मनकारी शिक्षक गुरुङ्द्वारा राहत वितरण

विष्णुप्रसाद देवकोटा
डोल्पा ः लकडाउनका कारण समस्यामा परेका दलित र आर्थिक विपन्न परिवारलाई डोल्पाका एक शिक्षकले खाद्यन्न लगायतको राहत वितरण गरेका छन ।

त्रिपुरासुन्दरी नगरपालिका ३ जीउ गाउँका स्थानीयबासिन्दा समेत रहेका मनकारी शिक्षक रामबहादुर गुरुङ्गले लकडाउनका कारण काम नपाउँदा आर्थिक अभावमा नूनतेल लगायत खाद्यन्न समेत किन्न नसकेर समस्यामा परेका जीउँ गाउँका ५२ घरधुरीका दलित परिवारलाई आप्नो ब्यक्तिगत तर्फबाट प्रतिघर प्रतिपरिवार १० केजी चामल १ लिटर तेल १ पोका नून र एउटा डिटोल साबुन वितरण गरेका हुन ।लकडाउनको कारण बजारमा समेत दैनिक उपभोग्यबस्तुको अभाव भइरहेको र अर्कातीर कमाई गर्न नपाएर आर्थिक नहुँदा पसले साहुजीहरुले समेत उदारो दिने अवस्था नभएकाले समस्यामा परेका दलित परिवारलाई एकै छाक भएपनि खानपुगोस भनेर राहतस्वरुप सानो सहयोगगरेको बताए ।

आफुले हुनेखाने भएर गाउँमा रवाफ देखाउनको लागि नभई अन्तरआत्मबाट सहयोगको भावना जागेर विपतमा आफुले गर्न सक्ने सम्मको सहयोग गर्नु पर्छ भनेर वडा कार्यालयसंग सहकार्य गरेर आफ्नै गाउँका दलित परिवारमध्येमा पनि अति विपन्न गरिव घरपरिवार छनौट गरेर सहयोग गरेको हुँ मनकारी शिक्षक गुरुङ्गले भने ।

त्रिपुरासुन्दरी नगरपालिका ३ जीउँ गाउँका कलिवान विकले राहत बस्तु बुझेपछि खुशि हुदै भने विश्ब संकटमा परेको अवस्थामा अर्कालाई नभई आफु कसी बाँच्न सकिन्छ भने मानवीय स्वभाव हुने गरेकोमा गाउँकै शिक्षकले गरेको सहयोगले आफुहरुलाई सानो नभएर करोडौ बराबरको सहयोग भएको बताए ।यसैगरि त्रिपुरासुन्दरी नगरपालिका ३ जीउ र सुउँका दलित आर्थिक विपन्न र एकल महिलाहरुलाई नगरले राहत उपलब्ध गराउन नसकिरहेको अवस्थामा वडाजनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो ब्यक्तिगत तर्फबाट राहत वितरण गरेका छन ।

वडा अध्यक्ष जनक केसीले नगरमा राहतको लागि सिफारिस गर्दा सबैलाई दिननसकिने भन्ने आएकाले आफु लगायतका पाँच जना प्रतिनिधि र दुई जना कर्मचारीले आर्थिक उठाएर सुउँ र जीउँ गाउँका दुई सय घरधुरीलाई प्रतिघर दुई लिटर तेल वितरण गरिएको बताए ।लकडाउनको कारण बजारमा समेत दैनिक उपभोग्यबस्तुको अभाव भइरहेको र यो सिजन बालीभित्र्याउने समय पनि भएकाले स्थानीय उत्पादनले मात्र अझै एक वर्ष सम्म पुग्नेखाद्यन्न संचिती रहेकाले गाउँमा अभाव हुने सहजै उपलब्ध हुननसक्ने तेलको आबश्यकता महशुस गरि सानो सहयोग स्वरुप दुई सय घरपरिवारलाई दुई लिटरका दरले तेल वितरण गरिएको पनि वडाअध्यक्ष केसीले जानकारी दिए ।

जीउँ गाउँस्थित महादेव आधारभुत विद्यालय र सुँउस्थित सरस्वती आधारभुत विद्यालयमा छुट्टाछुट्टै आयोजना गरिएको राहत वितरण कार्यक्रममा राहत बुझ्न आएका स्थानीयको अनुहारमा खुशियाली छाएको थियो ।





error: Content is protected !!