिजका लागी आवश्यक बजेटको व्यवस्था गरिनेछ , साथै झुलुङ्घे पुलको क्षेत्र विस्तारमा जोड दिइनेछ ।

सुशासन तथा अन्तर सम्बन्ध बिकास समिति

२५. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुद्वारा सञ्चालन गरिने कार्यक्रमहरुलाई पारदर्शी र जवाफदेही बनाइनेछ । प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा दोहोरो नपर्ने गरी श्रोत परिचालन गर्न प्रोत्साहित गरिनेछ। विकास साझेदारहरुको सहयोगलाई स्थानीय प्राथमिकताको क्षेत्रमा बजेट प्रणाली र स्थानीय सञ्चित कोष मार्फत परिचालन हुने व्यवस्था मिलाइनेछ।
२५.१ विकास साझेदारहरुबाट हुने कार्यक्रमहरु (सचेतना, अध्ययन, अनुसन्धान र पूर्वाधार विकास) स्थानीय सरकारको वार्षिक विकास कार्यक्रममा आवद्धता गराई लागु गरिनेछ ।
श्रम तथा रोजगारी
२६ काम गर्ने उमेरका जनशक्तिलाई समग्र विकास निर्माणका काममा परिचालन गरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकारले समेत आवश्यक लगानी गरि उक्त कार्यक्रमलाई प्रभावकारी बनाईनेछ । यसका लागि आ.व.२०७७।७८ देखि संचालन हुने रु. ५ लाख सम्मका योजनाहरुको श्रमीक समूह द्धारा कार्य गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
२६.१ बेरोजगार यूवाहरुको तथ्यांक संकलन गरी युवाहरुलाई रोजगारमुलक कार्यक्रमको व्यवस्था मिलाईने छ । साथै प्रधानमन्त्री युवा रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडाले आयोजनामा खटिने बेरोजगारहरुको सुचीकरण गरी तोकिएको मितिभित्र रोजगार सेवा केन्द्रमा फाराम पठाउने र सुचिकृत बेरोजगारहरुलाई कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरुमा खटाइनेछ ।
गाउँ सभा सदस्यहरु

२७. नेपाल सरकारबाट प्राप्त हुने अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई प्रभावकारी रुपमा परिचालन गरिनेछ ।
२९ करहरुको दायरा विस्तार गर्न नीतिगत व्यवस्था गरिनेछ ।
३०. सञ्चालन खर्चलाई निश्चित सीमाभन्दा बढ्न नदिन अनिवार्य दायित्व सिर्जना हुनेतर्फ सजग रही पूँजी निर्माण हुने क्षेत्रमामात्र लगानी केन्द्रित गरी खर्च गर्ने क्षमता बढाउँदै लगिनेछ ।
३१.उपलब्ध साधन तथा स्रोतको अधिकतम उपयोग गर्न योजना तथा कार्यक्रमहरुको प्राथमिकीकरण गर्न स्वचालित पद्दतिको अवलम्बन गरिनेछ ।

३२.दीर्घकालीन सोचका आधारमा आवधिक योजनासँग तालमेल हुने गरी वार्षिक बजेट र विकास कार्यक्रम तर्जुमा गरिनेछ ।
३३. संघ र स्थानीय तह, प्रदेश र स्थानीय तहको साझेदारीमा सम्पन्न गर्न सकिने तथा स्थानीय तह स्वयंले सञ्चालन गर्ने सम्भावित आयोजनाहरुको सूची तयार गरिनेछ ।
३४. वार्षिक बजेट तर्जुमा, कार्यान्वयन, सार्वजनिक खर्च लेखाकन र प्रतिवेदन लगायतका कार्यहरु तथ्य र मापदण्डको आधारमा गर्ने गरी वित्तीय जवाफदेहिता सम्बन्धी नीतिगत, कानूनी र संरचनागत व्यवस्था गरिनेछ । यसका लागि नेपाल सरकार द्धारा स्वीकृत सुत्र नामक सफ्टवेयरमा आधारित प्रविधिलाई पूर्ण रुपमा अवलम्बन गरिनेछ ।
३५. सार्वजनिक खर्च र वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनी व्यवस्था गरी बजेट विनियोजन, खर्च र प्रतिवेदन हुने प्रभावकारी अनुगमन तथा मूल्याकन पद्दतिको विकास गरिनेछ ।

३७ आयोजना तयारीका सम्पूर्ण चरणहरु पूरा नभएसम्म कार्यान्वयनका लागि बजेट व्यवस्था गरिने छैन । एक आर्थिक वर्षभित्र सम्पन्न हुन नसक्ने पालिकाका महत्वका आयोजनाहरुलाई मात्र आयोजना तयारीका सम्पूर्ण चरणहरु पूरा भएपछि बहुवर्षीय आयोजनाको रुपमा बजेट व्यवस्था गरिनेछ । यसका लागि आयोजना तयारी फिल्टर बनाई लागु गरिनेछ ।
३८. नेपाल सरकार र प्रदेश सरकारसंगकोे समन्वयमा पालिका भित्र सञ्चालित योजनाहरुको प्रभावकारी रुपमा अनुगमन र मूल्याकन गरिनेछ ।
३९ पालिका भित्रमा सञ्चालित आयोजनाहरुको प्रभावकारी अनुगमनका लागि अनुगमन समितिको प्रत्यक्ष निगरानीमा अनुगमन स्थलगत अनुगमन बनाइनेछ ।
३९.१ उपाध्यक्ष ज्यूको नेतृत्वमा रहने योजना अनुगमन समितिबाट प्राप्त सुझाव तथा निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
३९.२ आवश्यकता अनुसार आयोजनाहरुको तेस्रो पक्षबाट अनुगमन मूल्याकन गर्ने कानूनी प्रबन्धको कार्यान्वयनमा जोड दिईनेछ ।

३९.३ प्रभावकारी अनुगमनका लागि सूचना प्रविधिको विकास गरिनेछ र अनुगमनबाट प्राप्त नतिजाको समीक्षा गर्ने प्रणालीको विकास गरिनेछ ।
३९.४ सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनालाई प्रभावकारी रुपमा कार्यान्वयनमा जोड दिईने छ ।
गाउँसभा सदस्यहरु,

४०. कानूनको शासन प्रवद्र्धन गर्न आवश्यक कानून निर्माण, कानूनी सचेतना, कानूनी परामर्श, कानूनी साक्षरता तथा कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ ।
४०.१ न्यायिक समितिको प्रभावकारी कार्यसम्पादनका लागि आवश्यक व्यवस्था मिलाइने छ ।
४१.३ समग्र शासकीय कार्य सम्पादनमा आम जनता, नागरिकसमाज, सञ्चार क्षेत्र, राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरु सबैले आ–आफ्नो जिम्मेवारी गम्भिरतापूर्वक वहन गरी नागरिक वडापत्र, सार्वजनिक सुनुवाई, सरकारी काम र निर्णयको पारदर्शिता, जनलेखा परीक्षण जस्ता नवीन शासकीय उपक्रम सञ्चालन गरी गाउँपालिकामा सुशासन प्रत्याभूत गरिनेछ ।
४२. बारेकोट गाउँपालिकाका जनताको संचार सुविधाको आवश्यकतालाई महसुस गर्दै आगामी आर्थिक वर्षबाट बारेकोट एफएम संचालनका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गरिनेछ ।

४३. यस गाउँपालिकामा फोन सेवा प्रभावकारी बनाउनका लागि सम्बन्धित निकायसँग बारम्बार समन्वय गर्दा पनि स्काई फोनसेवा भरपर्दो नभएको हुदा तत्काल नमस्ते टावरको लागि आवश्यक उपकरणहरु जडान गरी सुचारु गर्न सम्बन्धित निकायसँग पहल गरिनेछ ।
४३.१ विपद्को पूर्वतयारी, खोज तथा उद्धार, राहत वितरण, पुनस्र्थापना र लेखाजोखा लगायतका सबै चक्रलाई आत्मसात् गरी समन्वयात्मक क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
४४. अन्तमा, प्रस्तुत नीति तथा कार्यक्रम तयारीका क्रममा सल्लाह, सुझाव र योगदान गर्नु हुने गाउँसभा सम्पूर्ण सदस्य ज्यूहरु, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी साथीहरु, निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण बारेकोटीबासीहरुप्रति हृदयबाट आभार र कृतज्ञता प्रकट गर्दछु ।
धन्यवाद ।





error: Content is protected !!