मान्छेले मात्रै हैन, अन्य प्राणीहरुले पनि पालना गर्छन् सामाजिक दुरी

कोरोनाभाइरसको महामारी चर्केपछि संसारभरि नै प्रयोगमा ल्याएका उपायहरुमध्येका एक हुन्– सामाजिक दुरी । सम्भवतः आजको विश्वमा यो शब्दसँग परिचित नहुने मानिस यस संसारमा नै थोरै मात्रै होलान् । तर मानिसमा मात्रै हैन, अन्य प्राणी जगत्मा पनि सामाजिक दुरीको अभ्यास हुने गर्छ भन्ने कुरा चाहिँ कमैलाई मात्र थाहा होला ।

हो, मानिसहरुमा जस्तै प्राणीहरुमा पनि सामाजिक दुरी कायम गर्ने कुराको अभ्यास हुने गर्छ । उनीहरुमा सामाजिक दुरीका आफ्नै विशिष्ट र अद्भूत खालका रणनीतिहरु हुने गर्छन् ।

मानिसहरुले जस्तै जनावरहरुले पनि सदैव रोगहरुसँग लडिरहेका हुन्छन् । फरक यति हो, उनीहरुलाई रोगबाट बच्नका लागि सामाजिक दुरी राख्नुपर्छ भन्ने कुराको सूचना विश्व स्वास्थ्य संगठन वा मुलुकका स्वास्थ्य निकायहरुबाट आइबस्नु पर्दैन । उनीहरुले त्यसको अभ्यास प्राकृति रुपमा नै गरिरहेका हुन्छन् ।

मानिसहरुले जस्तै जनावरहरुले पनि सदैव रोगहरुसँग लडिरहेका हुन्छन् । फरक यति हो, उनीहरुलाई रोगबाट बच्नका लागि सामाजिक दुरी राख्नुपर्छ भन्ने कुराको सूचना विश्व स्वास्थ्य संगठन वा मुलुकका स्वास्थ्य निकायहरुबाट आइबस्नु पर्दैन । उनीहरुले त्यसको अभ्यास प्राकृतिक रुपमा नै गरिरहेका हुन्छन् ।

‘जब हामी प्राणीहरुलाई हेर्छौं, उनीहरुले पनि अहिले हामीलाई अपनाउन बाध्य पारिएका त्यस्ता थुप्रै व्यवहारहरु अपनाइरहेका देखिन्छन्, तीमध्ये एउटा हामीले आफूलाई आफ्नै प्रजातिका अन्य सदस्यहरुबाट दुरी बनाइरहेका पनि एक हो,’ भर्जिनिया टेकमा जीवविज्ञानका प्रोफेसर डाना हावले भन्छन् ।

‘जब पटक पटक त्यस्ता व्यवहार थुप्रै भिन्न प्राणीहरुमा उत्पत्ति भएको हामी देख्छौं, त्यो फाइदाजनक व्यवहार भएको कुरा त्यसले हामीलाई बताउँछ,’ उनी भन्छिन् ।

थुप्रै प्राणीहरुले सामाजिक दुरीको अभ्यास गर्ने गरेको पाइन्छ । तिनमा केही चराहरु, माछा, बाँदर, उभयचर, समुद्री जीव र कीराहरु पर्दछन् ।

हावलेका अनुसार, सामाजिक दुरीको सबैभन्दा राम्रो अभ्यास कमिलाहरुमा हुने गरेको पाइन्छ । सबैलाई थाहा भएकै कुरा हो, कमिला पनि मानिस जस्तै समूहमा बस्ने प्राणी हो । कमिलाको एउटै गुँडमा दशौं हजार कमिलाहरु हुने गर्छन् । उनीहरुको अवस्था भनेको रोगको महामारी सजिलै फैलिन सक्ने खालको हुन्छ ।

उनीहरुले संक्रमणको अवस्थासँग जुघ्नका लागि थुप्रै खालका व्यवहारहरुलाई अपनाउने क्षमता हासिल गरेका छन् र उनीहरुले ठीक त्यही गर्ने गर्छन्, जुन अहिले हामीले गरिरहेका छौं,’ हावले भन्छिन् ।

उनका अनुसार, रोगी कमिलाले तुरुन्तै आफूलाई स्वःनिष्क्रियतामा राख्ने गर्छ । उसले आफ्नो समूहसँगको सम्पर्क र सम्बन्धलाई तुरुन्तै विच्छेद गरिहाल्छ । कुनै पनि किसिमका संक्रमणले ग्रसित भएका कमिलाले आफूलाई गुँडबाट स्वतः अलगथलग पार्ने गर्छ र उसले आफ्ना समय गुँडबाहिर नै बिताउने गर्छ । त्यस्ता संक्रमित कमिलाले स्वस्थ कमिलासँगको आफ्नो घुलमिललाई पन्छाउँछ वा अति कम गर्ने गर्छ ।

सामाजिक दुरीको सबैभन्दा राम्रो अभ्यास कमिलाहरुमा हुने गरेको पाइन्छ । रोगी कमिलाले तुरुन्तै आफूलाई स्वःनिष्क्रियतामा राख्ने गर्छ । उसले आफ्नो समूहसँगको सम्पर्क र सम्बन्धलाई तुरुन्तै विच्छेद गरिहाल्छ । कुनै पनि किसिमका संक्रमणले ग्रसित भएका कमिलाले आफूलाई गुँडबाट स्वतः अलगथलग पार्ने गर्छ र उसले आफ्ना समय गुँडबाहिर नै बिताउने गर्छ ।

कतिसम्म भने त्यस्ता संक्रमितको सम्पर्कमा आएका स्वस्थ कमिलाको व्यवहारमा पनि परिवर्तन आउँछ । उसले कोलोनीका अन्य सदस्यहरुसँगको आफ्नो सम्बन्ध र सम्पर्कलाई सीमित गर्छ । विशेष गरेर उसले रानी मौरी र बच्चा कमिलाको स्याहारसुसार गर्ने कमिलाहरुसँगको आफ्नो सम्पर्कलाई विच्छेद गरिहाल्छ ।

मानिसका नजिकका प्रजाति मान्ड्रिल बाँदरहरुले पनि सामाजिक दुरीलाई पालना गर्ने गर्छन् ।

‘सामान्यतः यो बाँदर समूहमा बस्छ र धेरै जसो समय एक अर्काको शरीरमा भएका परजीवि कीराहरु केलाएर बस्ने गर्छन् । त्यसो गरेर उनीहरुले एक अर्काको छालालाई परजीविरहित बनाउन सहयोग गरिरहेका हुन्छन्,’ हावले भन्छिन्, ‘ उनीहरुको समूहमा रहेका कुनै बाँदर बिरामी पर्छ, तब उनीहरुले त्यस बाँदरको शरीरबाट परजीवि हटाउने काम गर्दैनन् ।’

यो प्रजातिको बाँदरले आफ्ना परिवारका विरामी सदस्यलाई राम्ररी हेरचाह गर्ने गर्छ । तर उनीहरुले आफ्ना परिवारबाहेकका विरामी बाँदरहरुबाट आफूलाई अलगथलग नै राख्ने गर्छन् । यसले उनीहरुलाई आफ्ना परिवारका सदस्यहरुबीच सामाजिक सम्बन्ध राख्न र सहयोग गर्छ ।

सामाजिक दुरीको अभ्यास मौरीमा पनि हुने गर्छ । मौरी पनि मानिस वा कमिला जस्तै समूहमै जीवन व्यतित गर्ने प्राणी हो । मौरीको घारमा कुनै लार्भा रोगबाट संक्रमित भयो भने उसे एक विशेष किसिमको रसायन निस्कासन गर्ने गर्छ । त्यस्ता रसायनलाई फेरोमोन्स भनिन्छ । ती फेरोमोन्सहरुको गन्धको आधारमा घारमा रहेका हुर्केका अन्य मौरीहरुले रोगी लार्भालाई पहिचान गर्छ र त्यसलाई घारबाट बाहिर फ्याँकिदिने गर्छ । यसले गर्दा घारमा रहेका अन्य मौरी वा पूरै मौरी समुदायलाई त्यो संक्रामक रोग लाग्नबाट बचाउन मद्दत गर्छ ।

सामाजिक दुरीको अभ्यास मौरीमा पनि हुने गर्छ । मौरी पनि मानिस वा कमिला जस्तै समूहमै जीवन व्यतित गर्ने प्राणी हो । मौरीको घारमा कुनै लार्भा रोगबाट संक्रमित भयो भने उसे एक विशेष किसिमको रसायन निस्कासन गर्ने गर्छ । त्यस्ता रसायनलाई फेरोमोन्स भनिन्छ । ती फेरोमोन्सहरुको गन्धको आधारमा घारमा रहेका हुर्केका अन्य मौरीहरुले रोगी लार्भालाई पहिचान गर्छ र त्यसलाई घारबाट बाहिर फ्याँकिदिने गर्छ ।

केही गरी हुर्केका मौरी नै रोगबाट संक्रमित भयो भने उनीहरु एन्टिबायोटिकले भरिपूर्ण महको मद्दतले आफूलाई स्वउपचार गर्ने गर्छन् । त्यसले पनि काम गरेन भने त्यस्ता संक्रमित मौरीहरुले समूहका अन्य मौरीहरुमा संक्रमण नहोस् भनेर स्वतः आफूलाई ‘आइसोलेसन’ मा राख्ने गर्छ । उसले आफूलाई अन्य मौरीहरुको सम्पर्कबाट सकेसम्म परै रहन्छ । संक्रमणकै कारण मृत्यु भएका मौरीलाई पनि उनीहरुले घारबाट निक्कै पर लगेर फ्याँकिदिने गर्छ ।

सामाजिक दुरीको अभ्यास चिम्पान्जीहरुमा पनि हुने गरेको पाइन्छ । सन् १९६६ मा तान्जानियाको गोम्बे नेशनल पार्कमा एमसीग्रेगोर नाम गरेको चिम्पान्जीलाई पोलियो भएको थियो । त्यो रोगग्रस्त चिम्पान्जीलाई उसको समूहका अन्य चिम्पान्जीहरुले आक्रमण गरेर समूहबाट लखेटेका थिए ।

त्यसो त रोगले संक्रमित भएका चिम्पान्जीहरु निको भएपछि तिनलाई उनको समूहले पछि स्वीकार्ने गरेको पनि पाइन्छ ।

सामाजिक दुरीको अभ्यास मुसामा पनि हुने गरेको पाइन्छ । मुसा संक्रमित भएपछि उसले आफूलाई समूहबाट अलग्याउने गर्छ । कतिपय अवस्थामा पोथी मुसाले भाले मुसाको पिसाबको गन्धबाटै उसमा परजीविको संक्रमण भएको छ कि छैन भनेर थाहा पाउने गर्छ । त्यस्ता संक्रमित मुसालाई पोथी मुसाले पन्छाउने गर्छ र प्रजननक्रियाका लागि अरु स्वस्थ मुसातिर लाग्ने गर्छ ।

क्यारेवियन स्पाइनी लोबस्टरले पनि आफू संक्रमित हुँदा एउटा खास किसिमको रासायनिक संकेत निस्काशित गर्ने गर्छ । त्यस रसायनलाई उसको समुदायका अन्य लोबस्टरहरुले संक्रमणको प्रारम्भिक चरणमै थाहा पाउन सक्छन् । त्यस्ता संक्रमित लोबस्टरलाई समूहबाट निस्काशित गर्ने गरिन्छ ताकि अन्यमा त्यो संक्रमण सर्न नसकोस् ।

लोबस्टरमा केही खास किसिमको भाइरसको संक्रमणक लक्षण देखापर्न ८ हप्तासम्म पनि लाग्ने गर्छ । तर त्यस्ता भाइरसले संक्रमण गरेका कुरा उसको समूहका अन्य लोबस्टरहरुले पहिलो ४ हप्तामै पनि पत्ता लगाउन सक्छ र त्यसबेलादेखि नै उसलाई समूहबाट पन्छाउने गर्छ ।

लोबस्टरमा केही खास किसिमको भाइरसको संक्रमणक लक्षण देखापर्न ८ हप्तासम्म पनि लाग्ने गर्छ । तर त्यस्ता भाइरसले संक्रमण गरेका कुरा उसको समूहका अन्य लोबस्टरहरुले पहिलो ४ हप्तामै पनि पत्ता लगाउन सक्छ र त्यसबेलादेखि नै उसलाई समूहबाट पन्छाउने गर्छ ।

त्यसैगरी, भेम्पायर चमेराले पनि सामाजिक दुरीलाई पालना गर्ने गर्छ । यो चमेराले आफ्ना समूहका विरामी सदस्यलाई खानेकुराहरु त उपलब्ध गराउँछ तर तिनलाई समूहमा घुलमिल हुन र बस्न दिँदैन ।

बच्चा जन्माउनअघि केही गाईहरुले आफूलाई समूहबाट अलग्याउने गर्छ । यो प्रक्रियाले नवजात बाच्छाबाच्छीलाई समूहका अन्य सदस्यहरुबाट संक्रमण सर्ने सम्भावनाबाट जोगाउने गर्छ । कतिपय अवस्थामा त रोगी गाईले पनि बच्चा जन्माइसकेपछि आफ्ना बच्चालाई संक्रमणबाट बचाउन आफूलाई समूहबाट अलगथलग राख्ने गर्छ । यसलाई पनि जीवविज्ञानीहरु सामाजिक दुरीकै एक रुपको रुपमा लिने गर्छन् ।

पोथी माछाले पनि आफ्ना यौनसाथी छनौट गर्दा सकेसम्म संक्रमणरहितलाई प्राथमिकता दिने गर्छ । उनीहरुले आफ्ना दृष्टि र रासायनिक गन्धका आधारमा समूहमा रहेका माछा संक्रमित छ कि छैन भनेर थाहा पाउने गर्छन् र संक्रमितलाई सकेसम्म पन्छाउने गर्छ । यो व्यवहार विशेषतः ट्रिनिडाड गुप्पी प्रजातिका माछामा बढी पाइन्छ ।

माथि उल्लेख गरिएका सामाजिक प्राणीहरुमा सामाजिक दुरीको अभ्यासले त्यस्ता बुद्धिमत्तापूर्ण व्यवहारलाई इंगित गर्छ । बिरामी सदस्यको हेरचाह, अलगथलग पार्ने प्रक्रिया र स्वस्थ यौनसाथी चयन गर्ने जस्ता प्रक्रियाहरुको माध्यमबाट प्राणी जगत्मा पनि समूहको सुरक्षा र सुस्वास्थको ख्याल गर्ने क्रिया प्राणी जगत्मा पनि सम्पन्न भइरहेको हुन्छ भन्ने कुरा त्यसबाट थाहा पाउन सकिन्छ ।

हावलेका अनुसार, मानिसहरुमा जस्तै संक्रामक रोगहरुबाट बिरामी पर्ने खतरा जनावरहरुमा पनि उत्तिकै हुने गर्छन् र उनीहरु पनि मानिसले जस्तै बिरामीबाट सामाजिक दुरीको तरिकालाई प्रयोग गर्ने गर्छन् ।

‘सामाजिक दुरीको अभ्यास गरेर उनीहरु आफू जीवित रहन, आफ्नो समूहलाई बचाउन र नयाँ पुस्ताको उत्पत्ति गर्ने कुरालाई सुनिश्चित गरिरहेका हुन्छन्,’ हावले भन्छिन् ।

हावले त कतिसम्म भन्छिन् भने, अहिले देखापरेको नोबेल कोरोनाभाइरसको महाव्याधिको औषधि पत्ता नलागुन्जेलसम्म मानिसको अवस्था पनि प्राणीहरुको त्यो स्थितिमा जस्तै पुगेको छ, जुनबेला उनीहरुमाझ संक्रामक रोग फैलिने गर्छ । उनी थप्छिन्, ‘यो बेलामा हाम्रा आचरण नै यो संक्रमणका विरुद्ध लड्ने प्रमुख र प्रभावकारी उपाय हो ।’

हावले त कतिसम्म भन्छिन् भने, अहिले देखापरेको नोबेल कोरोनाभाइरसको महाव्याधिको औषधि पत्ता नलागुन्जेलसम्म मानिसको अवस्था पनि प्राणीहरुको त्यो स्थितिमा जस्तै पुगेको छ, जुनबेला उनीहरुमाझ संक्रामक रोग फैलिने गर्छ । उनी थप्छिन्, ‘यो बेलामा हाम्रा आचरण नै यो संक्रमणका विरुद्ध लड्ने प्रमुख र प्रभावकारी उपाय हो ।’

स्रोतः द साइन्स नेचर पेज, डब्लूटप, दकन्भरसेसन, डब्लूटीकेआर





error: Content is protected !!