प्रचण्ड–ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं ः प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच शनिबार दिउँसो भेटवार्ता भएको हो ।

दुई नेतावीच पार्टी नेताहरुको माग अनुसार स्थायी समिति बैठक,सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

यसअघि नेकपाका २० स्थायी समिति सदस्यहरुको माग बमोजिम बैठकको मिति निर्धारण भएपनि ओलीको अनिच्छाका कारण बैशाख २५ गतेलाई तय बैठक २४ गते अन्तिम अवस्थामा गएर स्थगित भएको थियो ।

बैठक स्थगित गरेपछि असन्तुष्ट नेताहरुले आफै बैठक बोलाउने चेतावनी दिदैै आएका छन् । प्रचण्डले भने यस विषयमा ओलीसँग छलफल गरेर बैठकको अर्को मिति तय गर्ने बताउँदै आएका छन् ।

त्यसैगरी भारतले लिपुलेकमा खोलेको सडक लगायतका विषयमा पनि दुई नेताबीच छलफल हुनसक्ने बताइएको छ । नेपालको दार्चुला जिल्लाको लिपुलेकमा भारतले मानसरोबर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपालमा त्यसको चर्कोे विरोध भइरहेको छ । प्रचण्डपछि ओलीले शनिबारै अर्का नेता झलनाथ खनाललाई समेत भेट्ने तयारी गरेका छन् ।





error: Content is protected !!