कर्णाली प्रदेशमा भेरीको पुल र लोकमार्ग

–के.बि.मसाल
आजभोली विकास र समृद्धिको कुरा धेरै उठने गर्दछ । विकासको मुख्य पूर्वाधार सडक यातायात हो । कुनै पनि विकास सडक यातायातमा जोडिएको हुन्छ । तर, सडक बन्ने बित्तिकै विकास आफैं हुने होइन । सडक निर्माणले अवस्य केही गतिविधि त पैदा गर्दछ । तर हामीले भनेको र सोचेको विकास हुदैन । सडक बिकासलाई आर्थिक गतिविधिमा नजोडदा सम्म सडक निर्माणले मात्र बिकास हुदैन ।
राष्ट्रिय यातायात नीति २०५८ मा मध्यपहाडी लोेकमार्गको कल्पना गरिएको थियो । कल्पनामा मात्रै रहेको मध्यपहाडी राजमार्गमा आर्थिक बर्ष २०६४ र ६५ देखि भने काम नै सुरु भयो । सडकलाई विकासका पूर्वाधारको रुपमा लिइन्छ । सरकारले सडक निर्माणलाई प्राथमिकता दिएको छ । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाका रुपमा प्राथमिकता दिएकामध्ये ६ सडकका आयोजना छन् । पूर्व–पश्चिम विद्युतीय रेलमार्गलाई पनि राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, हुलाकी लोकमार्ग, कोशी लोकमार्ग, कालीगण्डकी करिडोर, कर्णाली करिडोर र काठमाडौं तराई–मधेस द्रुतमार्ग राष्ट्रिय गौरवका आयोजना हुन् ।
पूर्वमा नेपाल–भारत सीमाना पाँचथरको चियाभन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला भएर सुदूरपश्चिमको नेपाल–भारत सीमाना बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । निर्माण सम्पन्न भएपछि यसको लम्बाई १ हजार ७ सय ६५ किलोमिटर हुनेछ । चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा लोकमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम र कतै छेउछाउ भएर लोकमार्ग सडक निर्माणाधिन छ । मध्यपहाडी राजमार्गलाई पुष्पलाल लोकमार्ग पनि भनिन्छ । लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोक जिल्लालाई जोडछ भने पश्चिममा नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडीलाई समटेको छ । मध्यपहाडी लोकमार्गको मध्यविन्दू नुवाकोटको पाती भन्ज्याङलाई बनाइएको छ ।

कर्णाली प्रदेशमा रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत समेत १० जिल्ला पर्दछन् । तर लोकमार्ग रुकुम पश्चिममा ५८ जाजरकोटमा ८२ र दैलेखमा १०९ समेत २४९ किलोमिटर पर्दछ । तर पूर्व रुकुमको पातीहाल्नै देखि लिएर रुकुमकोट नजिक दुई रुकुमको सिमाना खोपिचार सम्मको ६५ किलोमिटर समेत जोडने हो भने बाग्लुङ–पुर्वी रुकुमको पातीहाल्ने देखि दैलेखको राकम कर्णाली पुल सम्म लोकमार्गको दुरी ३१४ किलोमिटर पर्दछ । कर्णाली प्रदेश र पाच नम्वर प्रदेशको पुर्वी रुकुमको विकास, पूर्वाधार र समृद्धि अहिले लोकमार्ग बनेको छ ।

कर्णाली प्रदेशमा रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत समेत १० जिल्ला पर्दछन् । तर लोकमार्ग रुकुम पश्चिममा ५८ जाजरकोटमा ८२ र दैलेखमा १०९ समेत २४९ किलोमिटर पर्दछ । तर पूर्व रुकुमको पातीहाल्नै देखि लिएर रुकुमकोट नजिक दुई रुकुमको सिमाना खोपिचार सम्मको ६५ किलोमिटर समेत जोडने हो भने बाग्लुङ–पुर्वी रुकुमको पातीहाल्ने देखि दैलेखको राकम कर्णाली पुल सम्म लोकमार्गको दुरी ३१४ किलोमिटर पर्दछ । कर्णाली प्रदेश र पाच नम्वर प्रदेशको पुर्वी रुकुमको विकास, पूर्वाधार र समृद्धि अहिले लोकमार्ग बनेको छ ।

लोकमार्गमा पूर्वि रुकुमको त्रिवेणि र लकुम खोलामा पर्ने दोमइ खोलामा ग्रामणि सडक जोडिएको छ । जस्ले गर्दा पूर्वी रुकुमका तिनवटै गाउँपालिकाको लागि बिकासको सम्भावना र अवसर पनि लोकमार्ग हुने भएको छ । वास्तवमा बिकास भनेको परिवर्तन हो । बिकासमा भौतिक पूर्वाधार भएन भने कुनै परिवर्तन हुदैन । विकास भएन भने समृद्धि पनि हुदैन । बिकासका लागि सडक यातायातको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सडक निर्माणबिना अरु पूर्वाधारको विकास सम्भव हुदैन । त्यसैले सडकलाई पूर्वाधारको पनि पूर्वाधार भन्ने गरिन्छ ।

मध्यपहाडी लोकमार्गको पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोडने भेरी नदीको पुल निर्माण कार्य अलपत्र हुदा जाजरकोट र रुकुम जोडिने सडक सञ्जाल जोडिएको छैन् । चौरजहारी–कुदुस्थित भेरी नदीमा एक सय मिटर लम्बाइको पुल निर्माणको जिम्मा वाईपी कन्स्ट्रक्सन काठमाडौंले लिएको थियो । निर्माण थालिएको वर्षौ बितिसक्दा पनि पुल निर्माण भएको छैन । पुल निर्माणमा नहुँदा लोकमार्गको जाजरकोट खण्ड धेरै ठाउमा निर्माणले गतिलिन सकेको छैन् । राष्ट्रिय गौरवका आयोजनाको काममा यस्तो निर्माणको काममा ढिलासुस्ति किन भयो त ? यसमा दोष कस्को ? निर्माण ठेकेदार वाईपी कन्स्ट्रक्सन ? लोकमार्ग सडक आयोजना ? स्थानिय प्रशासन अथवा राजनितिक दल ? यस्को जवाफ कस्ले दिने ? सडकको बिकासमा भ्रष्टाचार पनि जोडिएको हुन्छ । तर भेरी नदीको पुलको काम ढिलाइ भै रहदा समेत कसैलाई कारवाहि भएको छैन । उल्टै ठेकेदारलाई म्याद थपिदिने र पुन पुलको डिजाइन परिवर्तनको काम भएको छ ।

लोकमार्ग चौरजहारी–कुदुस्थित भेरी नदी पुल मात्र होइन थलगाडमा समेत पुल बन्न सकेको छैन । लोकमार्गले जाजरकोट खण्डमा भेरी नदी र थलगाडमा पुल बन्न नसक्दा सडक निर्माणको काम गति लिन सकेको छैन् ।

लोकमार्गको जाजरकोट खण्डले भेरी नगरपालिका र छेडागाड नगरपालिकाले मात्र छोएको छ । जाजरकोटको भेरी नदीको निर्माणाधिन पुल कुदुदेखि दैलेखको सिमाना सुयाडासम्मको ८२ किलोमिटर लोकमार्गको सडक कार्कीगाउँ तथा झाप्राको बीचको मन्ताभीर, कालढुंगा थलहबजार, चुवादेउली भीर, फाल्मा, साल्माको भुस खोलालगायतका स्थानहरुमा निर्माण कार्य र सडकको स्तरोन्नतिको काम हुदै छ । लोकमार्गमा थलहगाड र भेरी नदीमा पुल नभएको मात्र होइन बंग्रेखोला र झुप्राखोला पुलको निर्माण कार्य पनि अधुरै भएको छ ।

 

लोकमार्गको जाजरकोट खण्डले भेरी नगरपालिका र छेडागाड नगरपालिकाले मात्र छोएको छ । जाजरकोटको भेरी नदीको निर्माणाधिन पुल कुदुदेखि दैलेखको सिमाना सुयाडासम्मको ८२ किलोमिटर लोकमार्गको सडक कार्कीगाउँ तथा झाप्राको बीचको मन्ताभीर, कालढुंगा थलहबजार, चुवादेउली भीर, फाल्मा, साल्माको भुस खोलालगायतका स्थानहरुमा निर्माण कार्य र सडकको स्तरोन्नतिको काम हुदै छ । लोकमार्गमा थलहगाड र भेरी नदीमा पुल नभएको मात्र होइन बंग्रेखोला र झुप्राखोला पुलको निर्माण कार्य पनि अधुरै भएको छ ।

लोकमार्गको मन्ताभिरको चट्टान फोडने काम नहुँदा अहिले लोकमार्ग निर्माणका लागि गाडीहरु थलगाड वालुवा हुदै मुलाकार्की गाउँको ग्रामीण सडक प्रयोग गर्न पर्ने भएको छ । पुल र भिरको निर्माण काममा भएको ढिलाइले रुकुम र जाजरकोटबासी सडक सञ्जाल जोडिनबाट वञ्चित भएका छन् । दुवै जिल्लाका स्थानीय आवतजावतका लागि मटेलाको झोलुंगे पुलको भरमा छन् । समयमै पुल निर्माण नहुँदा राजमार्गको स्तरोन्नति मात्र होइन चौरजहारीमा नयाँ सहर निर्माण आयोजनाको काम पनि प्रभावित बनेको छ ।

लोकमार्गले प्रदेश भित्र निमार्ण भएका र निर्माणधिन सडकलाई समेत जोडेको छ । कर्णाली प्रदेशमा भेरी करिडोरको जाजरकोट सडक–खण्ड जोडेको छ भने कर्णाली करिडोरले दैलेखको कर्णालीको राकम पुलसम्म जोडिएको छ । लोकमार्गले ग्रामीण क्षेत्रको बिकास भएको छ । कर्णाली प्रदेशको पश्चिम रुकुम, जाजरकोट र दैलेख जिल्लामा पध्यपहाडी लोकमार्ग २४९ किलोमिटर सडक विस्तार भएको छ ।

 

मध्यपहाडी लोकमार्ग १३४ किलो मिटर थियो । तर अहिले सडकको कटिङ मिलाउदा र पुल बन्दा भने सडकको दुरी १२३ किलोमिटर मात्र भएको छ । अहिले पुर्वी र पश्चिम भएपछि पश्चिम रुकुमको पुर्वी रुकुमको सिमाना खोपिचार देखि चौरजहारीको निर्माणाधिन भेरी पुलसम्म ५८ किलोमिटर धेरै ठाउमा सडक कालोपत्रे भएको छ भने बाकी भाग पनि कालोपत्रेको काम हुदेछ । जाजरकोटको भूगोलमा ८२ र दैलेखमा १०९ किलोमिटर पर्दछ ।

हिजोको अवस्थामा समग्र रुकुममा मध्यपहाडी लोकमार्ग १३४ किलो मिटर थियो । तर अहिले सडकको कटिङ मिलाउदा र पुल बन्दा भने सडकको दुरी १२३ किलोमिटर मात्र भएको छ । अहिले पुर्वी र पश्चिम भएपछि पश्चिम रुकुमको पुर्वी रुकुमको सिमाना खोपिचार देखि चौरजहारीको निर्माणाधिन भेरी पुलसम्म ५८ किलोमिटर धेरै ठाउमा सडक कालोपत्रे भएको छ भने बाकी भाग पनि कालोपत्रेको काम हुदेछ । जाजरकोटको भूगोलमा ८२ र दैलेखमा १०९ किलोमिटर पर्दछ । दैलेखको भूगोलमा लोकमार्गले दैलेख–जाजरकोटको सिमाना सुयाडा बजार, बेस्तडा, हुलाक टाकुरा, लोहरेखोला, दैलेख बजार, जाहरकोट, राहुलकोट हुदै जम्वुकाध, पादुका, रामघाट भएर राकम कर्णाली जोडिन्छ ।

विकासको प्राथमिक पूर्वाधार सडक हो । सडक आफैले केही पनि उत्पादन गर्दैन तर सडकले स्थानीय उत्पादनलाई बाहिर पठाउन र बाहिरका उत्पादन भित्राउन भने सहयोग गर्दछ । यस बाहेक सडक संञ्जाल विस्तार भएपछि मानिसको आवतजावत बढन जान्छ । ग्रामीण क्षेत्रको आर्थिक क्रियाकलपमा पनि बृद्धि हुदै जान्छ । लोकमार्गको उद्देश्य नै पहाडबाट बसाइँसराइ रोक्ने र पहाडी बजारहरुलाई सहर बनाउनु पनि हो । अहिले कर्णाली प्रदेशको लोकमार्गमा पर्ने धेरै ठाउँमा नयाँ सहरहरु बन्दै गएका छन् । आफ्नै गाउँ सहर बन्दै गए पछि पहाडबाट शहरी क्षेत्रमा बसाइँ सर्ने दर पनि घटदै गएको छ । लोकमार्ग बनेपछि सडकको आशपास घरहरु बन्ने क्रम बढेको छ । घर निर्माण गर्ने क्रम बढेसँगै नयाँ बस्तिहरु पनि निर्माण हुन थालेको छ । व्यापार व्यवसाय गर्नेहरु को सख्या बढेको छ । स्थानीय तहका केन्द्रहरु लोकमार्गकै आसपास बनेका छन् । नगरपालिका र गाउँपालिकाका केन्द्रले गर्दा चहलपहल बढेको छ ।

मध्यपहाडी लोकमार्गको उद्देश्य नै पहाडबाट बसाइँसराइलाई रोक्ने र पहाडी बजारहरुलाई सहर बनाउनु हो । सडकले जोडिएका दैलेखका धेरै ठाउमा नयाँ सहरहरु बन्दै गएका छन् । सडकसंग जोडिएका गाउँहरु बजार बन्दै गए पछि पहाडबाट तराईतिर बसाइँ सर्ने दर पनि घटदै गएको छ । भने मध्यपहाडी लोकमार्ग र कर्णालीको उत्तर–दक्षिण सडक करिडोरको मिलनविन्दु रहेको दैलेखको राकमलाई पहाडकै ठूलो शहर बनाउने योजनाको काम अगाडि बढेको छ । लोकमार्गको निर्माणसँगै कर्णाली प्रदेशका जिल्लाका बासिन्दाहरुलाई पूर्व–पश्चिम यात्रा गर्न सजिलो भएको छ । लोकमार्गमा कतै कालोपत्रे, कतै ग्राभेल त कतै कच्ची सडकको प्रयोग गरेर अहिले पनि दैलेख, जाजरकोट र पश्चिम रुकुमका मानिसहरुलाई यात्रा गर्न सजिलो भएको छ । लोकमार्गले सहरलाई भन्दा पनि गाउँलाई बढी जोडेको छ । दुर्गम गाउँहरु सडक मार्गमा जोडिएका छन् । लोकमार्गको निर्माणसँगै धेरै ठाउका मानिसहरुका लागि आफ्नो यात्राको गन्तब्य सम्मको सडक दूरी पनि छोटिएको छ । लोकमार्गले प्राकृतिक सुन्दरता, धार्मिक महत्वका स्थल, परम्परागत सांस्कृतिक सम्पदा, पुरातात्विक महत्वका क्षेत्रहरुलाई समेत जोडि दिएको छ ।

मध्यपहाडी लोकमार्ग आसपास सुविधासम्पन्न होटल र लज सञ्चालनमा आउने क्रम बढदो छ । जिल्लामा छरिएर रहेका ग्रामीण पर्यटकियस्थल यातायातको सुबिधाले गर्दा नजिक भएका छन् । ग्रामीण पर्यटक बढन थालेपछि व्यवसायीले सडक आसपास होटलमा लगानी गर्न थालेका छन् । सडक बनेपछि ग्रामीण क्षेत्रमा व्यावसायिक रुपमा खेती गर्न थालेका छन् । गाउँको खेतबारीमा मोटरबाटो पुगेपछि कृषकहरु कृषिजन्य ब्यवसायमा उत्साहित भएका छन् । आफूले उत्पादन गरेका वस्तु बिक्री गर्न डोकोमा बोक्नु नपरेपछि किसान हौसिएका छन् । गाउँमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र विद्युत् जस्ता भौतिक पूर्वाधारले गर्दा गाउँमा विकास भएको छ । विकासको पहिलो आधार हो सडकहो भन्ने कुरा ग्रामीण बस्तीका मानिसहरुले बुझन थालेका छन् । लोकमार्गले आर्थिक विकास ल्याउँछ भन्ने गतिलो उदाहरण देखाएको छ ।

लोकमार्गको केही भागमा स्तरोन्नति र कालोपत्रे गर्ने काम पनि भइरहेको छ । लोकमार्गमा हाल सञ्चालनमा रहेका कतिपय साना राजमार्ग र सडक खण्डहरु जोडिएका छन् । लोकमार्गको सडकले गर्दा गाउँहरु जोखिममा वनि परेका छन् । लोकमार्गका अधिकांश ठाउमा पहिरोका कारण जोखिम भएको छ । ग्रामीण क्षेत्रमा बनेका सडकमा हिउँदमा गाउँमा सडक पु¥याउन हानथाप गरिन्छ । वातावरणीय प्रभाव मूल्याकन नगरी सडकरेखा बनाइन्छ । वर्षामा भलपानी आउँछ, त्यसलाई व्यवस्थित रुपमा नतर्काए त्यही सडकबाट छिरेर ढिस्को, पाखो भत्काउँछ भन्ने हेक्का राखिन्न । जुन कारणले वर्षादको पानीले सुन्दर पहाडी सौन्दर्य बिगारिदिन्छ । वनस्पति, जगली जनावर एवं मानव– सबैमाथि जोखिम बढ्छ । लोकमार्गमा स्थानीय सडक, ग्रामीण सडक, सहरी सडक र कृषि सडक सबै जोडिएका छन् ।

सडकलाई पूर्वाधार विकासको मेरुदण्डको रुपमा लिने गरिन्छ । किनकि सडकको सहज पहुँच हुन सक्यो भने त्यस ठाउँको चाँडै भौतिक विकास, आर्थिक तथा सामाजिक विकास हुने देखिन्छ । कृषि, पर्यटन, व्यापार, उद्योग, स्वास्थ्य, शिक्षा आदिको विकासको पूर्वसर्तको रुपमा यातायातको सहज पहुँचलाई लिन सकिन्छ । सडक विकास तथा विस्तार गर्दा प्राविधिक तथा वातावरणीय अध्ययन भन्दा पनि पहुँचबालाहरुले आफ्नो लाभको लागि सहज रुपमा विकास र विस्तार कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिएको देखिन्छ । सकभर आफ्नो निहित स्वार्थ पूरा हुने तरिकाले बाटोको नक्सा बनाइ सोहि अनुरुप सडक निर्माण गरिएको ग्रामिण क्षेत्रमा प्रशस्त रुपमा देखिन्छ ।

सडक निर्माण गरी समृद्ध गाउँ बनाउने अभियानमा अहिले स्थानीय तह, प्रदेश र सघिय सरकार रहेका छन् । यो बिकासको लागि राम्रो पक्ष हो । स्थानीय तहका सरकारले ग्रामीण सडक निर्माणलाई तीव्रता दिएका छन् । हुन त बिकास र बिनास एक आपसका परिपुरक हुन भनिन्छ । ग्रामीण तथा स्थानीय सडक दिगो विकासको सिद्धान्त, मूल्य मान्यता र भावना अनुसार निर्माण गर्न सकियो भने विकाससँगै विनासलाई कम गरी ग्रामीण क्षेत्रको अन्य भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास गर्न सकिन्छ । तर सडक सञ्जालको निर्माणले गर्दा बाढी, पहिरो,भू–क्षयीकरण बढेको छ ।

यस्ता बाढी पहिरो तथा भू–क्षयीकरणको कारण भौतिक तथा पूर्वाधारका संरचनाहरु, मानवीय क्षेत्रमा अपूरणीय क्षति भइरहेको छ । वातावरणीय प्रभाव मूल्याकनको प्रक्रिया पूरा गरेर बनाइएका सडक आसपास त पहिरोको जोखिम परिरहेको छ भने डोरी तान्ने खेलजस्तो गाउँलेले तानेर, डोजर चालक नै इञ्जिनियर बनी खनिएका सडकहरुको असर कस्तो पर्दछ होला ? यस तर्फ सबैले सोच्न पर्ने भएको छ ।
मिती ः– ७ जेठ २०७७ दाङ





error: Content is protected !!