राप्रविसं(संयुक्त)सँग एकता गर्न राप्रविसंद्वारा वार्ता टोली गठन

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले राप्रविसं(संयुक्त)सँग एकिकरण गर्न वरिष्ठ उपाध्यक्ष शशि कुमार भण्डारीको नेतृत्वमा ७ सदस्यीय वार्ता समिति निर्माण गरेको छ।

संगठनका अध्यक्ष महेश बहादुर सिंहको सभापतित्वमा राप्रविसंको उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको छलफलले उपाध्यक्ष निराजन बम, महासचिव जनक फडेरा, कोषाध्यक्ष ज्ञानु तामाङ्ग, प्रवक्ता छत्र खडायत, केन्द्रीय सदस्यहरु मंगा तामाङ्ग र राजु गैरे सदस्य रहेको समिति निर्माण गरिएको हो। राप्रपा र राप्रपा (संयुक्त)को गतवर्ष फागुनमा भएको एकता पछि दुबै पार्टीका जनवर्गिय संगठनहरु बिच एकताको पहल भैरहेको छ।

बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीको भर्खरै निर्माण भएको केन्द्रीय समितिमा विद्यार्थी प्रतिनिधित्व नभए पछि राप्रपाको केन्द्रीय कमिटीमा राप्रविसंको प्रतिनिधित्व हुने गरि विद्यार्थी संगठनमा लामो समय योगदान गरेकालाई राप्रपा केन्द्रीय कमिटीमा राख्नका लागि पार्टीलाई सिफारिस गर्ने निर्णय भएको राप्रविसं केन्द्रीय सदस्य त्रिविक्रम सिंहले जानकारी दिए।





error: Content is protected !!