खानामा विष राखेर ज्यान लिएको आरोपित सार्वजानिक

डोल्पा ः डोल्पा प्रहरीले खानामा विष हालेको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । खानामा विष प्रयोग हुँदा जेष्ठ २ मा त्रिपुरासुन्दरी नगरपालीका- १ रल्लीका ३२ वर्षीय सुकलाल कुलालको ज्यान जानुका साथै उहाँकी श्रीमती रुपसी कुलाल र कान्छी श्रीमती बिन्दु कुलाल गम्भिर विरामी भएका थिए ।
विष हालेको आरोप लागेका त्रिपुरासुन्दी नगरपालीका -१ रल्लीका ३७ वर्षीय धन बहादुर बुढा, १ का गल्ली ३० वर्षीय जय बहादुर कठायत र ३५ बर्षीय ओम बहादुर शाही जेठ २ गते नै पक्राउ गरिएको थियो । बिहीबार सार्वजानिक गरिएका ती आरोपितसँग स्थानीय जडीवुटीबाट निर्माण गरिएको हानिकारण विषादी समेत फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

डिएस्पी नारायण रन्जितकारका अनुसार जय बहादुर कठायतले विषाधि जडीबुटी स्थानीय वनबाट ल्याएको धन बहादुर बुढाले विषाधि जडीबुटी पकाएर दाल पकाएको भाडोमा मिसाएको स्वीकार छन् । अर्का आरोपित ओम बहादुर शाहीले आफू संलग्न नरहेको बताए पनी अर्का दुई आरोपित धन बहादुर बुढा र जय बहादुर कठायतले ओम बहादुर शाहीले पैसा दिएर बिष हाल्न लगाएको बयान दिएको डिएस्पी रन्जीतकारले बताउनुभयो ।





error: Content is protected !!