के हो कम्युनिटी ट्रान्समिसन ?

कोरोना भाइरस संक्रमणका सन्दर्भमा चर्चामा आएको शब्दावली हो, कम्युनिटी ट्रान्समिसन । यसको अर्थ हो , समुदायस्तरमा संक्रमण फैलिनु ।
यो भाइरस संक्रमणको तेस्रो स्तर हो, जसबाट संक्रमित संख्या अत्यधिक बढ्छ ।
कुनै ज्ञात संक्रमितको सम्पर्कविनै या संक्रमण फैलिएको इलाकामा नपुग्दा पनि भाइरस सर्नु नै कम्युनिटी ट्रान्समिसनको अवस्थामा पुग्नु हो ।
यो भाइरस संक्रमणको तेस्रो स्तर हो, जसबाट संक्रमित संख्या अत्यधिक बढ्छ ।
पहिलो चरणमा संक्रमण फैलिएको देशबाट अर्को देशमा पुग्ने यात्रीमार्फत भाइरस प्रसार हुन्छ । नेपालले पहिलो चरण पार गरिसकेको छ ।
दोस्रो चरणमा स्थानीय स्तरमै संक्रमण फैलिन्छ । संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा भाइरस सर्ने प्रक्रिया हो, यो । विदेश यात्राबाट फर्किएका व्यक्तिमा देखिने ( संक्रमण पनि दोस्रो चरणकै हो।
तेस्रो चरणमा समुदायस्तरमा संक्रमण फैलिन्छ । यस्तो संक्रमणको स्रोत थाहा पाउन सकिँदैन । जो जहाँबाट जसरी पनि संक्रमित हुन सक्छ । भाइरस समुदायमा अनियन्त्रित रूपमा फैलिरहेको संकेत हो, यो।
संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको परीक्षण र उपचार गर्न सक्दा कोरोना भाइरसलाई समुदायस्तरमा फैलिनबाट बच्न सकिने विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले बताएको छ । त्यसैले हो, ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि जोड दिइने गरेको पनि ।
डब्लुएचओका नेपाल प्रतिनिधि जोस भ्यान्डिलियरले बिबिसीसँगको कुराकानीमा नेपालमा कोरोना प्रसार प्रारम्भिक चरणमै रहेको बताएका छन् । समुदायस्तरमा भाइरस फैलिएको कुनै प्रमाण नरहेको उनको भनाइ छ ।










