यार्सागुम्वा संकलन गर्दा रुकुम पुर्वका दुई पक्राउ

जाजरकोट , कोरोना संक्रमण हुँने डरका कारण यार्सागुम्वा संकलनमा रोक लगाएको मौका छोपी यार्सागुम्वा चोरी गर्ने दुई जनालाई आज पक्राउ परेका छन् ।

डोल्पा काईके गाउँपालिका –१ ठाँगेपाटनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको संयुक्त गस्ती टोलीले रुकुम पुर्व पुथाहा उत्तरगंगा गाउँपालिका –१ मैकोटका २६ बर्षीय सुवजित विक र ४२ बर्षीय छायाँबहादुर विकलाई १०५ वटा यार्सागुम्वा सहित प्रहरीले पक्राउ गरेको डोल्पाका डिएस्पी नारायण रन्जितकारले जानकारी दिनुभयो ।

उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाएको छ ।





error: Content is protected !!