खस आर्यको जाति ब्यबस्था र यसका जरा

कालीबहादुर मल्ल
सामान्यत ः भारतमा पुर्व वैदिक कालसम्म जाति ब्यबस्था र नारि पुरुष भिन्नेता देखिदैन।ऋग्वेद मा एक ठाउमा पंचजन शव्द लेखिएको छ,त्यसलाई भारतिय विद्वानहरु ले उच्च अर्थात् श्रेष्ठ जनू भन्ने अर्थ लगाउदै कथित पंचजनमा ,यदु,पुरु,द्रुह्य,तुर्वस र अनु भन्ने पाच महा पुरष भनेर श्रेष्ठ जात घोषणा गरे।यहि बिषय लाई अयोध्या का संस्थाप राजा र स्वघोषित सुर्य बंसि मनु ले आफ्नो स्मृतिमा बर्ण ब्यबस्था लागू गरे।जस्तै यदुको यादव ,पुरुको पुरुरवा आदि बनाउदै गए।

जाति ब्यबस्था लाई व्याख्या गर्न सजिलो होस भनेर बाहुन मुख बाट,क्षेत्री पाखुरा बाट,वैश्य जाँघ बाट र सुद्र पैतला बाट भन्ने श्लोक ब्राह्मणो मुखो मासिद,बाहु राजन्य कृत उरु तदस्य जैदश्य पदाभ्यम् सुद्रो अजायते । रचना गरे।उत्तर वैदिक काल देखि प्राचीन भारत जातिय ब्यबस्था ले भेदभाव को पुर्ण आकार दियो।

असुरहरु को आगमनको एकहजार बर्ष घुमन्ते आर्य सिन्धु प्रवेस र त्यसको लगभग १०००बर्ष पछि अवैदिक आर्यको आगमन वडा खसान,खसस्थान,खस्मिर हुँदै वाल्हिकि प्रदेश (पंजाव)प्रवेश गरे।वेदकाल पछि आएको ले अवैधिक र ककेसियाबाट आएको ले कसूअपभ्रम्स् भएर खस भयो।

वाल्हिक प्रदेश सम्म रहदा अवैदिक आर्यहरु जाति ब्यबस्थामा हुदैनन।त्यो बिषय होच्याउनै को लागि भए पनि महाभारत का महारथि कर्ण ले यस्तो भन्छन् ।

वहिष्कृत्वा हिमवता गङ्गया च वहिष्कृता ।
सरस्वत्या यमुनया कुरुक्षेत्रेण चापि ये।।
पंचानां सिन्धु षष्टानां नदीनां येकन्तराश्रिता।
तान धर्मवाह्यन् शुचिन वाहिकांनपि वर्जयेत्।।
अर्थ हिमालय,गंगा,सरस्वती ,यमुना,रावि,चिनाव झेलम समेत पाच र छैटौं सिन्धु को बिचमा रहेको बाहिक मा रहनेहरु धर्मवाह्य र अपवित्र छन,यिनिहरुलाई त्याग्नु पर्छ।(महाभारत ८४४६र ७)
कर्ण अझै अगाडि भन्छन् तत्र वै ब्राह्मणो भुत्वा ततो भवति क्षत्रिय।
वैश्य शुद्रश्च वाहिकस्ततो भवति नापित।।
नापितश्च ततो भुत्वा पुनर्भवति ब्राह्मण।
द्विजो भुत्वा च तत्रैव पुनर्दासो भिजायते।।

अर्थ -त्यहा एउटै बाहिक ब्राह्मण भएर फेरि क्षेत्रिय हुन्छ ।त्यसपछि वैश्य,शुद्र र नापित बन्छ।नापित भएपछि फेरि ब्रह्मण बन्छ।ब्राह्मण भएर फेरि उहीँ ब्यक्ति दास पनि बन्छ।

लडाकु खस जाति महाभारत युद्धमा कौरब को पक्ष भएर लडेको झोक ले पनि कर्ण ले यसो भनेका हुन सक्छन् ता पनि सत्य के हो जस्तो लाग्छ भने खस आर्यहरु बर्णाश्रम ब्यबस्था मा बाधिए का थिएन् तर त्यस पर्ति आकर्षित थिए,जाति ब्यबस्था अपनाउन खोजेको देखिन्छ।यो कुरा आजका नेपालका खस आर्यका थर बाट पनि बुझिन्छ।

लगभग ११ औं शताब्दी मा नाग राज ले स्थापना गरेको खस साम्राज्य मा नेपालका खस जातिका जात र थर खस राज्यका गाउका नाम बाट र सरकारि कामका पद बाट राखिएछ।क्षेत्री हरु सरकारि काम र बाहुनहरु का थर गाउँ का नाम बाट छन् भने ठकुरि जात नभए राज्य(ठकुराई)मुख्य ठाकुर बाट ठकुरि रहेको इतिहासकार बताउछन्।कर्णालिमा तागाधारि खस र मतवालि खस विद्यमानछन् तर कुल देवता,थर गोत्र भाषा नश्ल एउटैछन्।

९औं शताब्दी बिक्रम को भारत बाट आदि गुरुूशंराचार्य आएर वर्ण ब्यबस्था लागू गर्न लगाए पनि नेपालमा वैश्य र शुद्रको ब्यबस्था थिएन।बरु उहीँ समुदायका मानिस लाई कामका बाड फाठ गर्दा लोहाका काम गर्ने प्राविधिक लाई लुहार,सुन वनाउने कारिगर (स्वर्णकार)सुनार,दमाह बजाउने वाद्यवादक लाई दमाई ,छाला (चमरा)का सनमान बनाउने प्राविधिक लाई चमार(सार्की),मनोरन्जनको लागि गित गाउने कलाकार गाईने,वादध्यबादनका सामान निर्माण गर्ने वादी आदि आदि जो ज्ञानको लागि आज विश्वविद्यालय पढ्नु पर्छ।जे जति सीप र कलाको जिम्मा लगाईयो ती सबै खस जाति नै हुन।किन भने जसलाई आज दलितू भनिएको छ ती समुदायको थर कहि गोत्र कहि बाहुन संग,कहि क्षेत्री संग मिल्छ ।त्यस्तै कुल देवता पनि अक्सर सबैका एउटै छन्।यो विषय यहाँ लेख्न भन्दा समुदायमा बुझे स्पष्ट हुन्छ।

दुर्भाग्य इतिहास को कुनै कालमा गरिएको गौरवमय कार्यबिभाजन लाई ठुलो र सानो जात ,उच र निच,बाहिर बस्ने र भित्र पस्ने को नाम दिएर समाजमा फुट पैदा गरियो।अझ त जसलाई दलित बनाईयो उहीँ समुदाय ले श्रेणि निर्धारण गरि ठुलो र जात बनायो कामि सुनार,ताउले त्यसपछि सार्की ,दमाई,गाइन र वादी मा छुवाछूत लागू गरियो।

एउटा परिस्थिति र कालखण्डमा तथा आवश्यक्तामा पैदा भएको चिज अजर र अमर हुदैन जो जन्मियो त्यो मर्छ यो प्रकृतिको नियम हो ,यो आपसे वा सचेत प्रयतले।त्यसैले कुनै बेला पहिचान को रुपमा स्थापित जाति हाम्रो इतिहास ले प्रदान गरेको गौरब हो।जाति ठुलो र सानो हुदैन आफ्नो पहिचान प्रति गौरब गरौं घमण्ड होईन र आफ्नो पहिचानको सम्मान गरौं हिनता होईन।ूफुट परस्त सामाज,संस्कृति र परंपराको अन्त्य गरौं(सामाजिक समानता ,सद्भाव र एकता कायम गरौं। सुझाव,आलोचना को अपेक्षा सहित ।





error: Content is protected !!