मदन आश्रित पार्क मा अज्ञात समूहले तोडफोड

नेपालका सय पर्यटकीय गन्तव्य मध्य एक पञ्चपुरी ५ बावियाचौरमा निर्माण भैरहेको मदन आश्रित पार्क मा अज्ञात समूहले तोडफोड गरि क्षति पुर्याएको छ ।

उक्त समूहले मंगलबार राति तोडफोड गरि पार्कको पर्खाल भत्काईदिएको हो । पञ्पुरी नगरपालिका ५ का अध्यक्ष होमबहादुर रामजालीका अनुसार १० मिटर पर्खाल भत्कादिएका छन भने करिब २ हजार ईट्टा फुटाईदिएका छन् । उनले बिकास बिरोधी मानसिकता भएका व्यक्तिले उक्त कार्य गरेको भन्दै दोषि माथि कडा कार्वाहि गर्नु पर्ने बताए । सार्वजनिक सम्पतिको सुरक्षा गर्ने जिम्वार निकाय प्रहरीले भने उपभोक्ता समितिले दिएको निवेदन समेत लिन मानेको छैन ।

ईलाका प्रहरी कार्यालय बाबियाचौरमा तोडफोड बारे जानकारी दिँदै (आज) विहानै निवेदन दिने गएपनि नगरपालिकामा जानुस भन्दै निवेदन बुझ्न नमानेको उपभोक्ता समितिका सचिव प्रेम ढुंगानाले बताए ।यता ईप्रका बवियाचौरका प्रमुख प्रहरी निरीक्षक अलि अन्सारीले सार्वजनिक सम्पति भएकाले नगरपालिका जानुस भनेको र दिउसो गएर स्थलगत अध्यन गर्ने बताए ।





error: Content is protected !!