माटोको ढिस्कोले पुरिदा एकको मृत्यु ,तीन घाईते

जाजरकोट , स्वास्थ्य चौकीको भवन निर्माण गर्नका लागि बालुवा निकाल्ने क्रम्मा पुरिएर नलगाड नगरपालिका – ९ तात्रका ३३ बर्षीया कुमारी सिंहको मृत्यु आज भएको छ ।
उहाँसँगै खिरखिरे स्थित बालुवा निकालिरेहेका सोही गाउँका यज्ञबहादुर सिंह ,कमला सिंह र तारा सिंह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाईतेलाई उपचारका लागि नलगाड नगरपालिका स्थित दल्ली स्वास्थ्यचौकीमा ल्याईदै गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।










