वेहुली लिन गएका युवालाई लखेट्दा मृत्यु ः वडाध्यक्ष सहित पाँच जना पक्राउ

जाजरकोट ः बेहुली दिन गएका जाजरकोट खलंगाका एक युवाको संकास्पद मृत्यु भएपछि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका वडाध्यक्ष सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ बर्षिय नवराज विकको मृत्यु भएपछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरवहादुर मल्ल, केटीका (बुवा) वीरवहादुर मल्ल र आमा प्रकाशी मल्ल सहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । घटनामा संलग्न अन्यलाइ पनि नियन्त्रणमा लिने क्रम जारी रहेको प्रहरीको भनाई छ ।

भेरी नगरपालिका वडा नम्वर ४ राना गाउँका २१ वर्षिय नवराज विककी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीकी १७ वर्षिय सुस्मा मल्ललाइ वेहुलीको रुपमा भित्र्याउन शनिवार १९ जना युवा सहित गाउँ पुगेका वेला वडाध्यक्ष वीरवहादुर मल्ल सहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेट्दा नवराजको भेरी नदीमा खसेर मृत्यु भएको र अन्य ६ जना वेपत्ता भएको इलाका प्रहरी कार्यालय चौरजहारीले जानकारी दिएको छ ।

सुस्मालाइ लिन नवराज सहितको युवाको समुह सोती पुगेपछि उहाँकी आमाबुवाले गाउँलेलाइ वोलाएर आक्रमण गरि लखेटेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनापछि जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ का गणेश विक, भेरी नगरपालिका वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका वडा नम्वर १ का टीकाराम सुनार वेपत्ता भएको बताएको छ । नवराज सहितको युवा समुहलाइ तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरि लखेटेको स्थानीयको भनाइ छ । तर माइती पक्षले भने केटीको उमेर नपुगेको र केटीले विहेको लागि अस्वीकार गरेपनि जर्वजस्ती लान खोज्दा विवाद भएको दावी गरेको छ ।

घटनापछि प्रहरी सम्पर्कमा गएका १२ जना मध्य भेरी नगरपालिका वडा नम्वर ४ का सुदीप खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मृतक नवराजको लास जाजरकोट र पश्चिम रुकुमको सीमाना रहेको धल्ला स्थित भेरी नदीको किनारामा भेटिएको प्रहरीले जनाएको छ । नवराज संगै सोती पुगेका अन्य १२ जना इलाका प्रहरी कार्यालय चौरजहारीमा रहेको र उनीहरुसंग घटनाका वारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटना पछि वेपत्ता भएका अन्य ६ जनाको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको सवको पोष्टमार्टम लागि जिल्ला अस्पताल ल्याईएको र घटनाबारे गहिरो अनुसन्धान भैरहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताएउनुभयो ।

घटना जातीय विभेदका कारणले घटेको भए गम्भीर अपराध ठहरिने दलित अधिकारकर्मीहरु बताउछन् । केटा र केटीको मन मिले जातीय विभेदको नाउँमा कसैले पनि रोक्न नमिल्ने तर उमेर नपुगेको र सहमती नभएको भएपनि भौतिक आक्रमण गरेर ज्यान लिने हर्कत अक्षम्य हुन दलित अधिकारकर्मी वीरबहादुर विकको भनाई छ । यस्तो घटनामा संलग्न जो कोहि भएपनि सजायको भागी हुनै पर्ने उनको भनाइ छ prabhama khabar 6 ।





error: Content is protected !!